यसरी गर्ने घरको ‘इन्टेरियर डिजाइन’
सबभन्दा महत्वपूर्ण कुरा, भान्सामा काम गर्दा कुन पछि के काम गर्नुपर्छ त्यसअनुरूप‘सिंक’, ‘फ्रिज’ र ग्यास सबैको ‘प्लेसमेन्ट’ राम्रोसँग मिलाएर राख्ने व्यवस्थापनमा विशेष ध्यान दिन्छौं ।
भृकुटीमण्डपमा जारी आठौं संस्करणको ‘फर्निचर तथा फर्निसिङ एक्सपो’ सम्पन्न भएको छ । एक्सपोमा चाडपर्वमा लक्षित सामग्रीहरू विभिन्न अफरमा राखिएको थियो । भदौ २३ गतेदेखि २७ गतेसम्म एक्सपो चलेको थियो ।
नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेन्ट सोलुसन प्रा.लिको व्यवस्थापनमा जारी एक्सपोलाई प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको थियो भने हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एन्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका थिए । एक्सपोमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी प्रदर्शकहरूको सहभागिता रहेको थियो । किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित सेवा पनि एक्स्पोमा रहेका थिए ।
एक्स्पोको अवसरमा शुक्रबार र शनिबार प्रदर्शनीस्थलमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ तथा लायन्स क्लब अफ काठमाडौं सेन्ट्रलसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।