Successfully Copied

थकाली खानाको ‘लिजेन्ड’ उषा

थकाली खाना स्वादका हिसाबले अतुलनीय, रंगका हिसाबले विविधता, स्वास्थ्यका हिसाबले स्वस्थकर छ ।


थकाली खानाको ‘लिजेन्ड’ उषा शेरचनले ४० वर्षअघि सुरु गरेको व्यवसाय आज सबैतिर थकाली खानाका रूपमा परिचित छ । मुस्ताङकी टुकुचे गाउँकी उषा आमा रत्न तुलाचनको सीप, उत्साह र प्रेरणाले १३ वर्षको उमेरदेखि नै हस्पिटालिटी व्यवसायमा लागेकी हुन् । १५ वर्षको उमेरमा आमासँग मिलेर मुस्ताङमै सुरु गरेको ‘उषा लज’ उतिबेला निकै प्रसिद्ध थियो । त्यतिबेला त्यहाँ ९५ प्रतिशत विदेशी पर्यटक हुन्थे । लजको अनुभवकै आधारमा उषाले चार दशकअघि पोखरामा मोनालिसा थकाली खाना सुरु गरेकी थिइन्, जुन तीन वर्षदेखि काठमाडौंको भाटभटेनीमा पनि सञ्चालनमा आएको छ ।

कसैले सोच्नै नसक्ने त्यो समयमा दाल–भात बेचेर पैसा कमाइन्छ भन्ने सोच कसरी आयो ?
हाम्रो थकाली खाना स्वादका हिसाबले अतुलनीय, रंगका हिसाबले विविधता, स्वास्थ्यका हिसाबले स्वस्थकर छ । उतिबेला घरमा आमाले अत्यन्तै मीठो पकाउने, त्यही सीप ममा पनि सर्‍यो । सबैले तिमीले त छोए मात्रै पनि मीठो हुन्छ भन्थे । मुस्ताङबाट पोखरा झरेपछि काम गर्नैपर्ने बाध्यता आइलाग्यो, आफूले जानेको सीप त्यही थियो र त्यही गरियो । तन, मन, धनलगाएर लागेपछि सफल भइँदोरहेछ । मैले सुरुवात गरेको व्यवसाय आज जताततै थकाली भान्साका रूपमा देख्दा खुसी लाग्छ ।
अहिले सबैतिर थकाली भान्साघर देखिन्छ, थकाली खाना यति धेरै लोकप्रिय हुनुको कारण के होला ?
थकाली खाना अत्यन्तै स्वादिष्ट, घरैमा पकाएजस्तो, सफा–सुग्घर, अनि पूर्ण पोषणयुक्त भएकाले पनि यो निकै लोकप्रिय भएजस्तो लाग्छ । थकाली खाना हाम्रो संस्कृति बनिसक्यो । देशदेखि विदेशसम्म थकाली खाना पुगेको छ । त्यसबाहेक हामी कृत्रिम रंग नराखी विविधखाले प्राकृतिक कलरफूल खाना पस्किन्छौं ।

वास्तवमा थकाली खाना के हो ?
अहिले व्यावसायिक रूपमा खोलिएका थकाली भान्साघरहरूमाथकालीमौलिक परिकारलाई फ्युजन गरेको देखिन्छ । जस्तो किपहिलाहामीभात फरर्र पारेर पस्किन्थ्यौं, अहिले बटुकामा हालेर सेप निकाली सर्भ गरिन्छ । गुन्द्रुक, पापड, करेला, सलाद राखिँदैनथ्यो, अहिले माग भएकाले राख्ने गरेको पाइन्छ । मौलिक थकाली खानामा मासुको पातलो झोलसँग भात खाने गरिन्थ्यो । अहिले त मासुको ग्रेभी बनाइन्छ । कन्चम्पा, तुङ, कातुङ, लेपकु, टिम्मुर आलुको तरकारी, सुकुटी आलु प्ला, मुस्ताङ आलु, रायोसँग ठेट थकाली खाना हुन् ।
मोनालिसाको विशेषता के हो ?
मौलिक थकाली स्वादयुक्तखाना नै हाम्रो विशेषता हो । अहिलेसम्म पनि हामी आलु, फापरको पिठो, कालो सिमीको दाललगायतका सामग्री मुस्ताङबाटै ल्याउँछौं । मुस्ताङको आलु हामी शुद्ध घिउमै पकाउँछौं । अजिनोमोटो आदि अन्यआयातीतमसलाप्रयोग गर्दैनौं । ग्राहकको स्वाद र स्वास्थ्यमा बढी सजग छौं । हाम्रो खानामात्रै नभएर आफ्नोपन र सेवाबाट धेरै ग्राहक सन्तुष्ट भएका छन् । गुणस्तरको तुलनामाहाम्रा परिकार सुलभ मूल्यमाउपलब्ध छन् । ४० वर्षअघि सुरु भएको पोखराको मोनालिसाको स्वाद करिब तीन वर्षदेखि काठमाडौंवासीले पनिचाख्नपाएका छन् ।
महिला आर्थिक रूपमा आत्मनिर्भर हुन कत्तिको जरुरी छ ?
एकदम जरुरी छ । आफैं कमाउन सक्यो भने आफूले चाहेको गर्नसकस हुँदैन । आफ्नो निर्णयको पनि सुनुवाइ हुन्छ । म टिनएज हुँदा नै आमाबाट सिकेको कुरा हो यो । हाम्रा थकाली नारीसशक्त, जाँगरिला, स्वास्थ्यतथा सरसफाइमा ध्यान दिने स्वभावका हुन्छन् । त्यसैले थकाली समुदायमा महिलाहरू नै ‘फेमिली हेड’ को भूमिकामा हुन्छन् ।

 Image