नेपाल वायुसेवा निगममा ‘एअरहोस्टेज’बाट हात्तीवनकी प्रिया थापाले जागिर सुरु गरेकी हुन् । कक्षा १२ उत्तीर्ण गरेपछि ‘एअरहोस्टेज’ बनेकी उनी २८ वर्षदेखि वायुसेवा निगममा कार्यरत छिन् । उनले सन् २०१५ पछि प्रशिक्षकका साथै वरिष्ठ विमान परिचारिकाका रूपमा काम गरिन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनीसँग हवाई उडानसहित विविध विषयमा गरिएको कुराकानी -
पछिल्लो समय केमा व्यस्त हुुनुहुन्छ ?
अवकाश प्राप्त गरेको एक वर्ष भयो । पछिल्लो समय एउटा निजी संस्थामा
‘एअरहोस्टेज’ लाई प्रशिक्षण दिन्छु । यसैगरी, पुराना गाडीलाई ‘रिस्टोर’
गर्ने ‘क्लासिक एण्ड भिन्टेज ह्विल’ संस्थामा पनि आबद्ध छु । मानिसले
पुराना गाडी प्रयोगमा ल्याऊन् भन्ने उद्देश्य संस्थाको हो ।
एअरहोस्टेज बन्ने प्रेरणा कहाँबाट प्राप्त भयो ?
‘अक्षर क्रियसन्स’ की संस्थापक दिदी अर्चना थापाले पहिले ‘क्याबिन क्रु’ का
रूपमा काम गर्नुभएको थियो । उहाँको ‘स्मार्टनेस’, जीवनशैली, देश–विदेश
घुमेको देखेर यसप्रति आकर्षित भए“ । उहा“ले पढाइमा निरन्तरता दिन यो जागिर
पाँच वर्ष मात्र गर्नुभयो ।
‘एअरहोस्टेज’ मा हुनुपर्ने आधारभूत आवश्यकता के–के हुन् ?
जुनसुकै विषयमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्छ । त्यसपछि ‘एअरलाइन्स’
संचालकले लिएको अन्तर्वार्तामा उत्तीर्ण हुनुपर्छ । ‘एअरहोस्टेज’ बन्न पा“च
फिट दुई इन्च उचाइ हुनुपर्छ । ठूलो विमानमा पा“च फिट तीन इन्च हुनुपर्छ ।
विमानमा आपत्कालीन चिकित्सकीय उपकरणहरू अग्लो ठाउ“मा राखिने भएकाले बढी
उचाइ आवश्यक परेको हो । साथै शारीरिक रूपमा स्वस्थ, तन्दुरुस्त र बडी मास
इन्डेक्स (बीएमआई) मिलेको हुनुपर्छ । ‘स्मार्ट’ र ‘कन्फिडेन्स’ हुनुपर्छ ।
हुन त प्रशिक्षण लिने क्रममै ‘स्मार्ट’ भइन्छ । नर्स तथा अन्य विदेशी भाषा
जानेकालाई बढी प्राथमिकतामा राखिन्छ ।
‘एअरहोस्टेज’ को कामअन्तर्गत के–के पर्छन् ?
नेपाल ‘एअरलाइन्स’ मा ‘क्रु’ को प्रशिक्षणमा धेरै विषय पर्छन् । प्रत्येक वर्ष प्रशिक्षण, अनुमतिपत्र नवीकरण हुनुपर्छ । कति कुरा ‘अपडेट’ भइरहेको हुन्छ । ‘रिफ्रेस’ हुनुपर्छ । बाहिरबाट हेर्दा खाना ‘सर्भ ’ गर्ने जस्तो मात्र देखिन्छ, तर भित्र सुरक्षासम्बन्धी प्रशिक्षण पनि लिनुपर्छ । खाना ‘सर्भ’, ‘स्मार्ट’, ‘ग्रुमिङ’ गर्ने त छ“दैछ, त्यसका अलावा केही परेमा विमानभित्र भएका यात्रुलाई कसरी उद्धार गर्ने ? कोही यात्रु बिरामी हुन सक्छन्, तिनीहरूको हेरविचार गर्न प्राथमिक उपचारसम्बन्धी प्रशिक्षण पनि लिनुपर्छ ।
यो पेसाका चुनौती र अवसर के–के छन् ? यसमा महिला वा पुरुष कुन बढी छन् ?
‘अड आवर’ मा उड्नुपर्छ, आफूलाई चाहिएको समयमा बिदा पाइँदैन । चाडपर्वहरूमा पनि परिवारसँग मिलेर रमाइलो गरी मनाउन पाइँदैन । ‘एकेडेमिक कोर्स’ गर्न समय व्यवस्थापन गर्न कठिन हुन्छ । साथीसंगी र परिवारलाई समय दिन भ्याइ“दैन । यसका बाबजुद पनि अवसर धेरै छन् । नयाँ–नयाँ ठाउँमा यात्रा गर्न पाइन्छ । आकर्षक तलब–सुविधा हुन्छ । ‘क्रु’ भनेपछि ‘रेस्पेक्ट’ हुन्छ । यसमा लिइने प्रशिक्षणले ‘स्मार्टनेस’ का साथै हरेक कुरा अगाडि बढेर गरिहालौं भन्ने हुन्छ । यो जागिरले संसार देखिन्छ । योसँगै आफ्नो ‘एकेडेमिक’ रोक्नु भएन । ‘एअरहोस्टेज’ महिला नै हुन्छन् भन्ने सोचाइ छ तर पुरुष पनि हुन्छन् । ‘क्याबिन एटेन्डेन्ट’ मा दुवै पर्छन् । यसमा महिला–पुरुष बराबर छन् ।
विमानमा उडिरहँदा कति बेला के हुन्छ भन्ने किसिमको भय हुँदैनथ्यो ?
‘क्याप्टेन’ लाई भौगोलिक स्थिति सबै थाहा हुन्छ । काममा डर भने हुँदैनथ्यो
तर कहिलेकाहीँ ‘डोमेस्टिक फ्लाइट’ मा पहाडहरू छेउछाउमा हुँदा डर लागे पनि
ठूलो विमानमा डर लाग्दैनथ्यो । धेरै माथि गएको हुन्थ्यो । कोठामा बसेजस्तो
महसुस हुन्थ्यो । अलिकति असुरक्षित महसुस भए पनि ‘एअरहोस्टेज’ ले देखाउन
पाउ“दैन ।
विमान दुर्घटनाका धेरै खबर सुनिन्छन्, त्यो समयमा कस्तो महसुस हुन्थ्यो ?
यो जोखिमपूर्ण पेसा हो । कतिपय विमान दुर्घटनाको खबर सुन्दा स्वदेश वा
विदेश जहाँको भए पनि नचिने पनि आफ्नो क्षेत्र भएकाले परिवारको सदस्य
गुमाएजस्तो महसुस हुन्छ । एउटा प्लेन उड्दा सामान्य मानिसले त्यो मान्छे
कता जाँदैछ भनेर सोच्छ भने हामीले यतिबेला क्याबिन क्रु के गर्दै होला भनेर सोच्छौं ।
महिला कसरी सफल हुने ?
पहिले त महिलाले समान अधिकार र अवसर पाउनुप¥यो । महिलाले गरेको कामको
सम्मान हुनुपर्छ । त्योसँगै महिला पनि ‘बोल्ड’ भएर गर्न सक्छु भनेर अगाडि
बढ्नुप¥यो । जतिसुकै बाधा–अड्चन आएपनि हरेक क्षेत्रमा आफू सक्षम हुनुपर्छ ।
आफ्नो विचार पनि राख्न सक्नुपर्छ । ज्ञान र आत्मविश्वास हुनुपर्छ ।
भविष्यको लक्ष्य ?
म त्यस्तो कुनै विशेष योजना बनाएर हिँड्दिन । जागिरको प्रकृतिले गर्दा नयाँ ठाउँ घुम्ने बानी भयो । नयाँ ठाउँ घुम्न जान्छु । जीवनमा जे आउँछ त्यसको सामना गर्दै जान्छु ।