काठको ढोकाको डिजाइन
घाम र पानी पर्ने ठाउँ मुख्यद्वार, कौसी, बाल्कोनी, बाथरुम जस्ता ठाउँमा वाटरपु्रफ र सन प्रोटेक्सनयुक्त ढोकाको छनोट गर्नुपर्दछ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/door 2.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/door 2.jpg&w=1000&height=600)
आईईसी इन्टेरियो स्किमा एक्सआइआइ सम्पन्न भएको छ । आइइसी कलेज अफ आर्ट एण्ड फेसनद्वारा होटल हिमालयमा आयोजित एक्सपोमा आइइसी इन्टेरियरतर्फका सन् २०२० ब्याच अन्तर्गत अन्तिम वर्षका विद्यार्थीले इन्टेरियर डिजाइनिङसम्बन्धी नविन अवधारणासहितका आविष्कार प्रदर्शन गरेका थिए ।
लिमको कविङ युनिभर्सिटी मलेसियाद्वारा सम्बन्धन प्राप्त यो कोर्ष सम्पन्न गरेका विद्यार्थीहरुको सृजना आकर्षक थिए । आइइसीको इन्टेरियर विङ्सतर्फका ३९ जना विद्यार्थीहरुले भाग लिएको प्रदर्शनीमा इन्टेरियर अफिस, बाइक हब, रिसोर्ट, फार्म हाउस, ट्याटु स्टुडियो, बार लाउञ्ज, मिडिया हाउस, इन्डोर पार्क लगायतका सृजनात्मक थिम झल्किने खालका डिजाइन प्रस्तुत गरिएको थियो । इन्टेरियर डिजाइन मोडल डिस्प्ले, प्रडक्ट डिजाइन, स्टुडेन्ट पेपरवर्क डिस्प्ले, स्मार्ट फर्निचर डिस्प्ले, फोटो बुथ प्रदर्शनीका आकर्षण थिए । सन् २०२० मा पास आउट विद्यार्थीहरु फर्निचर ओरियन्टेड कमर्सियल प्रजेक्ट ( पब्लिक लाइब्रेरी, एड्भरटाइजिङ अफिस, फार्म हाउस, ट्याटु स्टुडियो, क्लोथिङ हब, सिनेमा फर चिल्डे«न आदी) तर्फ केन्द्रित रहेको आइइसी गु्रपका प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन । बाह्रौं संस्करणको यस एक्सपोको उद्देश्य इन्टेरियर डिजाइनिङका बहुआयामिक पक्षहरुमाथि बृहतरुपमा सन्देश प्रवाहा गर्नु तथा यस क्षेत्रमा काम गर्न चाहाने नवआगन्तुकहरुलाई उपयुक्त प्लेटफर्म सृजना गर्नु रहेको थियो ।
प्रमुख अतिथि मलेसियन राजदुतावासका मोहद फिर्दास बिन अजमानले उद्घाटन गरेको यस प्रदर्शनीमा महिला उद्यमी महासंघका पूर्वअध्यक्ष निरु रायामाझी, गाथाका निर्देशक तथा आर्किटेक्ट श्रृंखला खतिवडा, नायिका स्वस्तिमा खड्का अतिथिका रुपमा रहेका थिए ।