Successfully Copied

गहनालाई चम्काउने विधि

महिला तथा गहनाको सम्बन्ध घनिष्ठ छ । गहनाले महिलाहरूको सौन्दर्य बढाउने काम गर्छ ।

महिला तथा गहनाको सम्बन्ध घनिष्ठ छ । गहनाले महिलाहरूको सौन्दर्य बढाउने काम गर्छ । गहनाबाट शतप्रतिशत परिणाम प्राप्त गर्न त्यसको सही हेरचाह आवश्यक छ ।

हेरचाह

सुत्नुभन्दा पहिले लगाएका गहना फुकाल्नुपर्छ । सोफा तथा खाटमा बस्दा गहना भाँच्चिने सम्भावना हुन्छ ।

कानमा झुम्का लगाउँदा ऐना प्रयोग गर्नुपर्छ ।

गहना लगाउनुभन्दा पहिले मेकअप गर्नुपर्छ । किनभने मेकअपको रसायनले गहनालाई असर पुर्‍याउँछ ।

आफ्ना गहनालाई हेयर स्प्रे, नेल आर्ट, परफ्युम आदिबाट जोगाउनुपर्छ । मोतीका गहनालाई यस्ता तत्वहरूबाट निकै टाढा राख्नुपर्छ ।

गहनाको प्रयोग गरिसकेपछि त्यसलाई सफा गरेर जतनसाथ राख्नुपर्छ ।

गहना सफा गर्न मुलायम कपडा प्रयोग गर्नुपर्छ । गहनालाई सफा गर्न तरल पदार्थ प्रयोग गर्न सकिन्छ । सुन तथा हीराका गहना सफा गर्न तातोपानीमा एक चिम्टी सोडियम बाइकार्बोनेट प्रयोग गर्नुपर्छ । त्यसमा आधा मिनेट गहना डुबाए गहनामा भएको फोहोर हट्छ । सफा गरिसकेपछि भिजेका गहना सुख्खा कपडाले पुछ्नुपर्छ ।

ध्यान दिनुपर्ने कुरा

नक्कली गहनालाई स-साना कन्टेनरमा अलग्गै राख्नुपर्छ । पसिनाले गहनाको चमक कम गर्छ । गर्मीमा नक्कली गहना लगाउँदा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । त्यसैले पसिना आउँदा घर पुग्नेबित्तिकै गहना उतार्नुपर्छ ।

गहना सफा गर्दा साबुन, सर्फ, पाउडर तथा टुथपेस्ट प्रयोग गर्नुपर्छ । सुनमा प्रयोग भएको स्टोन सफा गर्न एमोनियाको घोल प्रयोगमा ल्याउन सकिन्छ । हीराका गहनालाई क्लोरिनबाट टाढै राख्नुपर्छ ।

गहनालाई कुनै सानो बक्समा नरम कपडाले बेरेर राख्नुपर्छ ।

बैंकको लकरमा गहना राख्दा सेलोफेन पेपरमा बेरेर राख्नुपर्छ । सेलोफेनले गहनालाई अक्साइड मटेरियल्सबाट जोगाउँछ ।

सुन तथा चाँदीका गहना एकसाथ राख्नु हुँदैन । सुन तथा चाँदीका औंठी एकसाथ लगाउँदा चाँदीको सेतोपन सुनको औंठीमा सर्न सक्छ ।

र्वषाको मौसममा गहनाको बट्टामा सिलीका जेल स्यासमा राख्नुपर्छ । यसले गहना ओसिनबाट जोगिन्छ । यसले गहनाको स्वाभाविक चमक कम हुन दिँदैन ।

व्यायाम तथा कठोर काम गर्दा नरम प्रकारका गहना लगाउनु हुँदैन ।

 Image