Successfully Copied

सक्कली र नक्कली

यो जगत् चमत्कारले भरिएको छ । जीवात्मा, परमात्मा र प्रकृतिको लीलामय उत्सव छ तर आज हामी सक्कली सुख, सौन्दर्य, सुव्यवस्था सबैलाई पाखा लागाएर नयाँ वस्तु, आडम्बर र नयाँ नेपालजस्ता शब्दजालमा हराउँदै नक्कली जीवनभित्र सक्कली सुख खोजिरहेका छौं ।

यो जगत् चमत्कारले भरिएको छ । जीवात्मा, परमात्मा र प्रकृतिको लीलामय उत्सव छ तर आज हामी सक्कली सुख, सौन्दर्य, सुव्यवस्था सबैलाई पाखा लागाएर नयाँ वस्तु, आडम्बर र नयाँ नेपालजस्ता शब्दजालमा हराउँदै नक्कली जीवनभित्र सक्कली सुख खोजिरहेका छौं । 

पभोक्तावादी संस्कारको बोलवाला भएको अहिलेको अवस्थामा उपभोक्ताले आफूले उपयोग गर्ने सामानमा गुणस्तरप्रति सतर्क हुनु आवश्यक छ । बाँच्न जाने जीवन कलामय छ र हाँस्न जाने उत्सवमय छ । यो जीवनलाई सुख–शान्तिमय वा आनन्दमय बनाउनु छ भने एउटा निश्चित दर्शनभित्र रहेर सत्य एवं सरल बाटोमा हिँड्नुपर्छ । यो धरतीमा आजसम्म जे–जति आविष्कार, उत्पादन, वितरण, धर्म शिक्षा, व्यवस्थापन भएका छन्, मानव जातिको हितका लागि नै भएका छन् । चोखो, मिसावटरहित वस्तु र विचार सक्कली हुन्छ । सरल जीवन पनि सक्कली हुन्छ । आजको युग उत्पादनको युग हो ।

उत्पादकका लागि उपभोक्ता सम्राट् हुन्छ । आज व्यक्तिको इमान–जमान पैसामा अडेको छ । निष्ठा र सत्य हराएको छ । त्यसैले बजारमा गुणस्तरीय वस्तु खरिद गर्नु पनि उपभोक्ताका लागि झन्झटिलो काम भएको छ । दैनिक जीवनमा प्रयोगमा आउने सामान खरिद गर्दा क्रेताले पैसा खर्च गर्दैमा उपयुक्त र गुणस्तरीय सामान पाइन्छ भनेर ढुक्क हुने अवस्था छैन । उपभोक्ताले आफ्ना आवश्यकता पूरा गर्न मिसावटरहित खाद्यान्न, गुणस्तरीय कपडा र अन्य सामान खरिद गर्दा निम्न विषयमा विचार पुर्‍याउनुपर्छ :–

        १.ब्रान्ड नेम ।

        २.उचित मूल्य ।

        ३.होलो ग्राम, स्टिकर लगाइएको सामान ।

        ४.पुराना एवं विश्वसनीय बिक्रेता ।

        ५.तिथि, मिति आदि ।

सामान खरिद गर्नु पनि एउटा कला हो । व्यस्त समयमा छिटो किनमेलका लागि गुणस्तरीय सामान राख्ने, बजारमा ख्याति जमाएका पुराना स्टोरहरू पनि उपयोगी एवं सहयोगी बन्न सक्छन् ।

 

 Image