Successfully Copied

होली फेसन टिप्सः कुल र ट्रेन्डी कसरी देखिने ?

होली खेल्दा आरामदायी, हल्कार आकर्षक पहिरन छनोट गर्नुपर्छ, जसले दिनभर सहज महसुस गराओस् । होलीमा पुराना कपडा लगाउने चलन भए पनि अहिले फेस्टिभलमा स्टाइलिस देखिने ट्रेन्ड पनि बढ्दो छ ।


होली पर्व नजिकिँदै छ । यो अवसरमा रङमा रमाउने मात्र होइन, स्टाइलिस र ट्रेन्डी देखिनु उत्तिकै महत्वपूर्ण मानिन्छ । होली खेल्दा आरामदायी, हल्कार आकर्षक पहिरन छनोट गर्नुपर्छ, जसले दिनभर सहज महसुस गराओस् । होलीमा पुराना कपडा लगाउने चलन भए पनि अहिले फेस्टिभलमा स्टाइलिसदेखिने ट्रेन्ड पनि बढ्दो छ । होली खेल्दा हल्का कपडा लगाउनुपर्छ र रङ छिट्टै सफा गर्न सकिन्छ । कटन वा लिनेनजस्ता हल्का कपडा लगाउनुपर्छ । यी फेब्रिकका कपडाले छालालाई सहज महसुस गराउँछन् । सिन्थेटिक कपडाबाट बच्नुपर्छ ।

सेतो तर स्टाइलिस
सेतो कपडालाई कलरफुल टच दिनका लागि सेतो कुर्ता वा क्रप टपसँग कलरफुल सलको प्रयोग गर्नुपर्छ । सेतो प्लाजोवा धोती पाइन्टसँग नयाँ लुक ट्राई गर्न सकिन्छ । वेस्टर्न लुक मन पराउनेहरूका लागि सेतो सर्ट्स र टि–सर्ट उत्कृष्ट विकल्प हुन सक्छ । सेतो कुर्ता प्लाजोसँग मल्टिकलर सल लगाउन सकिन्छ । सेतो सर्टसँग रंगीन स्टोल वा दुपट्टा लगाएर कुल लुक दिन सकिन्छ ।
डेनिम जिन्स वा सर्ट्स
डेनिम जिन्समा सेतो टि–सर्ट लगाएर कूल लुक दिन सकिन्छ । मल्टी–कलर वा टाई–डाई टि–सर्ट अहिले धेरै ट्रेन्डिङ छन् । वाइड–लेग पाइन्ट वा रिप्ड जिन्स पनि राम्रो विकल्प हुन सक्छ ।
स्कार्फ वा दुपट्टा
सेतो कपडामा रंगीन स्कार्फ वा सलले लुकलाई आकर्षक बनाउँछ । दुपट्टा वा स्कार्फले छालाको सुरक्षा पनि गर्छ ।
सनग्लास
होलीमा आँखालाई सुरक्षित राख्न सनग्लासको प्रयोग अनिवार्य हुन्छ । मिरर सनग्लास, राउन्ड फ्रेम वा रिफ्लेक्टिभ ग्लास ट्रेन्डी देखिन्छ । सनग्लासले न केवल फेसनबल देखिन्छ, तर आँखालाई पनि सुरक्षित राख्छ ।
वाटरप्रुफ फुटवेयर
होली खेल्दा महँगा जुत्ता वा चप्पल प्रयोग गर्नु हुँदैन । किनभने जुत्ताको रङ पानीले बिगार्न सक्छ । वाटरप्रुफ स्लिपर्स वा पुराना स्निकर्स लगाउन सकिन्छ, जसले चिप्लनबाट पनि जोगाउँछ । सेतो वा कलरफुल स्निकर्स पनि राम्रो विकल्प हुन सक्छ ।

वाटरप्रुफ मेकअप
होलीका दनिवाटरप्रुफ मेकअप प्रयोग गर्नुपर्छ । यो मेकअप पानी वा रङले बगिार्न सक्दैन । ब्राइट लपिस्टिकि र सनस्क्रनि लगाएर छालालाई सुरक्षति गर्नुपर्छ । परम्परागत झुम्का वा अक्सडिाइज्ड गहनाले स्टाइल गर्न सकन्छि । ओठमा ब्राइट लपिस्टकि लगाउन सकन्छि ।
स्टाइलसि ब्याग
वाटरप्रुफ स्लिंग ब्याग वा क्रस–बडी ब्याग बोक्न सकन्छि । त्यसमा फोन, टस्यिु, सनग्लास आद िसामान सुरक्षति रूपमा बोक्न सकन्छि ।
केशको सुरक्षा
केशलाई रङबाट जोगाउन तेल लगाउनुपर्छ ।ब्रेडेड वा बन हेयरस्टाइल पन िअपनाउन सकन्छि । स्टाइलसि हेयरब्यान्ड लगाउन सकन्छि ।

होली खेल्दा
–होली खेल्दा कृत्रिम रङको प्रयोग गर्नुपर्छ । रङमा हुने हानिकारक रसायनले छालालाई क्षति पुर्‍याउन सक्छ । सुरक्षित र स्वस्थ होली मनाउन प्राकृतिक रङहरू प्रयोग गर्नुपर्छ ।
–होलीका बेला आमाबुवाले बालबालिकालाई बेलाबेला जाँच गर्नु आवश्यक छ । बालबालिकाहरू खेल्ने क्रममा दुर्घटनामा पर्न सक्छन्, त्यसैले उनीहरूको सुरक्षामा ध्यान दिनुपर्छ ।
–होली खेल्दा रङ आँखाभित्र जान सक्ने सम्भावना रहन्छ, जसले आँखा बिगार्न सक्छ । यस्तो जोखिमबाट बच्न चस्मा लगाउनुपर्छ ।
–पानीका गुब्बारा हान्दा गम्भीर चोट लाग्न सक्छ । विशेष गरी आँखामा चोट लाग्न सक्ने सम्भावना हुन्छ । त्यसैले बालबालिकाहरूलाई यसबाट टाढा राख्नुपर्छ ।
–होलीको समयमा महिलामाथि दुर्व्यवहार पनि हुनसक्छ । यस्तो अवस्थाबाट बच्न सुरक्षित रूपमा होली खेल्नुपर्छ ।
–होली खेल्नुअघि शरीरामा नरिवलको तेल वा मोस्चराइजर लगाउनुपर्छ । यसले रङ छालामा सुक्न दिँदैन । सफा गर्न पनि सजिलो हुन्छ ।
–केशलाई सुरक्षित राख्न टोपी वा स्कल क्याप लगाउनुपर्छ । रङले केश बिगार्न सक्छ ।
–होली खेल्दा प्रयोग गरिने पानी सफा छ कि छैन भनेर ध्यान दिनुपर्छ । फोहोर पानीले छालामा संक्रमण हुनसक्छ ।
–धेरै मानिसहोलीको मजा लिने बहानामा मादकपदार्थसेवन गर्छन्, जसले दुर्घटनाको सम्भावना बढाउँछ । होलीलाई सुरक्षित बनाउन यसबाट टाढा रहनुपर्छ ।
–होलीमामिठाईं बनाउँदा सरसफाइमा राम्रोसँग ध्यान दिनुपर्छ । अस्वस्थकर खानाले स्वास्थ्यमा समस्या आउन सक्छ ।
–होली खेल्दा कहिलेकाहीँ चोटपटक लाग्न सक्छ । यस्तो अवस्थामा प्राथमिक उपचार बक्स साथमा राख्दा तुरुन्तै उपचार गर्न सकिन्छ ।
–चिप्लो स्थानमा होली खेल्नुहुँदैन । होली खेल्दा धेरै मानिस दौडिने हुँदा चिप्लिने सम्भावना रहन्छ । सुरक्षित ठाउँमा होली खेल्नुपर्छ ।
–होली खेलेपछि नुहाउँदा तातोपानी प्रयोग गर्नुपर्छ । यसले रङ छिटो हटाउन सहयोग गर्छ ।

 Image