Successfully Copied

सृच्छा प्रधान - मिस नेपाल वल्र्ड–२०२३

बोट–बिरुवा,जनावरलाई असाध्यै माया गर्ने उनी तिनको संरक्षण नभएको र तिनलाई नबुझेकै कारण हामी वातावरणीय तथा मौसम परिवर्तनको मारमा परिरहेको उनले बताइन् ।



पोल्ट्री तथा एग्रिकल्चर व्यवसायी राजीव र रसिला प्रधानकी एक्ली सन्तान २३ वर्षीया सृच्छा प्रधानले यो वर्षको ‘मिस नेपाल वल्र्ड’ को ताज पहिरन सफल भएकी छन् । ‘इन्भाइरोमेन्ट स्टडिज’ र ‘कम्युनिटी एक्सन’ मा स्नातक गरेकी उनले कलेज पढ्दाताका ‘बियोन्ड प्लास्टिक’, ‘रिप्लेस नाउ’, ‘सेन्टर फर बायोलोजिकल डाइभर्सिटी’, ‘इसिमोड’ लगायतका अन्तर्राष्ट्रिय संस्थामा ‘रिसर्च एसिस्टेन्ट’ तथा ‘कन्टेन्ट क्रियटर’ का रूपमा ‘इन्टर्नसीप’ गरिसकेकी छन् । ‘विदेशमा काम गर्दा मैले नेपालमा अझ धेरै सम्भावना भएको महसुस गरें । कलेजको ग्रयाजुयसनताका नेपाल फर्किएर काम गर्ने विचार गरें’ उनले भनिन्,‘सन् २०२२ को अक्टोबरमा नेपाल फर्किए“ । ‘मिस नेपाल’ यात्रा कसरी तय भयो भन्नेबारे सृच्छाले भनिन्, ‘एकदिन बा (मेरा हजुरबुवा) ले कान्तिपुरमा ‘मिस नेपाल’ का लागि दरखास्त  गरेको विज्ञापन देख्नुभएछ । मेरो सोच भने दिगो वातावरणमा काम गर्ने थियो । ‘मिस नेपाल’ तिर सोचेकै थिइन तर म पूर्व ‘मिस नेपाल’ शृंखला खतिवडाको ‘ब्युटी विथ पर्पस’ को कामसँग प्रभावित थिएँ’ उनले भनिन्, ‘बाले भनेपछि मेरो लक्ष्य प्राप्तिका लागि ‘मिस नेपाल’ अझ फराकिलो र उपयुक्त ‘प्लेटफर्म’ हुन सक्छ भन्ने लाग्यो । त्यसैले मेरो यात्रा यतै मोडियो ।’

बोट–बिरुवा,जनावरलाई असाध्यै माया गर्ने उनी तिनको संरक्षण नभएको र तिनलाई नबुझेकै कारण हामी वातावरणीय तथा मौसम परिवर्तनको मारमा परिरहेको उनले बताइन् । सन् २०१९ मा उनले सुरु गरेको ‘दिगो प्रणाली’ नामक परियोजना धेरै अगाडि पुगिसकेको छ । यसैलाई ‘मिस वल्र्ड’ का लागि ‘ब्युटी विथ पर्पस’ का रूपमा बढाउने उनको योजना छ । यो परियोजनाभित्र एउटाले उत्पादन गरेको फोहोर अर्कोका लागि स्रोत र कच्चापदार्थ हुनसक्छ भन्ने सिद्धान्त अपँनाइएको छ । यसमा थुप्रै युवालाई ‘इको–साथी’ का रूपमा जोड्दै लग्ने योजना पनि उनको छ । सृच्छाले भनिन्, ‘स्थानीय उत्पादनलाई ग्रोसरी मार्ट, सुपरमार्केटलगायतमा सानो ठाउँ दिएर प्रबद्र्धन गर्न सकिन्छ । यसैभित्र दिगो पाठशाला, दिगो प्रकृतिलगायतका परियोजनाहरू छन् ।’

धेरै पहिले नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘टुन टाइम’ नामक बाल कार्यक्रमकी उद्घोषिका सृच्छा उतिबेला ‘आइटी’, ‘भेटनरी’आदि पढ्न सबैले सुझाएको र आफू भने केही नयाँ क्षेत्रमा ज्ञान हासिल गरी पृथक् काम गर्न चाहेको सम्झन्छिन् । विदेशको पढाइले आफूभित्रका सबै खुबीलाई बाहिर ल्याउन मद्दत गरेको बताउने उनी त्यहाँ सुनेको ‘सफ्ट फ्रन्ट, स्ट्रङ ब्याक’ वाक्यांशले आफूलाई निकै प्रभावित तुल्याएको बताउ“छिन् । ‘मिस नेपाल’ बन्द प्रशिक्षणका क्रममा पनि उनले सबैसँग मानवीय व्यवहार गरेको, आफ्नोमात्र जित्ने उद्देश्य नभएर अरुलाई जिताउन प्रेरणा दिएकैले यो सफलता प्राप्त भएको उनको भनाइ छ । उनले भनिन्, ‘हरेक क्षण, हरेक दिनको व्यवहारले नै कतै पुगिने हो जस्तो लाग्छ । ऐक्यबद्धतामा शक्ति हुन्छ । त्यसैले अब मलाई एक्लै भन्दा पनि संयुक्तरूपमा काम गर्ने मन छ ।

 वातावरणलाई जोडेर दिगो फेसन, दिगो उद्यम, दिगो परिवर्तनमा जोड दिने उद्देश्य छ ।’ जलवायु परिवर्तनका लागि उनले महिलाहरूसँग काँधमा काँध मिलाएर अघि बढ्ने योजना बनाएकी छन् । ‘महिला नरम भावनाका हुन्छन् । सबैका लागि सोच्ने गुण उनीहरूमा हुन्छ’ उनले भनिन्, ‘यही गुणलाई वातावरण र मौसम परिवर्तनका क्षेत्रमा उपयोग गर्न सकियो भने त्यसको प्रभाव उत्तम र सकारात्मक हुन्छ ।’

 Image