Successfully Copied

समावेशी र पहुँचयोग्य निर्वाचनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बृहत अभियान सुरु

कार्यक्रममा भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको निर्वाचन सहभागिता लगायत विषयमा सरोकारवालाबीच छलफल समेत गरिएको थियो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई समावेशी तथा पहुँचयोग्य बनाउने उद्देश्यसहित जनचेतनामूलक तथा प्रचारात्मक सामग्री प्रसारण अभियान सुरु गरेको छ ।
निर्वाचन आयोगले गत आइतबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेसँगै मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायलाई लक्षित गर्दै विभिन्न स्थानीय भाषामा सूचना तथा सन्देशमूलक सामग्री उत्पादन र प्रसारण थालेको जनाएको छ।
सोमबार काठमाडौंमा सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले नागरिकले स्वतन्त्र र भयरहित वातावरणमा सूचित निर्णयसहित मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन ।
मन्त्रालयका अनुसार नेपालीसहित मैथिली, भोजपुरी, अवधी, तामाङ, नेवारी र राई लगायत १० स्थानीय भाषामा मतदाता शिक्षा तथा अधिकारसम्बन्धी सामग्री तयार गरी प्रचारप्रसार सुरु गरिएको छ।
प्रत्यक्षतर्फको निर्वाचनमा हाल करिब ११ प्रतिशत मात्र महिला उम्मेदवार रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले महिला राजनीतिक सहभागिता बढाउन सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको बताइन । महिला मतदाताको सहभागिता अभिवृद्धिका लागि विशेष अभियान सञ्चालन गरिने पनि उनले जानकारी दिइन ।
सातै प्रदेशमा निर्वाचन तयारीबारे जानकारी लिने क्रममा महिला सहभागिता, अपाङ्गतामैत्री तथा पहुँचयुक्त मतदानस्थल सुनिश्चित गर्न मन्त्रालयले सरोकारवालासँग समन्वय गरिरहेको उनको भनाइ थियो। निर्वाचन अवधिमा बालबालिकाको दुरुपयोग रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा समेत उनको जोड थियो ।
मतदाता शिक्षा औपचारिकतामा सीमित नरही समाजका सबैभन्दा सीमान्तकृत समुदायसम्म सरल र बुझिने भाषामा पुग्नुपर्ने आवश्यकता महसुस गर्दै स्थानीय भाषामा सन्देशमूलक सामग्री प्रसारण सुरु गरिएको मन्त्री श्रेष्ठले बताइन।
कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघ ९एआइएन०का अध्यक्ष डा। एसपी कलौनीले स्वच्छ, भयरहित र सहभागितामूलक निर्वाचनका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताइन । आवाजविहीन समुदायको प्रतिनिधित्व, जवाफदेहिता तथा प्रणाली सुधारका लागि नागरिक समाज सक्रिय हुनुपर्ने उनकोको भनाइ थियो।
अपाङ्गता अधिकारकर्मी तथा प्रयत्न नेपालकी अध्यक्ष सरिता लामाछानेले निर्वाचनलाई पूर्ण रूपमा पहुँचयुक्त बनाउन राजनीतिक दलहरूले घोषणापत्र दृष्टिविहीन तथा श्रवण अपाङ्गता भएका व्यक्तिले समेत बुझ्ने ढंगले सार्वजनिक गर्नुपर्ने धारणा राखिन । दृष्टिविहीन मतदाताले आफूले चाहेको व्यक्तिलाई सुरक्षित रूपमा मतदान गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने उनको माग थियो।
त्यसैगरी बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप०का महासचिव राजु घिमिरेले निर्वाचनका क्रममा बालबालिकाको दुरुपयोग रोक्न राजनीतिक दल, उम्मेदवार र नागरिक समाज सचेत हुनुपर्नेमा जोड दिनुभयो। कृत्रिम बुद्धिमत्ता ९एआई० मार्फत समेत बालबालिकाको दुरुपयोग भइरहेको उल्लेख गर्दै त्यस्ता घटना देखिए तत्काल उजुरी गर्न आग्रह गरिन ।
कार्यक्रममा सामुदायिक सूचना नेटवर्क ९सीआईएन०सँगको सहकार्यबारे जानकारी दिँदै अकोराबका निर्देशक शिरोमणि ढुङ्गानाले आगामी निर्वाचनलाई समावेशी बनाउन सन्तुलित र तटस्थ सूचना प्रवाहमा सामुदायिक रेडियोहरू प्रतिबद्ध रहेको बताइन निर्वाचन आयोगको आचारसंहिता पूर्ण रूपमा पालना गर्दै स्थानीय भाषामा सूचित निर्वाचन वातावरण निर्माण गर्न सामग्री प्रसारण भइरहेको उनले जानकारी दिइन ।
मन्त्रालय र अकोराबबीच सहकार्यमार्फत महिलाको सहभागिता वृद्धि तथा समावेशी निर्वाचन प्रवद्र्धनका लागि सन्देशमूलक सामग्री उत्पादन र प्रसारण सुरु भएको तथा उक्त सहकार्य दीर्घकालीन हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको निर्वाचन सहभागिता लगायत विषयमा सरोकारवालाबीच छलफल समेत गरिएको थियो।

 Image