Successfully Copied

गर्मीमा छालाको हेरचाह

एसएलई, सिस्टेमिक स्क्लेरोसिस, डर्माटोमायोसाइटिसजस्ता शरीरका भित्री अंगलाई असर गर्ने रोगहरू घामका कारणले गर्दा नियन्त्रण गर्न गाह्रो हुन्छ । यस्ता रोगले शरीरको भित्री अंगलाई असर गर्नुका साथै घामले अनुहार, हात, घाँटी तथा छातीमा विभिन्न प्रकारका एलर्जी सिर्जना गर्न सक्छन् ।

एसएलई, सिस्टेमिक स्क्लेरोसिस, डर्माटोमायोसाइटिसजस्ता शरीरका भित्री अंगलाई असर गर्ने रोगहरू घामका कारणले गर्दा नियन्त्रण गर्न गाह्रो हुन्छ । यस्ता रोगले शरीरको भित्री अंगलाई असर गर्नुका साथै घामले अनुहार, हात, घाँटी तथा छातीमा विभिन्न प्रकारका एलर्जी सिर्जना गर्न सक्छन् ।

डा. कमलराज धिताल

चर्म तथा यौनरोग विशेषज्ञ 

 

गर्मीमा छालामा के–कस्ता समस्या देखापर्छन् ?

बढ्दो तापक्रमसँगै छालामा विभिन्न समस्या देखा पर्न सक्छन् । खासगरी घाममा भएको युभी किरणले छालामा विभिन्न समस्या निम्त्याउँछ । त्यस्ता समस्यालाई दुई भागमा विभाजन गर्न सकिन्छ । एक प्रकारको समस्यामा घामको किरणले सीधै छालामा असर गरेर छालाको विभिन्न रोग निम्त्याउँछ भने अर्को समस्यामा शरीरमा भएको भित्री रोगलाई थप बढाउने काम गर्छ । 

घामको किरणले सीधै छालामा ल्याउने समस्या के–के हुन् ?

बढी चिल्लो छाला भएकाहरूको छालामा थप चिल्लोपन देखापर्छ भने सुख्खा छाला कतै सुख्खा त कतै चिल्लो हुन्छ । छाला बढी चिल्लो भएपछि बढी डन्डिफोर आउँछ । यसैगरी पोतो, घामको एलर्जी, छाला कालो हुने, केश पातलो हुने, फंगल कीटाणुको संक्रमण बढ््ने आदि समस्या पनि देखिन्छन् । घामको किरणमा लामो समयसम्म बसे छालाको क्यान्सरसम्म हुने सम्भावना हुन्छ । 

घामको किरणले निम्त्याउने आन्तरिक समस्या के–कस्ता छन् ?

यस्ता समस्यामा घामको किरणले छालामार्फत शरीरका विभिन्न आन्तरिक रोगलाई बढाउँछ । एसएलई, सिस्टेमिक स्क्लेरोसिस, डर्माटोमायोसाइटिसजस्ता शरीरका भित्री अंगलाई असर गर्ने रोगहरू घामका कारणले गर्दा नियन्त्रण गर्न गाह्रो हुन्छ । यस्ता रोगले शरीरको भित्री अंगलाई असर गर्नुका साथै घामले अनुहार, हात, घाँटी तथा छातीमा विभिन्न प्रकारका एलर्जी सिर्जना गर्न सक्छन् । 

छालाको हेरचाह कसरी गर्ने ? 

अनुहारलाई नियमित रूपमा सफा गर्नुपर्छ । छाला चिल्लो छ भने सालिसाइलिक एसिडयुक्त फेसवास दिनमा दुईपटक प्रयोग गर्नुपर्छ । यसैगरी सुख्खा छाला छ भने सोप फ्रि क्लिन्जर प्रयोग गर्नुपर्छ । सामान्य छाला भए जेलयुक्त क्लिन्जर प्रयोग गर्नु उत्तम हुन्छ । छालाको प्रकृतिअनुसार ३० एसपीएफसम्मको सनस्क्रिन प्रयोग गर्नुपर्छ । चिल्लो छालामा जेल, सुख्खा छालामा क्रिम तथा सामान्य छालामा लोसन प्रयोग गर्न सकिन्छ । 

अन्य उपाय के होलान् ? 

दिनमा कम्तीमा ३ देखि ४ लिटरसम्म पानी पिउनुपर्छ । घरबाहिर जाँदा छाता प्रयोग गर्नुपर्छ । हप्तामा एक–दुईपटक अनुहार तथा शरीरको स्क्रब गर्नुपर्छ । नियमित रूपमा शारीरिक व्यायाम गर्नुपर्छ । एन्टीअक्सिडेन्टयुक्त खानेकुरा खानुपर्छ । चिसो पानीले नियमित स्नान गर्दा पनि छाला स्वस्थ रहन्छ । छालासम्बन्धी कुनै रोग लागे चिकित्सकको सल्लाहविना कुनै पनि औषधि प्रयोग गर्नुहुँदैन । 

 Image