होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
कोरोना भाइरसको संक्रमणले हङकङमा एकजनाको मृत्यु भएको छ । अहिलेसम्मको रेकर्डमा २१ जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि मृत्यु भएको यो पहिलो घटना हो । मृत्यु हुने ३९ वर्षीय चिनियाँ नागरिक हुन् । उनी २१ जनवरीका दिन चीनको वुहान सहर गएका थिए । फर्केर हङकङ आइसकेपछि शरीरका मांसपेशीहरू दुख्ने, ज्वरो आउनेलगायतका समस्या देखा परेपछि हङकङस्थित क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई अर्को अस्पताल प्रिन्स मार्गेरेट पठाइयो । उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भयो । चीनको वुहान सहरबाट सुरु भएको भाइरसले दर्जन बढी देशहरूमा आतंक मच्चाइरहेको छ ।
हङकङमा नेपालीहरूको अवस्था
हङकङमा करिब ४० हजारको संख्यामा नेपालीहरूको बसोवास रहेको छ । अहिलेसम्मको रेकर्डमा कोही पनि नेपालीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । अधिकांश नेपालीहरू निर्माण, होटल, सुरक्षाका क्षेत्रहरूमा श्रम गर्दछन् । भाइरस संक्रमणकै कारण ती स्थानहरू केही समयसम्मका लागि बन्द गरिएको छ । भाइरस संक्रमणको त्रास भए पनि सार्वजनिक स्थानहरूमा नेपालीहरूको आवतजावत बाक्लै देखिन्छ ।
पार्सलमा मास्क
अहिले हङकङमा मास्कको अभाव देखिएको छ । ३५ डलरमा पाइने ५० पिसको मास्क प्याकेट अहिले १ देखि २ सय डलरसम्ममा बिक्री भइरहेको छ । नेपाली समुदायहरूमा मास्कको समस्या खासै छैन । हप्तामा ३ वटा नेपाल एयरलाइन्सको उडान हुन्छ, नेपालीहरू आफ्ना आफन्तहरूबाट पार्सलका रुपमा मास्क मगाउने गर्छन् । प्रत्यक्ष सम्पर्कको क्रममा हावाको माध्यमबाट एकदेखि अर्कामा सर्ने कोरोनाबाट बच्ने उपायहरूमध्ये मास्क लगाउनु प्रमुख उपाय हो ।
कष्टकर दैनिकी
भाइरस संक्रमणकै कारण बजार पूर्णरूपमा खुल्न सकेको छैन । दैनिक रूपमा उपभोग हुने खाद्यान्न, फलफूललगायतको अभाव सिर्जना भएको छ । डिपार्टमेन्टल स्टोरहरू खाली छन् । सबै नाका बन्द भएकै कारण आयातमा समस्या भएकाले अति आवश्यकीय पदार्थहरू उपलब्ध हुन सकेका छैनन् । अति व्यस्त ठाउँहरू पनि सुनसान प्राय: छ ।