संगीता पहाडी
निमित्त प्रबन्ध निर्देशक, नेपाल टेलिकम
काठमाडौंको पुतलीसडकमा पूर्वन्यायाधीश लक्ष्मणप्रसाद अर्याल र सुष्मा अर्यालको पा“चसन्तानमध्ये कान्छी सन्तानका रूपमा संगीता पहाडीको जन्म भयो । डिल्लीबजारस्थित पद्मकन्या स्कुलबाट स्कुले शिक्षा पूरा गरेकी उनले त्रिचन्द्रबाट ‘फिजिक्स’ मा आइएस्सी र इन्डियाको मोतीलाल नेहरू रिजनल इन्जिनियरिङ कलेज इलाहावादबाट इन्जिनियरिङ गरिन् । सन् १९९२ मा नेपाल टेलिकममा इन्जिनियरका रूपमा काम गर्न थालिन् । इन्जिनियरबाट टेलिकममा प्रवेश गरेकी उनी अहिले निमित्त प्रबन्ध निर्देशकका रूपमा कार्यरत छिन् । आफ्नो जीवनको ३० वर्ष टेलिकममा बिताएकी पहाडीसँग नारीका लागि गरिएको कुराकानी ः
इन्जिनियर क्षेत्रमा लाग्ने प्रेरणा कहाँबाट प्राप्त भयो ?
तीस वर्षअघि इन्जिनियर बन्न बाटो देखाउने मेरा दाइहरू हुनुहुन्छ । उहाँहरू इन्जिनियर भएकाले यही बाटोमा लाग्ने प्रेरणा मिल्यो । साथै बुवाले पनि पढ्न हौसला दिनुहुन्थ्यो ।
नेपाल टेलिकम प्रवेशका बारेमा बताइदिनुहोस् न ।
नेपाल टेलिकममा ३० वर्षअघि ट्रान्समिसन प्रोजेक्ट इम्प्लिमेन्टेसन डिपार्टमेन्टमा काम सुरु गरें । काम फिल्डमै गएर गर्नुपथ्र्याे । त्यतिबेला फिल्डमा गएर होइन अफिसमै बसेर काम गर्नू भन्ने सुझाव आउँथे । महिलाबाट त्यस्तो काम सम्भव हुँदैन भन्ने थियो । त्यो समयमा दूरसंचारमा स्विचिङ सिस्टम, कम्प्युटर र ट्रान्समिसन सिस्टम हुन्थ्यो । मेरो कार्यक्षेत्र ट्रान्समिसन थियो ।
त्यतिबेला के–के काम गर्नुपथ्र्यो ?
ट्रान्समिसनसम्बन्धी काममा डाँडा–डाँडामा टावर बनाउनुपथ्र्याे । इन्स्टलेसन गर्दा सुपरभिजन गर्नुपथ्र्याे । नयाँ टेक्नोलोजी ‘अप्टिकल फाइबर’ भर्खरै आएको थियो । काठमाडौं उपत्यकाको एक्सचेन्ज, नक्साल र पाटनलाई जोड्ने अप्टिकल फाइबर जोड्ने प्रोजेक्टका लागि पनि सुपरभिजन गर्नुपथ्र्याे । यसमा ‘आउटडोर एक्टिभिटी’ बढी हुन्थ्यो । यस्तो काम चार वर्षजति गरें ।
नेपालमा मोबाइल सेवा सुरु हुँदा पनि तपाईं सक्रिय हुनुभयो ?
नेपालमा पहिलोपटक संचारमन्त्रालयले मोबाइलसम्बन्धी टेन्डर कल गरेको थियो, त्यसमा सुरुदेखि संलग्न थिएँ । भेन्डर छनोट नभएपछि नेपाल टेलिकमले आफैंले मोबाइलसम्बन्धी काम सुरु ग¥यो । २०५५ सालबाट नेपाल टेलिकममा मोबाइलसम्बन्धी काम सुरु भयो । २०५६ वैशाख १६ गतेदेखि मोबाइल नेटवर्कको थालनी भयो । नेपाल टेलिकम मोबाइल सर्भिस प्रदान गर्ने नेपालको पहिलो अपरेटर हो । सुरुमा काठमाडौं, पोखरा, वीरगन्ज, नेपालगन्ज, भैरहवामा ‘नटइन सिस्टम’ का ३२ वटा टावर संचालन गरिएको थियो । हवाईको सिस्टम ५० हजार बढ्दै गएर १० मिलियनको नेटवर्क भयो । अहिले फोर जी प्रविधिको नेटवर्क देशभर फैलिएको छ । नेपाल टेलिकमले मोबाइल नेटवर्क सुरु गरेको पाँच वर्षपछि प्राइभेट अपरेटरले २०६१ पछिमात्र सेवा सुरु गरेका हुन् ।
अहिले तपाईंको कार्यक्षेत्रमा के–के पर्छन् ? आफूले जिम्मेवारी पाएपछि गरेका कामहरू के–के हुन् ?
प्रवन्ध निर्देशक भएपछि पहिले स्पिडमा जानुपर्ने जुन कामहरू थिए, तिनलाई स्पिडमा लैजाने काम गरें । माननीय संचार तथा सूचना प्रविधि मन्त्रीको निर्देशनमा १९ जिल्लालाई ‘नमुना टेलिकम जिल्ला’ का रूपमा घोषणा गरेका छौं । मोबाइलको फुल कभरेज हुने र फाइबरबाट इन्टरनेट दिने काम गरेका छौं । जाजरकोट र सबै प्रदेशका जिल्लामा यस्तो सुविधा उपलब्ध छ । पहाडी जिल्लामा टावरका कारण गुणस्तरीय सेवा छैन । गुणस्तरीय सेवा बढाउने, मर्मत सम्भारलाई चुस्तदुरुस्त बनाउने काममा लागिपरेका छौं । लक्ष्यअनुसार काम गरेकाले आर्थिक वर्षमा पूरा हुन्छ । देशका सबै जिल्लामा सेवा दिइरहेका छौं । कतिपय जिल्लामा मोबाइलको कभरेज र इन्टरनेट पुगेको छैन । त्यसैले नमुना टेलिकम जिल्लामा सात वटा प्रदेशको एउटा जिल्ला, दुर्गमको एउटा जिल्ला र अविकसित जिल्ला लिएका छौं ।
एनटीएको ‘रुरल डेभलपमेन्ट फन्ड’ अन्तर्गत पूर्व–पश्चिमका सात प्रदेशमा ‘हाई ब्यान्डविथ’ सूचना महामार्ग भनेर अप्टिकल फाइबर इन्स्टलेसनमा पनि काम भइरहेको छ । पछि सबै प्रदेशमा गर्दै जाने योजना छ । यसबाहेक कर्मचारीको हित र विकास पहिलो प्राथमिकता भएकाले वृत्ति विकासमा काम गरेका छौं । किनभने सेवा बढाउने, प्रविधि गाउ“गाउ“मा पु¥याउने कर्मचारी नै भएकाले ढुक्क भएर काम गर्ने वातावरण भए कामको गुणस्तर बढ्छ । यसो गर्दा ग्राहकले पनि राम्रो सेवा पाउ“छन् । अहिले फाइभ जी सेवालाई पनि ग्राहकमाझ लैजाने कार्य अगाडि बढेको छ । मध्यपहाडी लोकमार्गमा एक हजार किलोमिटर अप्टिकल फाइबर जोड्ने योजना अगाडि बढाएका छौं । डेटा सेन्टरलाई अगाडि बढाएका छौं। ग्राहकलाई दिने सुविधा सरल र सुलभ बनाउनेतर्फ टिम लागिरहेको छ ।
टेलिकमको इन्टरनेट महँगो भएको गुनासो छ। किन होला?
सरकारी स्वामित्व भएकाले हाम्रो सेवा पारदर्शी छ । ९२ प्रतिशतभन्दा बढी सेयर सरकारको छ । इन्टरनेट महँगो भयो भन्छन् । यसमा बनाउने पूर्वाधार कर तिर्ने कुरा सबै सम्बोधन गर्नुपर्ने भएकाले यो महँगो होइन । अरु इन्टरनेट प्रोभाइडरले कर सम्बोधन गरे नगरेको सुनेका छौं । भनेको सेवा नदिने गुनासो पनि सुनिन्छ । दूरसंचारमा दिएको सुविधा पूरा हुन्छ ।
प्रसंग बदलौं, महिला यस भूमिकामा रहँदाका समस्या र चुनौती के–के रहेछन् ?
प्राविधिक भए पनि विभिन्न डिपार्टमेन्ट हेडका रूपमा काम गरिसकेकी छु । यद्यपि, प्रबन्ध निर्देशकको भूमिका फरक महसुस भयो । प्राविधिक रूपमा हेर्नुपर्ने विभागलगायत, म्यानपावर म्यानेजमेन्ट चुनौतीपूर्ण देखिएको छ । यसलाई अझ परिस्कृत र व्यवस्थित बनाउन लागिरहेकी छु ।
महिलालाई अघि बढ्न कत्तिको सहज छ ?
यहाँ अवसर पाएका महिलालाई अघि बढ्न सहज छ । जसले भिन्न वातावरण, जस्तो पढाउन नसक्ने, घरमा प्रोत्साहन गर्ने कोही नभए, गाह्रो छ जस्तो लाग्छ । महिलाले चाहेर र आफ्नो सोचमा दृढ भएमा अगाडि बढ्न केहीले रोक्दैन । म यहाँ पुग्छु भन्ने सोच बनाएर अघि बढ्नुपर्छ । साथै काममा एकरूपता, मेहनत र लगनशील भए अघि बढ्न सकिन्छ ।
महिला नेतृत्वमा कसरी पुग्ने ? सफलताका सूत्र के होलान्?
काम नै मेरो ‘आइडेन्टिटी’ हो भन्ने बुझ्नुपर्छ । आफूले चाहेजस्तो र भनेजस्तो नहुन सक्छ । त्यस्तो परिप्रेक्ष्यमा कम्पनीले आफूले चाहेजस्तो ‘इनपुट’ नदिन सक्छ । तर पनि निरन्तर रूपमा लगनशील भई काम गरेमा त्यसको फाइदा कम्पनीले पनि पाउँछ, कम्पनीले पनि क्षमता पहिचान गर्छ र सफल भइन्छ । यसैगरी घरपरिवार, कर्मचारी साथीको मार्गनिर्देशनले नै अघि बढ्न सहज हुन्छ । आफूभन्दा माथिल्लो ‘लेवल’ को अनुशरण गर्ने र तल्लो ‘लेवल’लाई सिकाउँदै लैजानुपर्छ । हरेक कुराको सकारात्मक पक्ष ग्रहण गर्ने र नकारात्मक पक्ष पन्छाउने गरेमा लिडरसीप विकास हुन्छ ।
काम गर्दाका कुनै अविस्मरणीय अनुभव छन् कि ?
मानिसको प्रत्येक दिन अविस्मरणीय हुन्छ । मोबाइल विस्तारमा २० वर्ष काम गरें । कोभिड वा भूकम्पका बेला घरमा साना बाबुहरू थिए । आमालाई बाबु छोडेर अफिस आएर १–२ दिनमै नेटवर्क रिस्टोर गर्न सफल भयौं । असहज परिस्थितिमा पनि घरपरिवार म्यानेज गरी अफिसको काममा लागेर अफिसको नाम राख्न सफल भयौं । भूकम्पमा हल्लिरहेको बेला कन्ट्रोल रुममा बसेर काम भयो। सबै कर्मचारी खटिएका थिए । त्यतिबेला दुई दिनमै नेटवर्क रिस्टोर गर्न सफल भएकाले टेलिकमले सबैतर्फबाट वाहवाही पाएको थियो । सरकारको आफ्नो अर्गनाइजेसन भयो भने अपर्झटकुनै काम गर्न सहज हुन्छ भन्ने महसुस भयो । कोभिडको समयमासबैजना वर्क फ्रम होम गर्दा पनि अफिस नै आएर काम गरियो । आफू अफिस आएमा फिल्डमा खटिने कर्मचारीलाई प्रोत्साहन हुन्छ भन्ने लाग्यो । सुनसान र डरलाग्दो परिस्थितिमा पनि अफिसमा आएर काम गरेको क्षण पनि अविस्मरणीय छ ।
भविष्यको योजना के छ ?
रिटायर्ड हुन दुई वर्ष बाँकी छ। समयले कहाँ डो¥याउँछ, मेरो एक्सपर्टिजलाई कहाँ प्रयोग गर्न सकिन्छ हेरौं । काम गर्ने बानी परिसक्यो । एलएलबी पनि गरेकी छु । न्याय क्षेत्रमा पनि रुचि छ ।