Successfully Copied

बसी बसी योगा

योग भनेको ‘स्पाइनल कर्ड’ त्यसलाई तन्काउने र त्यसको ‘एक्सरसाइज’ गराउनु हो ।


सिर्जना शर्मा

अध्यक्ष तथा योग गुरु, वेलनेस अस्पताल

व्यस्तताका कारण धेरैले योग गर्ने समय निकाल्न सकेका हुँदैनन् । दिनभरि काम गर्दा शरीर थाकेको हुन्छ । यस्तो अवस्थामा कुर्सीमै बसेर योग गर्न सकिन्छ । हामीकहाँ दिनभरि काम गरिन्छ किन योग गर्ने भन्ने चलन छ । तर जबसम्म ‘स्पाइनल कर्ड’ तन्किँदैन तबसम्म एक्सरसाइज मानिँदैन । बिहान पाँच मिनेटसम्म ‘स्पाइनल कर्ड’ तन्काउने योग गरेमा दिनभरिलाई पुग्छ । दिनको सुरुवात योग, प्राणायाम, ध्यानबाट शुरु गर्दा स्वस्थ भइन्छ ।

 योगको सही तरिका

यहाँ शरीरमा बेसरी पसिना आयो भने मात्र योग भएको मानिन्छ । पसिना आउनेबित्तिकै खाना पच्छ भन्ने सोचिन्छ । खाना पचाउन ‘मेटाबोलिज्म’(उपापचयन) राम्रो हुनुपर्छ । मुखमा भएको ¥याल प्रशस्त कसरी निकाल्ने भन्ने बुझ्नुप¥यो । अहिले बजारमा विभिन्न किसिमका उपवास गर्ने विधि आएका छन् । यी विधिले मोटोपन घट्छ भन्ने ‘ग्यारेन्टी’ दिन्छन् । तर पाचन शक्ति बलियो कसरी बनाउने भन्ने कतै सिकाइएको पाइँदैन । तर खाना राम्रोसँग नपच्दा मोटोपन बढ्नेदेखि विभिन्न रोग लाग्छ । योग अहिले फेसनजस्तो भइसक्यो । योग भनेको जति ‘स्ट्रेचिङ’ ग¥यो त्यति राम्रो, जति कठिन आसन ग¥यो त्यति राम्रो, जति धेरै ग¥यो त्यति राम्रो भन्ने आम बुझाइ छ । वास्तवमा योग भनेको ‘स्पाइनल कर्ड’ त्यसलाई तन्काउने र त्यसको ‘एक्सरसाइज’ गराउनु हो ।

यो हाम्रो शरीरको ‘पिल्लर’ हो । त्यसको मात्र ‘एक्सरसाइज’ गराए योग पर्याप्त हुन्छ । ‘स्पाइनल कर्ड’बाट शरीरका सबै अ¨मा नशा ‘सप्लाइ’ भएको हुन्छ । ‘स्पाइल कर्ड’ बलियो हुनेबित्तिकै रक्तसञ्चार राम्रो हुन्छ । हड्डी बलियो हुन्छ । हड्डी खिइने भनेकै नशा खुम्चिएर र ढाडको मांसपेशी कस्सिएर हो । ‘स्पाइनल कर्ड’लाई तन्काउने ‘एक्सरसाइज’ गर्नेबित्तिकै नशा च्याप्पिने, हड्डी खिइने, कुप्रिने, नशा ब्लक हुने जस्ता समस्या आउँछन् । खासगरी निहुरिएर गर्ने योग हामी दिनभरि गरिरहेका हुन्छौं । सबै काम हामी निहुरेर नै गर्छौं । तर पछाडि फर्केर गर्ने आसन गरिँदैन । निराोगी हुनका लागि शरीरलाई पछाडि फर्काएर गरिने आसन गर्नुपर्छ ।


कसरी गर्ने ?

कम्तीमा पनि दिनमा एकपटक ‘स्पाइनल कर्ड’लाई तन्कायो भने सबै ‘एक्सरसाइज’ पुग्छ । स्वस्थ र फिट हुन दैनिक एक घण्टाको कक्षा लिनुपर्छ भन्ने जरुरी छैन । ‘स्पाइनल कर्ड’लाई तन्काउने सबैभन्दा राम्रो आसन हो वृक्षासन । रुख जति बूढो हुँदै गयो त्यति नै बलियो हुँदै जान्छ । त्यसको ठीक विपरीत मानिस कमजोर हुँदै जान्छ । वृक्षासनले हाम्रो शरीर बलियो बनाइदिन्छ ।
यो पोज गर्नका लागि दुवै हातलाई बा“धेर टाउको माथि तनक्क तन्काएर खुट्टाको पैतालापट्टि उठाएर औंलाहरूले टेकेर बेस्सरी शरीर तन्काएर उभिनुपर्छ । यसले जाम भएका नशाहरू पनि खुल्छन् ।

प्राणायाम

प्राणायामको काम फोक्सोलाई बलियो बनाउने हो । योगको सबैभन्दा राम्रो प्राणायम काकी मुद्रा हो । यो काकको जस्तो मुख चुच्चो बनाएर अक्सिजन मुखले तान्ने र नाकले विस्तारै छोड्ने गर्नुपर्छ । शरीरमा अक्सिजनको मात्रा नपुग्दा अनुहारमा चाउरीपन आउने, रिस उठ्ने, एन्जाइटी, माइग्रेन डिप्रेसन हुने, नकारात्मक सोच आउने जस्ता समस्या आउँछन् ।

ध्यान

जसरी हाम्रो मोबाइलको ब्याट्री सकिनासाथ रिचार्ज गर्छौं त्यसरी नै दिनभरिको थकान मेटाउन हाम्रो शरीरलाई रिचार्जको आवश्यकता पर्छ । त्यो काम ध्यानले गर्छ । हाम्रो मन चलिरहेका बेला बन्द हुनेबित्तिकै एक सेकेन्डमै रिचार्ज भइहाल्छ ।


मन्त्र

शब्द हिः ब्रम्ह हिः अर्थात् शब्द नै ब्रम्ह हो । यदि हामीले बिहान उठ्नासाथ कसैले नराम्रो भन्यो भने हामी दिनभरि तनावमा हुन्छौं । कसैले भनेको एक शब्दले हामीलाई डिस्टर्ब ग¥यो । बिहान दिनहुँ १५ मिनेट मन्त्र पढेमा यसबाट जुन ऊर्जा निस्कन्छ यसले हामीलाई दिनभरि सकारात्मक बनाइदिन्छ । तपाईंसँग सकारात्मक ऊर्जा छ भने तपाईंलाई भेट्नेले पनि तपाईभित्रको ऊर्जा बोकेर जानेछ ।



 Image