Successfully Copied

नवजात शिशुको हेरचाह

जाडो मौसममा बालबालिकालाई न्यानो राख्नुपर्छ। तर धेरै कपडा लगाएर गुम्साउनु हुँदैन । कतिपय मानिसले नुहाउनु हुँदैन चिसो लाग्छ भनेर नुहाइदिँदैनन् । घाममा धेरै समय तेल लगाएर राख्छन् । यसले बालबालिकालाई फाइदा होइन बेफाइदा पुर्याइरहेको हुन्छ ।


जाडो मौसममा नवजात शिशुको हेरचाह गर्न अभिभावकका लागि निकै मुस्किल हुन्छ । शिशुलाई चिसो लाग्ने डरले धेरै कपडाले ¥याप गरेर राख्ने चलन छ । सकेसम्म धेरै कपडा लगाइदिने र त्यसमाथि ब्ल्यांकेटले बेरेर गुम्साइदिन्छन् ।
जाडो मौसममा बालबालिकालाई न्यानो राख्नुपर्छ। तर धेरै कपडा लगाएर गुम्साउनु हुँदैन । कतिपय मानिसले नुहाउनु हुँदैन चिसो लाग्छ भनेर नुहाइदिँदैनन् । घाममा धेरै समय तेल लगाएर राख्छन् । यसले बालबालिकालाई फाइदा होइन बेफाइदा पुर्याइरहेको हुन्छ । बालरोग विशेषज्ञ डा. निभा राजभण्डारीसँग गरिएको कुराकानीको संवादित अंशः


कस्तो कपडा लगाइदिने ?
बालबालिकाहरूलाई हामीले लगाउने कपडाभन्दा एउटा बढी लगाइदिनुपर्छ । हामीकहाँ बच्चा ठूलो भइहाल्छ भनेर कपडा ठूलो किनिदिने चलन छ । तर बालबालिकालाई ओभर साइजको कपडा लगाइदिनुहुँदैन । यसले बालबालिकालाई न्यानो बनाउँदैन । उनीहरूको शरीरमा छुने कपडालाई सकेसम्म धोइसकेपछि सुकाएर आइरन गरेर लगाइदिनुपर्छ । उनीहरूको छाला संवेदनशील हुने भएकाले एलर्जी, यासेज आउन सक्छ । स्टिम गरिएको कपडाले उनीहरूको छालालाई सुरक्षित राख्छ ।
त्यसैगरी बालबालिकाका लागि कटन फेब्रिक सबैभन्दा उपयुक्त हुन्छ । उनीहरूलाई कपडा लगाउँदा पहिलो लेयर शरीरमा फिटिङ हुने लगाइदिनुपर्छ । कपडा धेरै टाइट र लुज हुनुभएन । त्यसमाथिको कपडा भने हल्का लुज भए पनि फरक पर्दैन । नवजात शिशुको नाक बन्द हुने समस्या बढी हुने भएकाले लुज कपडा लगाउँदा हावा छिर्न सक्छ । बालबालिकालाई ब्ल्यांकेट भन्दा कटन वा खास्टो ओढाइदिनु उपयुक्त हुन्छ । यसले न्यानो बनाउनुका साथै धूलो पनि टिप्दैन ।


डाइपरको प्रयोग
धेरैलाई डाइपरको प्रयोग गर्दा बालबालिकाको खुट्टा बांगो हुने, बालबालिकालाई चाँडो चिसो लाग्ने भन्ने सोचाइ छ जुन गलत हो । बालबालिकाले छिटोछिटो दिसा–पिसाब गरिराख्ने भएकाले उनीहरूलाई छिटो चिसो लाग्छ । त्योस“गै आमा र बच्चा दुवैको निद्रा बिग्रन्छ । डाइपरको प्रयोग गर्दा कम्तीमा ४–६ घण्टाभित्र परिवर्तन गरिदिनुपर्छ । कतिपयले डाइपर किन्नुपर्छ, खर्चिलो हुन्छ भनेर पूरै नभरिएसम्म निकाल्दैनन् । त्यसले बालबालिकालाई ¥यासेज आउने, पिसाबको संक्रमण हुने खतरा बढ्छ ।

कस्तो घाममा राख्ने ?
आमा र बच्चा दुवैका लागि घाम एकदमै राम्रो हो । तर हामीकहाँ धेरैले चर्को घाममा दिनभर तेलले मालिस गरेर बालबालिकालाई घाममा सुताइदिन्छन् । यसले बच्चालाई सनबर्न हुने गर्छ । उनीहरूको छाला कोमल हुने भएकाले घामले पोल्छ, ¥यासेज आउँछ । धेरैले राती बच्चा रोयो भन्छन् । घामले छाला पोलेर नै बालबालिकाहरू राति रुन्छन् । बालबालिकालाई पूरै शरीरमा सिधैं घाम पर्ने गरी राख्नुहुँदैन । ४५ देखि १ घण्टासम्म बालबालिकाको अनुहारमा सिधै घाम नपर्ने गरी राख्नुपर्छ । त्यसपछि घाम लाग्ने कोठामा राख्नुपर्छ ।


उनीहरूले मसाजगर्न कस्तो तेल प्रयोग गर्नुपर्छ ?
तोरीको तेल पहिले जस्तो शुद्ध नहुने भएकाले यो प्रयोग नगरेकै राम्रो हुन्छ । यो तेलको प्रयोगले बालबालिकामा छालाको समस्या धेरै देखिएको छ साथै सनबर्न पनि छिट्टै हुन्छ । ओलिभ, नरिवल र बेबी आयलको प्रयोग गर्नु राम्रो हुन्छ । बालबालिका जन्मिएको २८ दिनसम्म माइल्ड प्रोडक्ट प्रयोग गर्नु उपयुक्त हुन्छ ।
त्यसैगरी बालबालिकालाई सही तरिकाले तेल लगाउनुपर्छ । कतिले नाक, कान, नाइटो र जननेन्द्रियमा तेल लगाइदिन्छन् । यसले बालबालिकालाई गाह्रो बनाउँछ । २८ दिनसम्म हल्का हातले बिस्तारै तेल लगाउनुपर्छ । भरसक बालबालिकालाई १ महिनासम्म घरपरिवार वा आमाले नै तेल लगाइदिनुपर्छ ।


बालबालिकालाई कतिपटक दूध ख्वाउनुपर्छ ?
धेरैले बच्चाले पिसाब फेर्यो, दिसा गर्यो वा रोयो भने भोकले भन्दै दूध ख्वाइदिन्छन् । ओभर फिडिङको कारणले बच्चालाई असजिलो हुन्छ । पखाला गर्ने र बान्ता गर्छन् । शिशुलाई २–२ घण्टाको फरकमा दूध ख्वाउनुपर्छ । धेरैबेर सुतिरह्यो भने उठाएर दूध ख्वाउनुपर्छ । धेरैमा ५–६ घण्टा भन्दा बढी दूध नखुवाउँदा उनीहरूलाई हाइपोग्लेसिमिया (रगतमा चिनीको मात्रा कम हुनु) र डिहाइड्रेसन हुन सक्छ । राति३–३ घण्टाको फरकमा स्तनपान गराउनुपर्छ ।



शिशुलाई दैनिक नुहाउनु जरुरी हुन्छ ?
शिशु र आमा दुवैले नियमित रूपमा नुहाउनु जरुरी हुन्छ । आमाले ननुहाएमा निप्पलबाट बच्चालाई मुखमा ¥यासेज आउने, मुखभित्र फंगल इन्फेक्सन हुने खतरा बढ्छ । शिशुलाई घाममा राखेर भन्दा बन्द कोठामा राखेर नुहाइदिनुपर्छ । बाहिर घाम लागे पनि चिसो हावा आइरहेको हुन्छ । उनीहरुलाई नियमित नुहाइदिँदा वृद्धि (ग्रोथ) पनि राम्रो हुन्छ । त्यसपछिका बच्चाहरू फ्रेस भई राम्रोसँग निदाउन सक्छन् ।


शिशुको कोठाको तापक्रम कस्तो हुनुपर्छ ?
शिशुलाई सामान्य तापक्रम भएको कोठामा राख्नुपर्छ । झ्यालढोका बन्द गरेर गुम्साउनु हुँदैन । उनीहरू लाई पनि ताजा हावाको आवश्यकता पर्छ । २४सै घण्टा एसीमा राख्दा बिरामी पर्न सक्छन् । बालबालिकाको कोठाका लागि हेलोजिन हिटर एकदमै राम्रो हुन्छ । ग्यास वा अन्य हिटरले हावामा भएको मोस्चर सोस्छ र उनीहरूको नाक सुख्खा भएर बन्द हुन्छ । यस्ता हिटर बाल्दा ह्युमिडी फायर राख्ने वा एउटा भाँडोमा पानी राख्नुपर्छ । हिटर बाल्दा झ्याल खोल्नुपर्छ ।


शिशुलाई स्तनपान गराइसकेपछि
धेरैजसो शिशु रोइरहने कारण भनेको कोलिक पेन भएर हो । यसमा पेटमा ऐठन पर्छ । शिशुले दूध खाँदा हावा पनि तानिरहेको हुन्छ । त्यसकारण कोलिक पेन हुन्छ । उनीहरूलाई दूध खुवाइसकेपछि ढ्याउ गराउनु जरुरी हुन्छ । त्यसका लागि बच्चालाई पेटको बलमा सुताएर टाउको तल पारेर बिस्तारै ढाडमा मसाज गरिदिनुपर्छ । यसले पेटमा भएको ग्यास निकाल्न सहयोग गर्छ । त्यसैगरी बच्चालाई कहिल्यै सुतेर दूध खुवाउनुहुँदैन । यसले बालबालिकाको कानमा दूध गएर कान पाक्न सक्छ ।


(बालरोग विशेषज्ञ डा. राजभण्डारीसँग सुजाता मुखियाले गरेको कुराकानीमा आधारित)

 Image