Successfully Copied

जाडो मौसममा बढी एक्टिभ हुन्छु

जाडो मौसम राम्रो लाग्छ । जाडो मौसममा बढी एक्टिभ हुन्छु र जे खाए पनि मीठो लाग्छ ।

धुलिखेलस्थित माउन्ट प्रिन्सेस होटलकी सिइओ ज्योत्सना सैंजू वर्षदेखि होटल व्यवसायमा संलग्न छिन् । हुन त उनी कम्प्युटर इन्जिनियर हुन् । उनले केही समय वेयर इन्जिनियरका रूपमा काम गरेकी थिइन् । सानै उमेरमा व्यवसायमा हात हालेकी ज्योत्सना सार्क चेम्बर अफ वुमन इन्टरप्रेनर काउन्सिलकी सदस्य, रिजनल होटल एसोसिएसन काभ्रेकी सचिव, महिला उद्यमी संघ काभ्रेकी सचिव तथा धुलिखेल उद्योग वाणिज्य संघकी पदाधिकारीसमेत हुन् । 

जाडोबाट बच्न के गर्नुहुन्छ ? 

धुलिखेल चिसो ठाउँ भएकाले अलि बढी केयर गर्नुपर्छ । म तिहार लगत्तै न्याना पहिरनहरूको जोहो गरिहाल्छु । इनर, थर्माेकोट, मफलर, नि क्याप, टोपीलाई कहिले छोड्दिन । 

जाडोमा फिट रहन के गर्नुहुन्छ ? 

म बढी हिँडडुल गर्छु । होटलका आवश्यक सबै पक्षलाई म आफै रेखदेख गर्ने भएकीले अहिलेसम्म मलाई जिम र योगको आवश्यकता परेको छैन । मेरो सक्रियता नै मेरो फिटनेसको रहस्य पनि हो । 

जाडोमा कस्तो पहिरन लगाउँदा स्मार्ट महसुस गर्नुहुन्छ ?

स्किनलाई एलर्जी नहुने फेब्रिक नै मेरो पहिलो रोजाइमा पर्छ । जाडोमा ऊलन ड्रेस, ऊलन वान पिस, लङ कोट र बुथ लगाउँदा स्मार्ट महसुस गर्छु । 

जाडोको फुटवेयर ?

लङ कोट, ऊलन ड्रेसहरूसँग बुट लगाउँछु । त्यसैगरी क्याजुअलमा धेरैजसो स्पोर्ट्स सुज लगाउँछु । स्पोर्ट्स सुजमा सजिलो र न्यानो फिल हुन्छ । 

जाडोमा कस्तो खानपान गर्नुहुन्छ ? 

प्रशस्त मात्रामा सुप, झोललगायत ताता परिकारहरू बढी खान्छु । 

जाडो मौसम कस्तो लाग्छ ? 

जाडो मौसम राम्रो लाग्छ । जाडो मौसममा बढी एक्टिभ हुन्छु र जे खाए पनि मीठो लाग्छ ।

 

 Image