Successfully Copied

सानो कफी सपको डिजाइन

कफी सप भन्नेबित्तिकै साथीभाइ भेटेर आपसमा कुराकानी गर्ने ठाउँ वा बिजनेस मिटिङ गर्ने ठाउँ भन्ने बुझिन्छ । कफीको स्वाद लिँदै कुरा गर्नु नै कफी सपको विशेषता हो । पछिल्लो समय टोल–टोलमा थुप्रै कफी सप खुलेका छन् ।


लैला श्रेष्ठ, आर्किटेक्ट इन्जिनियर
कफी सप भन्नेबित्तिकै साथीभाइ भेटेर आपसमा कुराकानी गर्ने ठाउँ वा बिजनेस मिटिङ गर्ने ठाउँ भन्ने बुझिन्छ । कफीको स्वाद लिँदै कुरा गर्नु नै कफी सपको विशेषता हो । पछिल्लो समय टोल–टोलमा थुप्रै कफी सप खुलेका छन् । देख्दा सामान्य भएपनि यसको बनावट र डिजाइनमा ध्यान पु¥याउनुपर्ने हुन्छ । कफी सपका लागि ठूलो ठाउँको आवश्यकता पर्दैन सानो ठाउँलाई राम्रो डिजाइन गर्न सकिन्छ ।


भुइँको सजावट
भुइँको डिजाइन गर्दा ग्राहकहरू प्रवेश गर्नेबित्तिकै कहाँ बस्ने र कसरी अर्डर गर्ने भनेर थाहा पाउने गरी डिजाइन गर्नुपर्छ । कफीको प्रतिको फस्ट लुक्सलाई आकर्षक बनाउनुपर्छ । कफी सपमा आउ“दा–बस्दा ग्राहकलाई सहज हुन आवश्यक छ । कामदारहरूले काम गर्ने विषयमा पनि विचार गर्न आवश्यक हुन्छ । कफी सपमा प्रयोग गरिने सामानहरू पनि साइज मिलाएर राख्नुपर्छ ।

सामानको सही छनोट
कफी सपको आकारअनुसार त्यहाँ प्रयोग गरिने सामानहरू छनोट गर्नुपर्छ । त्यहाँ फर्निचरहरू छनोट गर्दा पनि कफी सपको साइजअनुसार छान्नुपर्छ । फर्निचरहरू छनोट गर्दा सफा गर्न सजिलो, कम खर्चिलो र फेर्न सहज हुने खालको राख्नुपर्छ ।


भण्डारका लागि ठाडो ठाउँको प्रयोग गर्ने
आवश्यक सामग्रीहरू भण्डार गर्न सकेसम्म ठाडो ठाउँ प्रयोग गर्ने जसले गर्दा भुइँमा धेरै ठाउँ चाहिँदैन र माथि सिलिङसम्म नै प्रयोग गर्न गरी सामानहरू सहज रूपमा भण्डार गर्न सकिन्छ । यसले कफी सपको डिजाइनलाई समेत राम्रो देखाउन सहयोग गर्छ ।


लाइटिङको छनोट
कफी सपमा प्रयोग हुने सामानहरूमा सनलाइट पर्योभने झनै तातिन्छ । सोझै सनलाइट नपर्ने गरी सामानहरूको उचित व्यवस्थापन गर्नुपर्छ । जसले गर्दा त्यहा“को वातावरण राम्रो हुन्छ र काममा पनि सहज हुन्छ । लाइटहरू जडान गर्दा कामको क्षमता बढ्ने गरी सहज महसुस हुने गर्नुपर्छ ।

वालपेपरको प्रयोग
कफी सपमा आकर्षक वालपेपरले सजाउन सकिन्छ । वालपेपरमा क्यानभास प्रिन्ट गर्न सकिन्छ जसले सानो ठाउँलाई ठूलो देखाउन मद्दत गर्छ । यसका साथै पेन्टिङले पनि आकर्षक देखाउन सकिन्छ ।


रंगको सही छनोट
रंगको प्रयोग गर्दा पनि मनोवैज्ञानिक असर कस्तो पर्छ सो हेर्नुपर्छ । यसका बारेमा पनि अध्ययन गर्नुपर्छ । कफी सपको डिजाइन गर्दा रंगले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । जस्तै ग्राहकहरू आएर कति समय बस्छन् उनको उद्देश्य के हो सोहीअनुसार रंगको छनोट गर्नुपर्छ । नेचुरल,सेतो, पहेंलो, लाइट ग्रे कलरले सानो ठाउँलाई ठूलो देखाउन मद्दत गर्छ । पहेंलो कलरले ग्राहकलाई खुसी तुल्याउँछ । ब्राउन कलरले आनन्दित तुल्याउँछ । सकेसम्म नीलो रंग प्रयोग नगरेको राम्रो हुन्छ । यसले ग्राहकलाई खानामा रुचि जगाउँदैन। सेतो कलरले स्वच्छ, सफा र सानो स्पेसलाई ठूलो देखाउँछ । 

 Image