Successfully Copied

मेनोपोज महिलाको ५० देखि ५५ वर्षमा हुने गरेको छ । यसलाई महिनावारी सुक्ने पनि भनिन्छ । यसपछि महिलाको जीवनमा गर्भधारणको अवधि सकिन्छ ।

मेनोपोजमा हुने परिवर्तन 

  • मेनोपोजमा हर्मोनको परिवर्तन हुन्छ । यसमा महिलाहरुको शरीरमा एस्ट्रोजोन (एउटा हर्मोन)को कमी हुँदै जान्छ । यो हर्मोनको कमीले विभिन्न अंगहरु छाला, हड्डी, कपाल, मुटु, दिमाग र पिसाब थैलीको प्रणालीमा असर पार्न सक्छ ।
  • धेरै जसो महिलामा शरीर तातिने, रातीको बेलामा पसिना धेरै आउने, रीस बढी उठने, झिजो मान्ने र मानसिक तनाव जस्तो लक्षणहरु देखिने गर्छ । 

मेनोपोजमा के खाने ? 

  • क्याल्सियमयुक्त खानेकुराहरु जस्तो दूध, दही, पनिर तथा दूधका उत्पादनहरू ।
  • प्रोटिनयुक्त खानेकुरा गेडागुडी, अण्डाको सेतो भाग, माछा तथा अन्य कुराहरु ।
  •  भिटामिन भएका खानेकुरा जस्तै फ्mलफ्mूल, गाजर, सागपात, व्रोकाउली ।

     

मेनोपोजपछि के नखाने 

  •  चिया, कफी, चिनीको मात्रा बढी भएका खानेकुराहरु, प्रोसेस्ड फ्mुड्स (डिब्बामा आउने खानेकुराहरु), बढी मात्रामा मसला भएको खानेकुराहरु, अल्कोहल(रक्सी), धेरै नुनिलो कुराहरु, रातो मासु र तारेको खानेकुराहरु खानुहुँदैन । 

मेनोपोजमा असर गर्ने खानेकुराहरू

पीरो खानेकुराहरु 

          अमेरिकन एकेडेमी अफ फिजिसियनद्वारा गरिएको अध्ययनहरुका अनुसार पीरो खानेकुरा खाँदा मेनोपोजमा शरीरको तापक्रम बढाउने र हट पल्सेस (शरीर एकै छिनमा तातेर जाने ) देखिएको छ ।

  •  चिनिको मात्रा धेरै भएको खानेकुराहरुले शरीरमा ग्लुकोज (सुगर) को मात्रा बढाउने गर्छ जसले गर्दा  तौल बढ्ने र मेटाबोलिक डिसअर्डर देखिन्छ । यसैगरी मधुमेह टाइप २ हुने सम्भावना तथा मुटुमा समेत असर देखिन सक्छ ।

धुम्रपान र मदिरापान

धेरै मदिरापान गर्ने महिलाहरुमा शरीर तातिने समस्या, झ्mिजो मान्ने र राति निद्रा नलाग्ने समस्याहरु देखिन सक्छ । अमेरिकन मेनोपोज सोसाइटीद्वारा गरेको अध्ययनबाट धेरै मदिरापन गर्ने महिलामा मेनोपोजपछि मानसिक तनाब जस्ता लक्षण देखिन सकिन्छ ।

  • चिया, कफी, चकलेटहरुले पनि एकैछिनमा शरीर तातिने (हट फ्लासेस) र पसिना आउने देखिन सक्छ ।
  • नुनको मात्रा बढी हुने खानेकुराले प्रेसर बढाउने र मुटुको समस्या देखिन सक्छ ।
  • रातो मासु, तारेको खानेकुराहरु र जंक फुड्सले पनि मुटुमा असर, हड्डीमा असर र  हर्मोनमा असर देखिन सक्छ ।
  • फसफोरसको मात्रा बढी हुने खानेकुराहरुले पनि शरीरवाट क्यालसियम र म्याग्नेसियमको मात्रा हड्डी बाट घटाउन सक्छ ।
  • मेनोपोज सबै महिलाको जीवनमा हुन्छ । यसमा हुने कुनै परिवर्तन देखिएमा नजिकको स्त्री तथा प्रसुति रोग विशेषज्ञसँग सुझ्mाव लिनु उपयुक्त हुन्छ । 

 Image