Successfully Copied

वर्षाका रोग

यो मौसममा भण्डारण गरिएका बासी खानेकुरामा विभिन्न किसिमका ब्याक्टेरिया हुन्छन् । यस्ता खानेकुरा खाए फुड प्वाइजन हुनसक्छ । वर्षामा ओस तथा फोहोरका कारण झिँगा पनि आउँछन् । फोहोर ठाउँमा बसेर आएको झिँगा खानेकुरामा बस्दा रोगका कीटाणु सर्छन् । त्यस्ता खानेकुरा खाँदा झाडाबान्ता, जन्डिस हुने सम्भावना हुन्छ । 

यो मौसममा भण्डारण गरिएका बासी खानेकुरामा विभिन्न किसिमका ब्याक्टेरिया हुन्छन् । यस्ता खानेकुरा खाए फुड प्वाइजन हुनसक्छ । वर्षामा ओस तथा फोहोरका कारण झिँगा पनि आउँछन् । फोहोर ठाउँमा बसेर आएको झिँगा खानेकुरामा बस्दा रोगका कीटाणु सर्छन् । त्यस्ता खानेकुरा खाँदा झाडाबान्ता, जन्डिस हुने सम्भावना हुन्छ । 

गर्मी तथा वर्षासँगै विभिन्न रोगको प्रकोप बढ्छ । खाना एवं पानीका कारण यस्ता रोगमा वृद्धि हुने गरेको छ । डा. मथुरा केसीका अनुसार यतिबेला धेरैजना आउँ, हैजा, झाडापखाला, जन्डिस आदि रोगबाट आक्रान्त हुन्छन् । वर्षा सुरु भएपछि पानीका स्रोत पनि दूषित हुन्छन् । मूल, जमिन तलको पानी तथा वर्षाको भेलका कारण पानी दूषित हुन्छ । त्यसैले यतिबेला जहाँ पायो त्यहीँको पानी पिउनु हुँदैन । 

दूषित पानीको प्रयोग गरे विभिन्न किसिमका ब्याक्टेरिया, भाइरस तथा अन्य जीवाणु शरीरमा प्रवेश गरी रोग लाग्न सक्छ । पानीको स्रोतमा कोलिफार्म ब्याक्टेरिया छ भने उक्त पानी खाना बनाउन तथा पिउन उपयुक्त हुँदैन । 

यो मौसममा भण्डारण गरिएका बासी खानेकुरामा विभिन्न किसिमका ब्याक्टेरिया हुन्छन् । यस्ता खानेकुरा खाए फुड प्वाइजन हुनसक्छ । वर्षामा ओस तथा फोहोरका कारण झिँगा पनि आउँछन् । फोहोर ठाउँमा बसेर आएको झिँगा खानेकुरामा बस्दा रोगका कीटाणु सर्छन् । त्यस्ता खानेकुरा खाँदा झाडाबान्ता, जन्डिस हुने सम्भावना हुन्छ । यसैगरी यो सिजनमा दूषित खाना तथा पानीका कारण टाइफाइड, जिआर्डिया, भाइरल पखाला, फुड प्वाइजनिङ आदि समस्याले समेत सताउँछन् । यतिबेला लामखुट्टे तथा भुसुनामा पनि वृद्धि हुन्छ जसले गर्दा मलेरिया, जापनिज इन्सेफ्लाइटिस, कालाज्वर डेंगु हुनसक्छ । टायरको पानी वा खाल्डाखुल्डीमा जमेर बस्ने पानीमा वर्षा सिद्धिएपछि पनि लामखुट्टेले फुल पार्ने तथा फैलिने क्रम रोकिँदैन भने यस्ता लामखुट्टेले डेंगु, चिकनगुनियाजस्ता रोगका विषाणु सार्ने काम गर्छन् । यी लामखुट्टे डे बाइटर (दिउँसो टोक्ने) हुन् । यिनले एकैपटक धेरै मानिसलाई टोक्छन् । 

हैजा 

हैजा गम्भीर झाडाखाला हो । समयमै उपचार नगरे हैजा लागेका बिरामीको मृत्युसमेत हुनसक्छ । 

यो रोग भिब्रिओ कोलरी नामक ब्याक्टेरियाका कारण लाग्छ । अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाखदेखि ४० लाख मानिसलाई हैजा लाग्छ । 

लक्षण 

पातलो दिसा तथा बान्ता हुन्छ । चिकित्सकहरूका अनुसार हैजा लागेका बिरामीले पानीजस्तो दिसा तथा बान्ता गर्छन् । यसले गर्दा शरीरमा जलवियोजन हुन्छ । त्यसपछि कमजोर भै मांसपेशी बाउँडिन सक्छ । दिसा नरोकिए तत्काल चिकित्सककहाँ पुर्‍याउनुफर्छ । 

संक्रमण 

यसका जीवाणुले सानो आन्द्रामा आत्रमण गर्छन् । वर्षामा पानीको स्रोतमा हैजाका जीवाणु मिसिन पुग्दा दूषित पानी पिउने मानिसमा संक्रमण हुनसक्छ । यो दूषित पानी प्रयोग भएको खाद्यपदार्थबाट पनि सर्न सक्छ । 

रोकथाम 

हैजा तथा अन्य पानीजन्य रोगको रोकथामका लागि खानेपानीको स्रोत सफा राख्नुपर्छ । खानेपानीका साथै ढल व्यवस्थापन राम्रो हुनुपर्छ । व्यक्तिगत सरसफाइमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । 

झाडापखाला 

तीन पटकभन्दा बढी पातलो दिसा भए झाडापखाला भएको मानिन्छ । यसले शरीरमा नुन तथा चिनीको मात्रा कम गर्छ । बान्ता तथा पखालासँगै भए त्यसलाई निकै खतरनाक मानिन्छ । यसबाट जोगिन पानी उमालेर मात्र पिउनुपर्छ । जथाभावी दिसा–पिसाब गर्नुहुँदैन । सडेगलेका खानेकुरा खानुहुँदैन । खाना खानुअघि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ । 

 Image