Successfully Copied

साथीभाइहरूसँग इन्गेज हुन्छु, छोरीसँग खेल्छु

हाम्रो अभियानमा ज–जसले जसरी साथ दिइरहनुभएको छ त्यसले निरन्तरता प्राप्त गरोस् । देशमा कसैलाई दु:ख–पीडा तथा संकट आइनपरोस् । हामी सबै संकटमा एकजुट हौं, सहयोगी भएर अघि बढौं ।

 

घर होइन देश बनाउँदा कस्तो अनुभूति भैरहेको छ ?

घर पनि सँगै बन्दैछन् । घर बन्दा एउटा परिवार मात्र खुसी हुन्छ तर देश बन्दा सम्पूर्ण देशवासी खुसी हुन्छन् त्यसको आनन्द बेग्लै हुन्छ ।

 

तपाईंहरूको अगुवाइमा चलिरहेको अभियानले जनतालाई खुसी बनाउँछ कि हँसाउँछ ?

मुहारमा उज्यालो ल्याउने काम गर्छ । खुसी र आनन्दको अनुभूति गराउँछ । सहाराविहीनहरू कसैको साथ पाउँदा हाँसेकै हुन्छन्, खुसी भएकै हुन्छन् । खुसी र हाँसो एकसाथ सिर्जना हुन्छ ।

श्रीमान्–श्रीमती एक–अर्कालाई कत्तिको हँसाउनुहुन्छ ?

हामी आपसमा हाँसिरहन्छौं, जिस्किरहन्छौं अनि खुसी पनि साट्छौं । उहाँले भन्दा मैले बढी हँसाउने प्रयास गर्छु किनभने उहाँ अलि गम्भीर प्रकृतिको हुनुहुन्छ ।

तपाईं अरूबाट के आशा गर्नुहुन्छ अर्थात् अरूले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

हाम्रो अभियानमा ज–जसले जसरी साथ दिइरहनुभएको छ त्यसले निरन्तरता प्राप्त गरोस् । देशमा कसैलाई दु:ख–पीडा तथा संकट आइनपरोस् । हामी सबै संकटमा  एकजुट हौं, सहयोगी भएर अघि बढौं ।

तपाईंको सबैभन्दा नजिकको व्यक्ति को हो र किन ?

एकजना मात्र भन्न सक्दिन । छोरी, श्रीमान्, अभिभावक तथा सारा नेपाली जनता किनभने उनीहरूको खुसीमै मेरो मन रमाउँछ । मेरो खुसीको स्रोत यिनै हुन् ।

तपाईं आफूलाई खुसी राख्न के गर्नुहुन्छ ?

कहिले डान्स गर्छु, साथीभाइहरूसँग इन्गेज हुन्छु, छोरीसँग खेल्छु, श्रीमान्सँग समय बिताउँछु ।

अब गर्न बाँकी के छ जस्तो लाग्छ ?

नमुना नेपाल हाम्रो प्राथमिकतामा छ । कामको दबाबले साथीभाइ एवं आफन्तबाट टाढा भएको अनुभूति भैरहेको छ, उनीहरूलाई समय दिन्छु । जतिसुकै समस्या आए पनि सकारात्मक सोचको विकास गर्दै कर्मक्षेत्रमा अघि बढ्ने इच्छा छ ।

 

 Image