Successfully Copied

फ्लोरा बनाउने ट्रेण्ड

धेरैजसो अहिले बीचमा बनाइने डिजाइन धेरै चलेको छ । ‘फ्लोरा’ को डिजाइनमा आफ्नो शैली र सजावटलाई प्राथमिकता दिनुपर्छ । टेबल वा डेस्कमा राख्न स–साना डिजाइनका ‘फ्लोरा’ बनाउन सकिन्छ । त्यसैगरी बगैंचा सानो क्षेत्रमा भए भित्तामा सँगै टाँसिएका ‘फ्लोरा’ बनाउन सकिन्छ ।


हरेकको चाहना आकर्षक र व्यवस्थित घर हो । मानिसले घरलाई सुन्दर बनाउन अनेकौं उपाय गर्छन् । पछिल्लो समय सजावट घर भित्रमात्र होइन घरबाहिरको हिस्सा पनि उत्तिकै महत्वपूर्ण बन्न थालेको छ । बगैंचा बनाउने, फूल रोप्ने, जनावरहरूका मूर्ति राख्ने चलन पुरानै हो । पछिल्लो समय होटल, पार्क, अपार्टमेन्टका साथै ठूला–ठूला महलहरूमा मात्र बनाइने ‘वाटर फ्लोरा’ (फाउन्टेन) घरको बगैंचामा धेरैले बनाउन थालेका छन् ।
ओम नर्सरीका सञ्चालक धनप्रसाद घिमिरेका अनुसार पछिल्लो समय धेरैले घरको बगैंचामा फ्लोरा बनाउने गरेका छन् । ‘पार्कहरूमा त अझै बनाइन्छ तर घरका बगैंचाहरूमा पहिला धेरै बनाइँदैनथ्यो’ उनी सुनाउँछन् ।


‘यो एकपटक बनाएपछि वर्षौं टिक्छ’ उनी भन्छन्, ‘यसमा २४ सै घण्टा पानी चलिरहने भए पनि धेरै पानीको आवश्यकता पर्दैन । त्यही पानी घुमिरहने भएकाले पानी नै पानी देखिन्छ तर पानी धेरै खर्च भएको हुँदैन ।’ १५–२० दिनको फरकमा यसको ‘आउटलेट’ सफा गरिरहनुपर्छ । गर्मीमा अझ यसको सौन्दर्य खुल्छ । गर्मीमा यसले शीतलता अनुभव गराउने उनी बताउँछन् ।
वास्तुशास्त्रमा पानीले हाम्रो जीवन सरल बनाउन मद्दत गर्ने भएकाले घरको सुख–शान्तिका लागि पानीसँग जोडिएको सजावटी सामग्री राख्न भनिएको छ । पानीको ऊर्जाले जीवनमा सकारात्मक प्रभाव ल्याउने बताएको छ । यसले घरलाई आकर्षक त देखाउँछ नै आनन्द र शान्त माहोल पनि बनाउँछ । यसमा निस्कने पानीको आवाजले इन्द्रियलाई आराम दिन्छ ।



कस्तो डिजाइन
‘फ्लोरा’ कस्तो बनाउने भन्ने कुरा फ्लोरा कुन ठाउँ र कहाँ बनाउने भन्ने कुरामा भर पर्छ । धनप्रसादका अनुसार विभिन्न शैली, आकार र डिजाइनका ‘फ्लोरा’ बनाउन सकिन्छ । सानो टेबलमा राखिने जस्तोदेखि ठूलो ‘फ्रिस्टेन्डिङ मोडल’सम्म बनाउन सकिन्छ । घरभित्र वा घरबाहिरका लागि फरक–फरक डिजाइनको बनाउँदा राम्रो हुन्छ । ‘त्यससँगै फ्लोराको साइज पनि महत्वपूर्ण हुन्छ । सानो ठाउँ छ भने डिजाइन राम्रो भए पनि धेरै ठूलो फ्लोरा राम्रो हुँदैन । त्यसैगरी ठूलो ठाउँमा सानो फ्लोरा आकर्षक देखिँदैन’ उनी भन्छन् ।
उनका अनुसार ‘फ्लोरा’ बनाउन जति ठूलो ठाउँ भयो त्यति नै आकर्षक देखिन्छ । टेबलमा राख्ने ‘रेडिमेड’ पाइन्छ । धेरैजसो अहिले बीचमा बनाइने डिजाइन धेरै चलेको छ । ‘फ्लोरा’ को डिजाइनमा आफ्नो शैली र सजावटलाई प्राथमिकता दिनुपर्छ । टेबल वा डेस्कमा राख्न स–साना डिजाइनका ‘फ्लोरा’ बनाउन सकिन्छ । त्यसैगरी बगैंचा सानो क्षेत्रमा भए भित्तामा सँगै टाँसिएका ‘फ्लोरा’ बनाउन सकिन्छ । यो हेर्दा निकै आकर्षक देखिन्छ ।
खर्च कति ?
‘फ्लोरा’ बनाउन यति नै खर्च लाग्छ भन्ने हुँदैन । किनभने यसको आकार र डिजाइनअनुसार खर्च पनि फरक–फरक हुन्छ । सामान्यतया घरमा बनाइने ‘फ्लोरा’ छ–सात लाख रुपैयाँसम्ममा बन्छ । ठूलो र राम्रो डिजाइनको एक लाखदेखि ५० लाखसम्म पनि पर्न जान्छ । स–सानो टेबलमा राख्न मिल्ने ‘रेडिमेड फ्लोरा’लाई तीन हजारदेखि छ हजार रुपंैयाँसम्म पर्छ । 

 Image