ट्रेन्डमा ‘स्टाइलिस्ट’ ब्याग
हाते ब्याग हरेकको आवश्यकता नै हो । धेरैले यसको प्रयोग सामान बोक्नका लागि गर्छन् । पछिल्लो समय भने यो ‘स्टाइल’ र ‘स्टाटस सिम्बोल’ को साधन बनेको छ ।
‘अजिजा द रनवे फेसन सो’ मा मिस नेपालदेखि सेलिबे्रटीसम्म ¥याम्पमा उत्रिएका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजना भएको कार्यक्रममा मोडलहरु १६ सिक्वेन्समा पहिरन लगाएर ¥याम्पमा हि“डेका थिए । उक्त सोमा चर्चित मोडल, मिस नेपाल तथा अभिनेत्रीहरुको उपस्थिति रहेको थियो । जसमा पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, निकिता चण्डक, इशानी श्रेष्ठ, मोडल आस्था पोखरेल, सबिता कार्की, स्वदीपा पाठक, अभिनेत्री प्रियंका कार्की, रुबिना थापा लगायतका ४२ जना मोडलहरुले डिजाइनर श्वेता प्रधानको इण्डो वेस्र्टन, एथनिक तथा वेडिङ कलेक्सन प्रस्तुत गरेका थिए । फेसन भनेको उच्च वर्गका महिलामाझ मात्र सीमित नभइ सामान्य महिलाहरुको समेत ठूलो हिस्सा बन्न थालेको डिजाइनर श्वेताले बताइन् ।










