Successfully Copied

सिल्कको साडी कसरी जतन गर्ने ?

वार्डरोवमा हरेक अवसरका लागि साडी राखिन्छ । जसमा फेब्रिकदेखि रंगका असीमित रेन्ज हुनसक्छन् तर तिनको हेरचाहप्रति लापरबाही गर्दा राम्रो साडी पनि बिग्रनसक्छ । साडीको राम्रो जतन गरेर तिनको आयु बढाउन सकिन्छ ।

वार्डरोवमा हरेक अवसरका लागि साडी राखिन्छ । जसमा फेब्रिकदेखि रंगका असीमित रेन्ज हुनसक्छन् तर तिनको हेरचाहप्रति लापरबाही गर्दा राम्रो साडी पनि बिग्रनसक्छ । साडीको राम्रो जतन गरेर तिनको आयु बढाउन सकिन्छ ।

 

साडी लगाउँदा

-   साडीको दुवै एन्डतिर पिको गराउनुका साथै सधैं राम्रो क्वालिटीको फल्स लगाउनुपर्छ ।

-   साडीमा सुहाउँदो फल्सलाई मसिनो सुइले सिलाउने । मोटो सुइ वा मोटो धागोको प्रयोग टाढैबाट देखिन्छ जसले साडीको सुन्दरता घटाउँछ ।

-    साडीमा कढाइको काम छ भने त्यसको पछाडि नेट लगाउँदा साडीको सप्को अगाडि–पछाडि गर्दा औंला, हेयरपिन आदिमा अल्झेर साडी खराब हुँदैन ।

- साडी छोटो देखिए ब्लाउजको कपडा नकाटी अलग्गै ब्लाउज सिलाउन सकिन्छ ।

- यात्रामा सिल्कको साडी लगाउनु हुँदैन । गाडी चढ्दा–ओर्लदा,उठ्दा–बस्दा साडीको कोमल रेसा तन्किने सम्भावना हुन्छ ।

- साडीमा जरी प्रयोग भएको छ भने परफ्युम छर्कनु हुँदैन ।

- सिल्कको साडी वर्षामा लगाउनु त्यति उपयुक्त मानिँदैन ।

 

साडी धुँदा

- साडी धुनुपूर्व कतै फाटेको भए रफ्फु गराउने ।

 - साडीमा लागेको दाग छुटाउन बोरेक्स वा स्याम्पु प्रयोग गर्न सकिन्छ । महँगो सिल्कको साडीलाई ड्राइवास गराउनुपर्छ ।

-  सिल्कको साडीलाई वासिङ मेसिनमा धुँदा समस्या आउँछ ।

- साबुनको साटो रिट्ठाले धुँदा सिल्कको साडीको चमक कायम रहन्छ ।

 - उमालिएको आलुको घोलमा सिल्कको साडी धुँदा चमक  बढी आउँछ ।

 

साडी सुकाउँदा

 - सिल्कको साडी चर्को घाममा होइन छायामा सुकाउनुपर्छ ।

  - सिल्कको साडी निचोर्दा चाउरिन्छ अनि त्यसमा रिंकल आउँछ । यस्तो साडीलाई टाबेलले दबाउँदै पानी सुकाउन सकिन्छ

  -   सिल्कको साडीलाई आधा वा पूरा सुकेपछि पानी छर्केर प्रेस गर्न सकिन्छ ।

  -  ब्राइट रंगको साडीलाई उल्टोबाट प्रेस गर्नु उपयुक्त हुन्छ ।

  -  सिल्कको साडीमा हल्का तातोले प्रेस गर्नुपर्छ ।

साडी राख्दा

- सिल्कको साडी मनपरी ढंगले राख्नु वा बाहिरबाट फर्किएपछि जहाँ मन लाग्यो त्यहीँ फुकालेर फाल्नुभन्दा आलमारीमा राख्नु उचित हुन्छ ।

 Image