Successfully Copied

कस्मेटिक सर्जरीमा अग्रसर कस्मेड

झ्वाट्ट सुन्दा कस्मेटिक सर्जरी के हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

विगत ७ वर्षदेखि उपत्यकाभित्र तथा बाहिरका सेवाग्राहीको उपचारमा कस्मेडले कस्मेटिक सर्जरीको निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । झ्वाट्ट सुन्दा कस्मेटिक सर्जरी के हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । तर कस्मेटिक सजरीको सेवा धेरैलै लिइरहेका छन् । आफ्नो अनुहारमा नमिलेको अंग छ भने र चाउरी परेको छालालाई तन्काउनेदेखि लिएर सुन्दर अनुहार तथा शरीरका लागि कस्मेटिक सर्जरी गर्न सकिन्छ ।

सौन्दर्य निखार्न गरिने उपचारलाई कस्मेटिक सर्जरी भनिन्छ । यद्यपि हालसम्म कस्मेटिक सर्जरीको उपचार गर्न उपत्यका नै धाउनुपर्ने भए पनि विभिन्न जिल्लाका सर्वसाधरण कस्मेटिक सर्जरीका लागि कस्मेड आउने गरेका छन् । बदलिँदो समय र सौन्दर्यमा सचेत हुँदै गएका आधुनिक मानिसहरूको जीवनसँग भएको सौन्दर्यप्रतिको उत्कट इच्छाका कारण होला सहरियाहरूमा कस्मेटिक सर्जरीमा निकै चासो बढ्दै गएको पाइन्छ ।

विशेषगरी नेपालका सेलिब्रेटी तथा कलाकारिता क्षेत्रमा आबद्ध व्यक्तिहरू र बाहिरी सुन्दरतामा सजग व्यक्तिहरूका लागि कस्मेटिक सर्जरी अथवा उपचार अति नै लाभदायक मानिन्छ । कस्मेटिक सर्जरीका रूपमा खुलेको पहिलो संस्था हो–कस्मेड । कस्मेटिक र प्लास्टिक सर्जरी गर्न आधुनिक र उपयुक्त गन्तव्यका रूपमा चिनिएको कस्मेडले धेरै नेपालीको विश्वास जितेको छ । यहाँ सबैभन्दा बढी १८ वर्षदेखि २५ वर्षसम्मका सेवाग्राहीहरू आउने गरेका छन् । यसपछि ३५ वर्षमाथिका सर्वसाधारण आफ्नो बुढ्यौलीपन लुकाउन कस्मेटिक सर्जरी गर्न आउँछन् । यहाँ बढी छाला तन्काउन, फेस लिफ्ट, आइ लिफ्ट गर्न आउँछन् ।

सन् २००४ देखि निरन्तर प्लास्टिक सर्जरीमा काम गर्दै आइरहेको कस्मेडले विगत ७ वर्षयता भने कस्मेजिटक सर्जरीको थप सेवा सुचारु गरेको हो । यो सेवाका लागि धाउने सर्वसाधारणको संख्या हरेक वर्ष दोब्बर हुँदै गएको र प्रभावकारी सेवाका रूपमा कस्मेटिक सर्जरीले राम्रो नतिजा पाएको छ । 

कस्मेडका अब्बल डाक्टर, डा. जयनमान श्रेष्ठ, प्लास्टिक तथा कस्मेटिक सर्जन

डा. जयन कस्मेडमा आबद्ध भएको लामो समय भयो । उनीसँग निकै लामो अनुभव पनि छ । उनी कस्मेटिक सर्जरीमा यसो भन्छन्–‘कस्मेटिक सर्जरीमा पनि अप्रेसन गरिन्छ । यसका साथै हरेक अप्रेसनका आफ्नै कम्लिकेसन हुन्छन् । यसलाई  साइड इफेक्ट भन्न नमिल्ने भएकाले यदि कोही कस्मेटिक सर्जरी  गर्ने योजना बनाउँदै छ भने सम्बन्धित व्यक्तिले सर्जरी गर्नु अगावै विशेषज्ञसँग परामर्श लिएर मात्र उपचार गर्ने कुरामा निश्चित हुनुपर्छ ।’

कस्मेटिक सर्जरी गर्दा कुनै नराम्रो किसिमको साइड इफेक्ट आइपर्ला कि भनेर नडराउन डा. जयन सल्लाह दिन्छन् । बढ्दो उमेरका कारण अनुहारमा आउने नकारात्मक कुरालाई करेक्सन गर्ने उपचार पद्धतिलाई कस्मेटिक सर्जरीको नाम दिइएको छ । डा. जयनले कस्मेडमा हालसम्म कस्मेटिक सर्जरीका लागि ४ सय जनाभन्दा बढीले सेवा लिइसकेको जानकारी दिए । उमेरले डाँडो काट्दै गए पनि आफूलाई यौवन कायम राख्नका लागि आधुनिक मानिसहरू लालायित भएको उनको तर्क छ । 

यहाँ मंगोलियन आँखालाई अलिक ठूलो र आकर्षक देखाउन कस्मेटिक सर्जरी गरिन्छ । यसैगरी राइनो उपचार पनि गरिन्छ । असाधारण अर्थात् ठूलो वा नमिलेको नाकलाई सुन्दर देखाउन कस्मेटिक सर्जरीको विशेष भूमिका छ । कस्मेडमा पनि आँखा, नाक, छाला, नमिलेको गाला, निधार आदिको कस्मेटिक सर्जरीमार्फत करेक्सन गरी सुन्दरतामा निखार ल्याउन सकिन्छ । यद्यपि कस्मेडमा प्लास्टिक सर्जरीअन्तर्गतका सेवाहरूमा थुप्रै किसिमका उचार हुन्छन् । जस्तो महिलाहरूको ठूलो वा झुल्लिएको छातीलाई सानो वा आकर्षक बनाउने सर्जरी पनि यहाँ गरिन्छ । यसैगरी गर्भावस्थामा महिलाहरूको तिघ्रा तथा पेटमा आउने स्ट्रेचिङ अर्थात् सेतो धर्सा केही हदसम्म भए पनि मेटाउन सकिन्छ ।  मोटो पेटलाई पनि घटाउन सकिन्छ । 

कस्मेडमा ट्रान्सजेन्डरका लागि यस्तो सेवा

प्रथमत: नीलहीरा समाजकी भूमिका श्रेष्ठ कस्मेडकी ब्रान्ड एम्बेसडर हुन् । विगत २ वर्षदेखि उनी कस्मेडका लागि ब्रान्ड एम्बेसडर छिन् । यसो त भुवन केसी र रुवी राणा पनि कस्मेडका ब्रान्ड एम्बेसडर नै हुन् । यसमा भुवन केसी र रुबी राणा एम्बेसडर हुनुको कारण महिला र पुरुष दुवैका लागि कस्मेडमा सेवा छन् भन्नका लागि उनीहरूलाई राखिएको हो । यस्तै भूमिका एम्बेसडर हुनु भनेको नेपालमा रहेका टान्सजेन्डरले पनि कस्मेडबाट विभिन्न किसिमका प्लास्टिक वा कस्मेटिक सर्जरीको उपचार लिन सक्छन् वा लिइरहेका छन् भन्ने कुराको जानकारी गराउन पनि सकारात्मक सोचका साथ कस्मेडले काम गरेको देखिन्छ । 

कस्मेडमा धेरै जनाले छातीको आकार बढाउने र फाल्ने गरेका छन् । तीन वर्षदेखि टान्सजेन्डरका लागि पनि काम गर्दै आइरहेको कस्मेडमा ब्रेस्ट फाल्ने भन्दा पनि ब्रेस्ट बनाउन  आउनेको संख्या धेरै छ । यसको अर्थ नेपालमा केटी बन्नेको संख्या धेरै छ । बिस्तारै कस्मेडले लिङ्ग टान्सजेन्डरका लागि लिङ्ग परिवर्तन गराउन सकिने उपचार टेक्निक पनि नेपालमा भित्र्याउने योजनामा छ ।ब्रेस्ट प्लान्टको खर्च ८० हजारसम्म हुन्छ । महिला र पुरुषको दाँजोमा १८ देखि ४० वर्ष उमेरका महिला वा कस्मेडको सेवामा सहभागी छन् । 

भर्खरै कस्मेडमा आयोजित कार्यक्रम 

गत शनिबार ट्रान्सजेन्डरका लागि कस्मेटिक सर्जरीका बारेमा र यसको सेवाका बारेमा जानकारी दिइएको छ । सेक्स चेन्ज अप्रेसनका बारेमा पनि कुरा भए । यसका साथै हर्मन थेरापीका बारेमा पनि जानकारी दिइएको थियो । इन्डोक्रोनोलोजिस्ट डा. सुमन बरालले हर्मनका बारेमा जानकारी दिनुभयो । हर्मन विशेषज्ञसँगको सल्लाहमा यो कार्यक्रममा उल्लेख गरेको थियो । ट्रान्सजेन्डर वा हर्माेन चलाउन पनि केही सीमा अवलम्वन गर्न अनिवार्य हुने कुरालाई कार्यक्रममा जोड दिइएको थियो । अब यो विषयमा  पनि कस्मेड गम्भीर भएर अघि बढ्ने संस्थाको योजना छ ।

 Image