ज्वेलरी डिजाइनमा नैना
अमेरिकामा सम्पन्न ८० भन्दा बढी मुलुक सहभागी ‘प्रेस्टिजियस ज्वेलरी डिजाइन कम्पिटिसन’ मा टप फाइभमा परेकी काजलको ‘लोटस इन पोन्ड–रेनइसेन्स’ अर्थात् पोखरीमा तैरिरहेको कमलको फूलमा आधारित डिजाइनको औंठी संसारभरका मानिसले मन पराए ।

कामकाजी महिलासँग समय कम छ । पछिल्लो समयमा महिलाले घरभित्र र बाहिरको दुवै जिम्मेबारी सम्हाल्नुपर्दा यस्तो चटारो बढेको एक निजी संस्थामा कार्यरत प्रतिभा खड्का बताउँछिन् । व्यस्त समयमा हरेकलाई आफ्नो गन्तव्यसम्म पुग्ने हतार हुन्छ तर समय भने कम । समय व्यवस्थापन र सन्तुलित जीवनयापनका लागि सवारी साधनले निक्कै ठूलो भूमिका खेल्छ । त्यति मात्र होइन स्ट्याटस वृद्धिका लागि पनि आजका मानिसलाई सवारी साधनको आवश्यकता छ । जति आधुनिक भए पनि महिलालाई घरभित्रको कामले अझै नछोडेको हुँदा स्कुटर उनीहरूको सर्वत्र काम भ्याउने सहज साधन बनेको छ ।
निजी बैंकमा कार्यरत अनिता थापा भन्छिन्–अफिस घरभन्दा निक्कै टाढा छ । सानो बाबुलाई समय दिनुपर्ने भएकाले यसै वर्ष स्कुटर खरिद गरें । त्यसअघि हरेक दिन अफिस ढिला, त्यसमाथि बोसको किचकिच फलस्वरूप अफिसमा फितलो परफरमेन्स । न अफिसमा दक्षता देखाउन भ्याइने न घरमा बच्चालाई समय दिन सकिने । जब मैले स्कुटर खरिद गरें आधा समय बचेको छ । अफिसको काम मात्र होइन बाहिरी काम भ्याएर बच्चालाई समेत समय निकाल्न सकेकी छु ।
कमलादीस्थित एक ट्राभल एजेन्सीमा कार्यरत यशोदा अधिकारी स्कुटर आफ्ना लागि वरदान साबित भएको बताउँछिन् । कार्यस्थलदेखि घर निक्कै टाढा भएकाले पहिले उनलाई कुन बेला घर पुगिने हो भन्ने चिन्ताले पिरोलिरहन्थ्यो । स्कुटर किनेदेखि ढिलै भए पनि उनको मन डराउँदैन । अफिसबाट झन्डै १७ किलो मिटर दूरीको घर पुग्दा सधै बेलुकी ८ बज्थ्यो तर अहिले उनको काम र यात्रालाई स्कुटरले सहज मात्र बनाएको छैन परिवार र समाजमा उनको स्ट्याटस पनि उँचो बनाएको छ ।
व्यावसायिक महिलाका लागि मात्र होइन गृहिणी तथा स्कुल–कलेजका टिनएजरहरूलाई समेत लक्षित गरी विभिन्न कम्पनीले विविध रंग र मोडलका स्कुटर बजारमा ल्याएका छन् । भिएस अटोमोबाइल्स (भिएस सुजुकी) ले रातो, नीलो, कालो, सेतो र सिल्भर कलरका स्कुटर बजारमा उतारेको छ । स्टाइलिस्ट, डायनामिक, ब्राइट हेडल्याम्प, स्ट्राइकिङ ड्युल कलर मिटर कन्सोल, मोबाइल चार्जर, सेन्ट्रल लकिङ, ट्युबलेस टायरजस्ता सुविधा यी स्कुटरमा रहेको भिएस अटोमोबाइल्स (भिएस सुजुकी) की सेल्स एक्ज्युकेटिभ भारती पोखरेल बताउँछिन् । यो कम्पनीका स्विस, एक्सेस तथा लेट्स स्कुटर अहिले सर्वाधिक माग भएका स्कुटर हुन् ।
हनी बेल इन्टरनेसनल टेकुले १ सय १० सिसीको सीआईटीआई एस स्कुटर बजार ल्याएको वर्ष दिन बिते पनि यसको माग उच्च छ । रातो, नीलो, सेतो र ग्रे रंगमा उपलब्ध कोरियन ब्रान्डका यी स्कुटर तुलनात्मक रूपमा सुलभ र बलिया भएको कम्पनीको दाबी छ ।
विबिचकी संगीता थापा स्कुटरले जीवन सहज बनाएको तर्क गर्छिन् । उनका अनुसार एकदिन मात्र स्कुटर बिग्रियो वा सर्भिसिङ गर्न दिइयो भने पनि उनको दिनभरिको काम चौपट हुन्छ । कामको तालिकालाई स्कुटरले साथ दिन्छ । संगीता भन्छिन्–यो मेरो व्यक्तिगत एवं व्यावसायिक जीवनलाई सन्तुलित गर्ने प्रमुख अस्त्र हो ।
एआइटी टेकुले लामो समयदेखि एउटै मोडलका टिभिएस स्कुटरलाई निरन्तरता दिइरहेकोमा अहिले नयाँ मोडलको टिभिएस विगो बजारमा उतारेको छ । १ सय १० सिसीको विगोमा लार्ज अलो ह्विल, सहज सेन्टर स्ट्यान्ड, लिड टेल ल्याम्प विथ लाइट गाइड, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन आदि सुविधा भएको एआइटीका सुरेश रायमाझी बताउँछन् । सिजी अटोमोबाइल्सअन्तर्गतको एआइटीले आकर्षक लुक्सका टिभिएस जुपिटर गतवर्ष नै लन्च गरे पनि अहिलेसम्म सर्वाधिक रुचाइनेमध्ये परिरहेको छ । मोर सेफ्टी, मोर स्टायल तथा मोर पावर नारा बोकेको टिभिएस जुपिटरको माइलेज ६२ किलो मिटर प्रतिलिटर छ । भोल्कानो रेड, टिटानियम ग्रे, मिडनाइट ब्ल्याक तथा प्रिस्टाइन ह्वाइट आदि कलरमा उपलब्ध जुपिटर युवतीहरूले बढी मन पराउने सुरेशले बताए ।
एलजी ग्लोबल महिन्द्रा टु ह्विलरको आधिकारिक बिक्रेता हो । पछिल्लो समयमा परिमार्जित भएर आएका महिन्द्राका स्कुटर लोकप्रिय छन् । महिन्द्राका सर्वाधिक बिक्री हुने रोडियो आर जेड, ड्युरो डिजेड र फ्लाइटको माग अत्यन्त राम्रे रहेको एसजी ग्लोबलका राम बोगटीले बताए । सर्वाधिक रुचाइएका होण्डाका डियो र एभिएटर पनि अहिले नयाँ मोडलमा देखापरेका छन् । गत वर्ष सिंगल कलरलाई नयाँ मोडल मानिएको डियो यो वर्षदेखि पुन: मल्टी कलरमा झुल्किएको छ । गत वर्ष रातो, कालो, सेतो र पहेंलो रंग सर्वाधिक बिक्री भएको डियो यो वर्ष कलर कम्बिनेसनसहित मल्टी कलरमा आएकाले अझ स्टाइलिस्ट देखिएको छ । अत्यन्त बलियो मानिने एभियटर पनि अहिले प्रोफेसनल महिलाहरूद्वारा निक्कै रुचाइएको स्कुटर हो । बलियो इन्जिन, राम्रो माइलेज अनि रिसेल भ्यालुका कारण होण्डाका उत्पादन सबैको रोजाइमा परेका छन् । डियोको मूल्य १ लाख ६५ हजार ९ सय पर्छ ।
हिरो होण्डाको प्लेजर सदाबहार स्कुटर मानिन्छ । अहिलेसम्म पनि एकनासले बिक्री भैरहेको प्लेजर हाल नयाँ मोडलमा देखा परेको छ । यो पुरानो मोडलमा राखिएका सुविधा परिमार्जन गरी कम पेट्रोल खपत र राम्रो ग्राउन्ड क्लेयरेन्सका रूपमा अगाडि आएको छ ।
संगीता थापा, संस्थापक निर्देशक–विबिच, कुपन्डोल
स्कुटर नकिनी मैले व्यवसाय नै सुरु गर्न सकिन । कसरी बालबच्चा, घरपरिवार र व्यवसाय व्यवस्थापन गर्ने भनेर सम्झिदा पनि अत्यास लाग्थ्यो । जब सवारी साधनका रूपमा स्कुटर खरिद गरें अनि मलाई बल्ल केही गर्न सक्छु भन्ने आँट आयो । सवारी साधन हाम्रो जीवनलाई सहज बनाउने माध्यम हुन् । आज मसँग स्कुटी हुँदैनथ्यो भने सम्भवत: म व्यवसायमा सफल हुन सक्दिनथें । स्कुटी हामी कामकाजी महिलाहरूका लागि अत्यावश्यक छ । यसको महत्व बुझ्नेहरू अवश्य पनि आफ्नो यात्रामा सफल हुन्छन् । आज मेरो जे हैसियत छ त्यसमा मेरो सवारी साधनको ठूलो भूमिका छ ।
स्कुटर किन्दा ध्यान दिनुपर्ने कुराहरू
राजनराज पुरी, सेल्स एण्ड मार्केटिङ, होण्डा
–सर्वप्रथम त आफ्नो कामको प्रकृति हेरेर सवारी साधन छनोट गर्नु उपयुक्त हुन्छ ।
–साधन किन्दा त्यसमा भएका सुविधा तथा इन्धन खपतका बारेमा पूर्ण जानकारी राख्नुपर्छ ।
–सवारी साधनलाई लुगा, जुत्ता वा एसेसरिज खरिद गरेजस्तो हल्का रूपमा लिनु हुँदैन । लामो समयसम्म प्रयोग गर्नुपर्ने हुनाले यसको सेफ्टी तथा सेक्युरिटीमा जोड दिनुपर्छ ।
–छुट, अफर तथा विविध योजनाको मौका छोप्नु फाइदाजनक हुन्छ ।
–रंग छनोटमा पनि उत्तिकै ध्यान पुर्याउनुपर्छ ।