होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
यौन चाहनालाई लिएर पुरुष–महिला दुवैमा उति धेरै फरक पाइँदैन, जति भनिन्छ । महिलाहरूको यौनिकताका बारेमा जति कुरा गरिन्छ त्यसमा आधा मात्र सत्य हुन्छ । सेक्स तथा रिलेसनसिप एक्सपर्ट क्रिस्टिन मार्कलले हफिङ्गटन पोस्टमा प्रकाशित गरेको अनुसन्धान प्रतिवेदनअनुसार स्त्री यौनिकतालाई लिएर आम रूपमा गलत एवं भ्रामक सूचनाहरू बाहिर आउने गरेका छन् ।
स्त्रीमा यौनचाहना
अनुसन्धान अनुसार महिला र पुरुष दुवैको यौन चहानामा कुनै न कुनै समयमा कमी आउँछ । यौन विशेषज्ञहरूका अनुसार कैयन् अवस्था महिलाहरू पनि आफ्नो साथीमा यौन चाहना कम भएको गुनासो गर्छन् । महिलाले गर्भावस्था, महिनाबारी, रजनोवृत्तिका साथै कैयन् हार्मोनल परिवर्तनबाट गुज्रनुपर्ने हुन्छ, अत: उनीहरूको यौन चाहना समय–समयमा परिवर्तन भैरहन्छ ।
पहिले चाहना, त्यसपछि उत्तेजना
सेक्सुयल रेस्पोन्समा इच्छाहरू प्रमुख हुन्छ भन्ने मानिन्छ, यसैबाट उत्तेजना हुन्छ र त्यसपश्चात् नै महिलाहरू चरमसुखसम्म पुग्छन् । कैयन् पटक चाहना नहुँदा पनि उत्तेजना हुन्छ । उत्तेजनापश्चात् नै यौनसम्पर्कको इच्छा जागृत हुन्छ । कैयन् महिला के मान्छन् भने सुरु–सुरुमा उनीहरूमा कुनै इच्छा हुँदैन तर साथीबाट पाकक्रिडा प्रारम्भ भएपछि उत्तेजना बढ्न थाल्छ । यौन मामिलामा इच्छा जागे पछि मात्र सम्बन्ध स्थापित हुन्छ भन्ने हुँदैन ।
महिलामा यौन शीतलता
अनुसन्धानहरूले कति प्रतिशत व्यक्ति काम शीतलताबाट ग्रस्त छन् भन्ने किटान गर्न सकेका छैनन् । यसको कारण के हो भने हामीलाई वास्तवमै थाहा छैन कि जसलाई शीतलता भनिदैछ के त्यो साँच्चै हुन्छ ।
वर्ष १९९९ मा गरिएको एक अनुसन्धान लगभग ४३ प्रतिशत महिला काम शीतलताबाट ग्रस्त रहेको पाइयो । अन्य केही सर्वेमा सहभागीहरूले प्रश्नको उत्तर हो र होइनमा दिनुपर्ने थियो । सहभागीहरूलाई सोधिएको थियो कि पछिल्लो एक वर्षमा दुई महिनासम्म यी सातमध्ये कुन एउटा समस्याको सामना गर्नुपर्यो ? यो प्रश्नको उत्तरमा मात्र हो/होइनको विकल्प थियो । जुन स्त्रीले हो मा जवाफ दिए, उनीहरूलाई ४३ प्रतिशतको श्रेणीमा समावेश गरियो । सहभागी महिलालाई आफ्नो उत्तर विस्तारमा व्यक्त गर्ने सुविधा थिएन । जबकि उनीहरूका केही समस्या उत्साहजनक सहभागितासम्बन्धी ब्याकुलता, चिन्ता, सुख्खा योनी वा स्वास्थ्यसम्बन्धी थियो । काम शीतलताबाहेक पनि त्यस्ता कैयन् कारण हुन्छन्, जसको कारण यौन समस्या हुन सक्छ ।
महिलामा पनि पुरुषमा जस्तै यौन चाहना कम वा बढी हुन सक्छ । बढी इच्छा हुनुको अर्थ महिला सामान्य छैनन् भन्ने बुभिँंदैन । कैयन् पटक हार्मोनल परिवर्तनका समस्यामा पनि कामेच्छाको स्तर बढ्छ । एक सर्वेक्षणमा लगभग ५२ प्रतिशत महिलालाई ‘उच्च कामुक’ श्रेणी राखियो । उक्त नयाँ सर्भेले महिलामा कामेच्छालाई निम्नस्तरको कुरा मान्नेहरूलाई जवाफ प्रदान गर्छ । यस अर्थमा महिलामा पनि कामच्छे बढी वा कम हुन सक्छ भन्न सकिन्छ ।