८२ वर्षमा पनि गल्फ खेल्ने डा. रिता थापा
खेलकुदले देशबीचको सम्बन्ध बनाउने जिकिर गर्दै उनी यसलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन आवश्यक देख्छिन् ।

काठमाडौं दहचोककी प्राविधिक जमदार पविता थापा माघ अन्तिममा एक महिने स्वस्थानी ब्रतलाई टुंग्याउने तयारीमा थिइन् । नेपालमा छँदा स्वस्थानीको ब्रत लिन नछुटाउने उनले परदेशमा पुगेर पनि निरन्तरता दिइन् । शान्ति सैनिकका रूपमा चार महिनाअघि दक्षिण सुडानको दुरुपीपुगेकी उनले स्वस्थानीको किताब र पूजाका सामग्री साथै लगेकी थिइन् । ड्युटीमा असर नपुग्नेगरी ब्रत लिएर विधिपूवर्क पूजापाठ गरिन् ।
‘नेपालबाट शान्ति सैनिकका रूपमा यति टाढा आएका छौं,’ उनी भन्छिन्, ‘कुन बेला के हुने हो, थाहा हुँदैन, तरयस्ता धार्मिक कार्यले मनलाई शान्त बनाउने काम गर्छ ।’
कतिपय शान्ति सैनिकले त धार्मिक कार्यले तनाव व्यवस्थापनको काम गर्ने गरेको सुनाए । दक्षिण सुडानको जुबा, दुरुपी र रुम्बेकमा गरेर नेपाली शान्ति सैनिकका तीनवटा युनिट छन् । थापा अबको ८ महिनासम्म दुरूपीमै बसेर आफ्नो जिम्मेवारी पूरा गर्नेछिन् । अहिले ईश्वरी बक्स गुल्म एचआरसी (हाई रेडिनेस कम्पनी) को आठौं डफ्फामा कार्यरत छिन् । त्यसो त नेपाली शान्ति सैनिकका हरेक युनिटमा प्रत्येक दिन साँझ–भजन कीर्तन समेत गरिन्छ ।
उनीजस्तै झापाकी अमल्दार अञ्जना याक्खा रुम्बेकस्थित श्रीनाथ गणमा शान्ति सैनिकका रूपमा काम गरिरहेकी छन् । रुम्बेक दक्षिण सुडानको राजधानी जुबाबाट ३ सय ५० किलोमिटर टाढा पर्छ । ‘नेपालमा हुँदा बरख गण, राजविराजमा कार्यरत थिएँ,’ उनी भन्छिन्, ‘त्यहीँबाट शान्ति सैनिकका रूपमा यहाँ आएको हो ।’ नेपालभन्दा रुम्बेकमा बसेर काम गर्न धेरै चुनौती रहेको उनले सुनाइन् । ‘महिला शान्ति सैनिकका रूपमा खटिएपनि पुरुष सैनिकसरह नै काम गर्दै आएका छौं, दिएको जिम्मेवारी समयमै पूरा गरेका छौं,’ उनी भन्छिन्, ‘यहाँको समुदायमा गएर महिला हिंसाविरुद्ध बोल्न सक्ने बनाउने, स्वास्थ्य सुरक्षासम्बन्धी कार्यक्रम गर्ने र पेट्रोल गस्तीमा सहभागी हुन्छौं ।’
पोखराकी डाक्टर जस्मिन गुरुङ नेपाली सेनामा प्रवेश गरेको तीन वर्ष भयो । उनी अहिले क्याप्टेनका रूपमा कार्यरत छिन् । पहिलोपटक उनी शान्ति सैनिकका रूपमा दक्षिण सुडानको जुबा पुगेकी हुन् । १४ महिना अरिदमन गण एफआरबी (फोर्स रिजर्भ बटालियन) मा काम गरेर उनी फागुन पहिलो साता नेपाल फर्किइन् । तर, १४ महिना दक्षिण सुडानमा बिताएका पल र गरेका काममानसपटलमा ताजै रहेको उनी सुनाउँछिन् ।
‘१४ महिना नयाँ ठाउँमा बसेर काम गर्दा फरक अनुभव सँगाल्न पाएँ, त्यसमा पनि दक्षिण सुडान नेपालभन्दा भिन्न हावापानी भएको देश हो,’ नेपाल फर्कनुअघि जुबामा भेटिएकी उनले भनिन्, ‘स्थानीय नागरिकलाई सुरक्षा दिनेदेखि स्वास्थ्य उपचारसम्मका काम गर्यौं ।’ मानसिक स्वास्थ्यबारे तालिम लिने र दिने दुवै काम गरेको उनले सुनाइन् । दक्षिण सुडानमा मलेरिया, मंकिपसलगायत रोगको जोखिम बढी छ । त्यहीअनुसार स्वास्थ्य सावधानी अपनाउनेदेखि र जनचेतना जगाउनेसम्मको काम गरेको उनीसँग अनुभव छ । ‘स्थानीय समुदायमा पुगेर अन्तरक्रिया गर्नेदेखि सेनेटरीका सामानसहयोग गर्नेसम्मका काम पनि गर्यौं,’ उनी भन्छिन्, ‘दक्षिण सुडानबारे किताब, पत्रपत्रिकामा पढ्ने गरिन्थ्यो, अहिले यहींँ आएर सेवा गरी फर्किंदा खुसी छु ।’
रुम्बेकको श्रीनाथ गणमै ७ महिनादेखि शान्ति सैनिकका रूपमा कार्यरत झापाकी अमल्दार स्मिता श्रेष्ठ स्थानीयको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको सुनाउँछिन् । ‘दिएको जिम्मेवारी पूरा गरेका छौं,’ उनी भन्छिन्, ‘परिआए जस्तोसुकै अवस्थामा पनि लड्न सक्छौं ।’ उनी नेपाली सेनामा भर्ती भएको ११ वर्ष भयो ।
उनी पहिलो पटक शान्ति सैनिकका रूपमा दक्षिण सुडान आएकी हुन् ।भन्छिन्, ‘फरक भूगोलमा आए पनि आफ्नो जिम्मेवारी पूरा गर्न पछि परेका छैनौं ।’
अरिदमन गणमा १४ महिना कमाण्ड सम्हालेर नेपाल फर्किएका प्रमुख सेनानी महेश्वर सिलवालले महिला शान्ति सैनिकको काम प्रशंसायोग्य रहेको सुनाए । ‘प्रत्येक युनिटमा महिला शान्ति सैनिकको उपस्थिति छ,’ उनी भन्छन्, ‘मिसनमा खटिने सबैले दिएको जिम्मेवारी पूरा गर्नबाट पछि हट्दैनन् ।’ दक्षिण सुडानमा मात्र विभिन्न युनिटमा गरेर २ सय २ महिला र १ हजार ५ सय ५४ जना पुरुष शान्ति सैनिकका रूपमा कार्यरत छन् ।
त्यस्तैदुर्गाबक्स गण ओखलढुंगामा कार्यरत नुवाकोट ढिकुरेकी विद्या बस्नेत शान्ति सैनिकका रूपमा दक्षिण सुडान आइन् । उनले अरु शान्ति सैनिकले झैं जोखिम मोलेर काम गरिन् । ‘पट्रोल गस्ती हिँड्नुपर्थ्यो,गस्ती जाँदा स्थानीयले अवरोध गर्थे, बोर भन्ने ठाउँमा अज्ञात हतियारधारी समूहको आक्रमणमा पनि पर्यौं,’ १४ महिना अरिदमन गण जुबामा शान्ति सैनिकका रूपमा काम गरी नेपाल फर्किएकी उनी भन्छिन्, ‘विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) अन्तर्गत ग्रामिण भेगमा खाद्यान्न लिएर जाँदा आक्रमणमा परेका थियौं ।’
अज्ञात समूह खाद्यान्न लुट्न फायर गर्ने, बाटो छेक्ने र भाला लिएर सडकमा उत्रने गर्छन् । जुन आफूले प्रत्यक्ष देखेको उनले सुनाइन् । ‘१२/१५ जनाको हतियारधारी समूह खाद्यान्न लुट्न आएका थिए, सुरुमा उनीहरूले फायर खोले,’ उनी भन्छिन्, ‘पछि हामीले पनि फायर खोलेपछि उनीहरू भागेका हुन् ।’
भोजपुरको षडानन्द नगरपालिका–१ स्थित सोमबारेकी निश्चल राई काभ्रेको पाँचखालमा ६ महिना शान्ति मिसनबारे तालिम लिएर दक्षिण सुडान आइन् । उनी सैनिक ब्यान्ड सिंहदरबारमा कार्यरत भएकैबेला शान्ति मिसनमा छनोट भइन् ।
‘पाँच महिना दक्षिण सुडानकै बोर पोस्टमा गएर बसे, जहाँ विश्व खाद्य कार्यक्रमअन्तर्गत खाद्यान्न ओसारपसार गर्दा लुटिने खतरा बढी हुन्थ्यो,’ उनी भन्छिन्, ‘हामीले सुरक्षा दिएर खाद्यान्नलाई सुरक्षित ठाउँमा पुर्याउनुपर्थ्यो, यस्तो अवस्थामा कुन बेला कुन समूहले आक्रमण गर्ने हुन्, थाहा हुँदैन ।’ तर, पाएको जिम्मेवारीअनुसार खाद्यान्न लुटिन नदिई गन्तव्यसम्म पुर्याउन सफल भएको उनको अनुभव छ ।
‘८०/९० वटा खाद्यान्न बोकेका गाडी थिए, तर सुरक्षामा गएको हाम्रा गाडी १० वटा मात्र थिए,’ उनी भन्छिन्, ‘बोर इलाकामा खाद्यान्न लिएर जाँदाजाँदै अज्ञात समूहले आक्रमण गर्न थाले,नडराई त्यसको सामना गर्यौं र दिएको जिम्मेवारीअनुसार खाद्यान्नलाई गन्तव्यमा पुर्याउन सफल भयौं ।’ जहाँ शान्ति सैनिकका रूपमा टोली पुग्छ । त्यहाँको समुदायसँग नजिक हुन्छ । समुदायको मन जित्न स्टेशनरी सामानदेखि प्रतिक्षालय, होस्टललगायतका भौतिक संरचना बनाइदिने गरिन्छ ।
अहिले विभिन्न मुलुकमा ५ हजार ९ सय १२ जना शान्ति सैनिकका रूपमा खटिएका छन्, जसमा महिलाको संख्या ६ सय ४३ छ ।
अहिलेसम्म ४४ वटा मिसनमा १ लाख ५४ हजार २ सय ७४ जनाले शान्ति सेनाका रूपमा सहभागिता जनाइसकेको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसी बताउँछन् । जसमा अहिलेसम्म महिलाको सहभागिता मात्र २ हजार ८ सय ८३ पुगिसकेको छ ।शान्ति मिसनमा शान्ति सैनिक खटाउने देशमध्ये नेपाल पहिलो स्थानमा पर्छ । अहिले ११ वटा मिसनमा नेपाली शान्ति सैनिक सहभागी छन् ।
नेपाली सेनाका अनुसार हालसम्म शान्ति सैनिकका रूपमा खटिँदा ज्यान गुमाउनेको संख्या ७३ र घाइतेको संख्या ६९ छ । नेपाली सेनाले शान्ति सैनिक मिसनलाई प्राथमिकता दिएर मिसनमा जाने व्यक्तिलाई सोहीअनुसारको तालिम प्रदान गरेर पठाउने गरेको सहायकरथी केसीले बताए ।
कस्तो छ सुडान ?
सन् २०११ मा सुडानबाट छुट्टिएर दक्षिण सुडान बन्नुको मुख्य कारण धर्म थियो । किनकि सुडानमा मुस्लिम धर्म र दक्षिण सुडानमा क्रिश्चियन धर्मको बाहुल्य छ । त्यसमा सबैभन्दा बढी डिन्का जातिको बाहुल्य छ । जसको उपस्थिति ३५ प्रतिशत छ । न्युर जाति १५ र अन्य विभिन्न जाति ५० प्रतिशत छन् । ब्रिटिस साम्राज्यबाट सन् १९५५ बाट सुडानले स्वतन्त्रता प्राप्त गर्यो र त्यसलगत्तै सुडान र दक्षिण सुडान आन्तरिक द्वन्द्वमा फसी सन् २०११ मा दक्षिण सुडानले स्वतन्त्रता प्राप्त गर्यो ।
दक्षिण सुडानका रूपमा नयाँ मुलुक घोषणासँगै सन् २०११ जुलाई ८ देखि यहाँ शान्ति स्थायित्वका लागि संयुक्त राष्ट्रसंघ प्रयासरत छ । राष्ट्रपति साल्भा किर र उपराष्ट्रपति रिक मचार समर्थित जातीय समूहहरूबीच द्वन्द्व छ । राष्ट्रपतिले डिन्का र उपराष्ट्रपतिले न्युर जातिको प्रतिनिधित्व गर्छन् । दुई जातीय समूहका सशस्त्र गतिविधि नियन्त्रण यहाँको मुख्य चुनौती हो । देशभित्र शान्ति र स्थायित्वका लागि भन्दै राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत ‘युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (अनमिस) स्थापना भएको हो । अनमिसअन्तर्गत राष्ट्रसंघ शान्तिस्थापनाका लागि सक्रिय छ । अनमिसअन्तर्गत दक्षिण सुडानमा २० भन्दा बढी देशका सैनिक, प्रहरी र गैरसैनिक गरी १८ हजार १ सय ३४ जना कार्यरत छन् । अहिले नेपाल आर्मी, सशस्त्र र नेपाल प्रहरी गरेर १९ सय ६६ जना अनमिसमा कार्यरत छन् ।
(दक्षिण सुडानबाट फर्केर)