दाँत किन खिइन्छ ?
पछिल्लो समय दाँत खिइने समस्या बढ्दै गएको छ । अस्वस्थ जीवनशैली, तनावपूर्ण वातावरणका कारण दाँत खिइने र टुक्रिने समस्या बढ्दै गएकोछ ।
मानिसको शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई मधुमेह भनिन्छ । बोलचालको भाषामा यसलाई सुगर भनिन्छ । शरीरमा इन्सुलिनको कमी तथा इन्सुलिनको अल्छीपनका कारण मधुमेह हुन्छ । रगतमा चिनीको मात्रा बढी भएपछि लगातार पिसाब लाग्नुका साथै तिर्खा र भोक पनि बढी लाग्छ । समयमै उपचार नगरे यसले जटिलता उत्पन्न गराउनसक्छ ।
छोटो अवधिका लागि देखिने कडा खालका जटिलता डाइबिटिज केटोएसिडोसिस एवं नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् भने लामो समयसम्म रहने जटिलतामा मुटु तथा रक्त नलीका रोग (कार्डियो भास्कुलर डिजिज), स्ट्रोक, मिर्गौलामा खराबी, खुट्टामा अल्सर तथा आँखामा सिर्जना हुने खराबी आदि प्रमुख छन् । रगतमा चिनीको मात्रा बढी हुने अवस्थालाई हाइपोग्लाइसिमिया भनिन्छ ।
मधुमेह प्यांक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसके वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसके उत्पन्न हुने समस्या हो । मधुमेह प्रोग्रेसिभ तथा क्रोनिक रोग हो । यो सामान्यत: तीन किसिमको हुन्छ ।
टाइप वान (पहिलो किसिमको)
शरीरमा इन्सुलिनको उत्पादन धेरै कम हुँदा रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा बढी हुने अवस्थालाई पहिलो किसिमको मधुमेह भनिन्छ । यो प्यांक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो । यसका बिरामीलाई बचाउन इन्सुलिनको आवश्यकता पर्ने भएकाले जीवनभर इन्सुलिनको भर पर्नुपर्छ । यो मधुमेह खासगरी बाल्यावस्था तथा किशोरावस्थामा देखिन्छ ।
टाइप टु (दोस्रो किसिमको मधुमेह)
यो इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो । यो समस्याका कारण शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन् । रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिनसक्छ । यसलाई इन्सुलिनमा आधारित नहुने डाइबिटिज का रूपमा पनि चिनिन्छ । अधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम टाइप टु मधुमेहका प्रमुख कारक हुन् । यो मधुमेह सामान्यत: ३०–३५ वर्षको उमेरमा देखापर्छ ।
जेस्टेसनल डाइबिटिज
यो मधुमेह गर्भावस्थामा देखिन्छ । यो गर्भवती महिलामा पहिले कहिल्यै मधुमेह नभएको भए पनि चिनीको मात्रा बढेर एक्कासि देखापर्छ । गर्भावस्थापछि यो आफैं हराएर जान्छ तर ५० प्रतिशत महिलामा भने धेरै पछि गएर फेरि मधुमेह हुने सम्भावना हुन्छ ।
अन्तर्राष्ट्रिय मधुमेह संगठनका अनुसार सन् २०१२ मा विश्वभर मधुमेह रोगका कारण ४८ लाख मानिसको मृत्यु भएको थियो ।
मधुमेह बढ्दै जाँदा आँखा, मिर्गौला, मुटु, नसा, खुट्टाजस्ता शरीरका विभिन्न अङ्गमा समेत समस्या बढ्दै जान्छ ।
दिनहुँ आधा घन्टा व्यायाम गरे मधुमेह लाग्ने सम्भावना ४० प्रतिशतसम्म कम हुन्छ ।
संयुक्त राष्ट्र संघले सन् २००७ देखि आधिकारिक रूपमा १४ नोभेम्बरका दिन विश्वभर मधुमेह दिवस मनाउन थालेको छ ।
मधुमेह कसरी थाहा पाउने ?
तौल घट्ने तथा धेरै पटक पिसाब लाग्ने ।
धेरै तिर्खा तथा भोक लाग्ने एवं मुख सुख्खा हुने ।
घाउ–खटिरा आउने तर समयमा निको नहुने ।
गुप्ताङ्ग चिलाउने ।
दृष्टि धमिलो हुने ।
हातखुट्टा झमझमाउने, कमिला हिँडेजस्तो महसुस हुने ।
५० प्रशितलाई भने कुनै लक्षण नै देखा नपरी मधुमेह हुनसक्छ ।
हाइलाइट्स
फास्टिङ सुगर १ सय २८ भन्दा माथि र खाना खाएपछि २ सयभन्दा माथि भए मधुमेह भएको मानिन्छ ।
एचबीए वान सी (तीन महिने सुगर जाँच) ६ दशमलव ५ भन्दा माथि देखिए मधुमेह हुन्छ ।
नियन्त्रण कसरी ?
सन्तुलित खाना, नियमित व्यायाम र उचित औषधि तथा इन्सुलिनको प्रयोगले मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।
कार्बोहाइड्रेडयुक्त खाना जस्तो भात, आलु आदि कम खानुपर्छ ।
अण्डाको सेतो भाग तथा माछा खानुपर्छ ।
रातो मासु धेरै नखाने, चिल्लो बोसो नभएको मासु खाने ।
ताजा सागपात एवं फलफूल खाने ।
नुन कम अनि झोल तथा सुप बढी खानुपर्छ ।
चिनी कम भएको चिया तथा कफी कम मात्रामा सेवन गर्नुपर्छ ।
रेसा भएका खानेकुरा प्रशस्त खानुपर्छ ।
मधुमेहबाट जोगिन
मधुमेहबाट जोगिन स्वस्थ खाना खाने, शरीरको तौल सामान्य राख्ने । दिनहुँ ३० मिनेटजति पसिना आउने गरी हिँड्ने तथा योग गर्ने बानी बसाल्ने ।
रक्तचाप नियन्त्रणमा राख्नुपर्छ साथै खुट्टाको पनि हेरविचार गर्नुपर्छ ।
टाइप वान मधुमेहलाई इन्सुलिनको आवश्यकता पर्छ भने टाइप टुका लागि औषधिका साथमा इन्सुलिन दिनुपर्ने वा नदिनुपर्ने हुनसक्छ ।
प्रशस्त मात्रामा सागपात, फलफूल र रेसा भएका खानेकुरा खानुपर्छ ।
उचाइअनुसार तौल मेन्टेन गर्नुपर्छ ।
धूमपान गर्नुहुँदैन ।
नवजात शिशुलाई दुई वर्षको उमेरसम्म स्तनपान गराउनुपर्छ ।
पौष्टिक आहार खानुपर्छ ।
नियमित उपचार गराउनुपर्छ ।
तनाव लिनुहुँदैन ।
मधुमेह भैसकेकाहरूले १–१ महिनाको फरकमा फास्टिङ र पीपी चेक गराउनुपर्छ । इन्सुलिन लिइरहेकाहरूले भने २–३ दिनमा घरमै ग्लुकोमिटरमा सुगर जँचाउनु उपयुक्त हुन्छ ।
तीन महिनाको फरकमा एचबीए वान सी चेक गराउनुपर्छ । ६–६ महिनाको फरकमा मिर्गौला तथा कोलस्ट्रोल जाँच गराउनुपर्छ ।
प्रत्येक वर्ष आँखा तथा मुटु जाँच गराउनुपर्छ ।
मधुमेह भैसकेकाहरूले औषधि सेवन नियमित रूपमा गर्नुपर्छ । औषधिले नभ्याए चिकित्सकको सल्लाहमा इन्सुलिन पनि लगाउनुपर्ने हुन्छ ।
- इन्डोक्राइनोलोजिस्ट, हिमाल अस्पताल