Successfully Copied

तीजको पहिरनशैली

तीज पर्व ‘स्त्रीत्वको उत्सव’ हो । यो पर्वका अवसरमा जोकोही विशेष र फरक लुकमा देखिन चाहन्छन् । फेसन डिजाइनरहरू भन्छन्, ‘चाडपर्वमा परम्परागत पहिरन शैली नै रुचाइन्छ ।’ हरेक वर्ष नयाँ फेसन चल्ने होइन थोरै मोर्डनाइज गरी लगाउने हो ।

तीज पर्व ‘स्त्रीत्वको उत्सव’ हो । यो पर्वका अवसरमा जोकोही विशेष र फरक लुकमा देखिन चाहन्छन् । फेसन डिजाइनरहरू भन्छन्, ‘चाडपर्वमा परम्परागत पहिरन शैली नै रुचाइन्छ ।’ हरेक वर्ष नयाँ फेसन चल्ने होइन थोरै मोर्डनाइज गरी लगाउने हो । ‘फेसन भनेको फरक देखिनु हो’ उनीहरू भन्छन्, ‘त्यसैले यही नै पहिरन लगाउनुपर्छ भन्ने हुँदैन । परम्परागत पहिरनलाई नै थोरै आफ्नो इच्छाअनुसार नयाँ शैली 

अपनाउनु हो ।’ 

फेसन डिजाइनर सोनम सुब्बा लिम्बूका अनुसार चाडपर्व परिवारसँग बसेर रमाइलो गरी मनाउने हो । त्यसैले आफूलाई सजिलो र सुहाउँदो पहिरन लगाएर मनाउन सकिन्छ । उनी थप्छन्, ‘आफूलाई मनपर्ने पहिरन लगाएर महिला हुनुको गौरव महसुस गरी मनाउनुपर्छ ।’ कतिपयले फेसनेबल देखिने होडमा असहज र असुहाउँदिलो पहिरन रोज्छन् । तीजमा मन्दिर जाने, पूजाआजा गर्ने, नाचगान गर्ने र दिनभर पहिरन लगाउनुपर्ने भएकाले आफूलाई सजिलो हुने पहिरन छनोट गर्नुपर्ने उनको भनाइ छ । 

उनका अनुसार यसपटकको तीजमा रातोबाहेक बढी रंगहरू समावेश गरी बनाइएको पहिरन चल्नेछ । यहाँ समावेश गरिएका पहिरनहरू सबै उमेर समूहलाई लक्षित गरी डिजाइन गरिने भएकाले सबै पेसामा आबद्ध महिलाहरूले लगाउन सक्छन् । 

साडी

तीजका लागि सबैभन्दा बढी रुचाइने पहिरन नै साडी हो । विवाहित महिलाका लागि साडी सबैभन्दा राम्रो विकल्प पनि हो । त्यसका लागि बनारसी, सिफन, जर्जेट, सिल्क वा ओर्गेन्जा साडी लगाउन सकिन्छ । साडीले परम्परागत लुक दिन्छ । फरक र स्टाइलिस देखिनका लागि साडी लगाउने तरिका वा ब्लाउजको स्टाइलमा केही परिवर्तन गर्न सकिन्छ । ब्लाउजको साटो टप पनि लगाउन सकिन्छ । पछिल्लो समय साडीसँग टप लगाउने ट्रेन्ड निकै चलेको छ । फरक लुकका लागि यो ट्रेन्डलाई अपनाउन सकिन्छ । यसले साडीलाई मोर्डन टच दिन्छ । 

हल्का साडीले स्लिम लुक दिन्छ भने हेभी साडीले शरीरलाई मोटो देखाउँछ । धेरै मोटो नदेखिनका लागि ठूलो प्रिन्ट भएको साडी लगाउनुहुँदैन । प्रिन्ट भएको साडी मनपर्छ भने सानो प्रिन्ट भएको रोज्न सकिन्छ । यसले स्लिम लुक दिन्छ । साडीसँग गरगहनाको संयोजन राम्रो देखिन्छ । 

लेहेंगा

त्यस्तै, तीजमा फरक देखिन लेहेंगा लगाउन सकिन्छ । प्रायः भर्खरै विवाह भएकाहरूले पहिलो तीजमा लेहेंगा रोज्न सक्छन् । यसले ‘एलिगेन्ट लुक’ दिन्छ । बजारमा सिम्पल र डिजाइनर लेहेंगा सजिलै पाइन्छन् । प्रायः युवतीहरूले पाइन्टमा लगाउने क्रप टप लेहेंगा वा स्कर्टसँग मिलाएर लगाउन पनि सक्छन् । यसले निकै स्टाइलिस देखाउँछ । 

कुर्ता 

साधारण कुर्तामा ‘हेभी सल’ लगाएर फेस्टिभ लुक दिन सकिन्छ । यसको बनारसी, फुलकारी, चँदरी सल रोज्न सकिन्छ । त्यस्तै कुर्तीसँग सरारा निकै सुहाउँछ । यसले आकर्षक र ‘स्टाइलिस लुक’ दिन्छ । सरारासँग छोटो कुर्ती, फ्रक स्टाइल कुर्ती वा लामो कुर्ता पनि लगाउन सकिन्छ । मोटो शरीर भएकाले ‘फ्रक स्टाइल’को कुर्ती लगाउँदा ‘बेली याट’ लुकाउन सहयोग गर्छ । अग्ला र शारीरिक वनावट राम्रो भएकाले जुनसुकै डिजाइनको छनोट गर्न सक्छन् । 

अहिले ‘ओर्गेन्जा फेब्रिक’ निकै चलको छ । यो फेब्रिकले स्लिम देखाउन सघाउँछ । कुर्तासँग हल्का ज्वेलरी लगाउन सकिन्छ । ‘अक्सिडाइज्ड ज्वेलरी’ अहिले ट्रेन्डमा छ । चोकरसँग कुर्ताको संयोजन पनि मिलाउन सकिन्छ । 

फ्युजन

तीजमा साडी, कुर्ताबाहेक नयाँ प्रयोग गर्ने चाहना भएकाले फ्युजन शैली अपनाउन सक्छन् । जिन्स टिसर्टसँग एम्ब्रोइडरी गरेको ज्याकेट, सर्ट टपसँग धोती सुरुवाल, लामो कुर्तासँग प्लाजो, लङ स्कर्टसँग कुर्ती मिलाएर लगाउन सकिन्छ । ‘फ्युजन वेयर्स’ धेरैजसो किशोरीहरूले रुचाउँछन् । यस्तो पहिरन उनीहरूलाई सुहाउँछ । 

‘तीजको सिम्बोलिक रंग रातो’

तेन्जिङ छेतन भुटिया, फेसन डिजाइनर

तीजमा रातो रंग नै बढी चल्छ । फरक लुकका लागि रातोमा हल्का गाढा र हल्का सेड रोज्न सकिन्छ । युवतीहरूले हल्का सेड नै लगाउनु उपयुक्त हुन्छ । शरीर मोटो भए गाढा सेड र दुब्लो भए लाइट रंगको सेड लगाउनुपर्छ । किनभने गाढा रंगले सूर्यको किरण सोस्ने भएकाले मोटो देखाउँछ । त्यस्तै, हल्का रंगले सूर्यको किरण परावर्तन गर्ने भएकाले दुब्लो देखाउँछ । तीजमा धेरैले रुचाउने भनेको साडी नै हो । युवतीहरूमाझ कुर्ता लोकप्रिय छ । पछिल्लो समय रातो कुर्तासँग सेतो प्यारालाल पेन्ट चलेको छ । यसमा छोटो कुर्ती लगाउन पनि सकिन्छ । साडीमा हेभीभन्दा जर्जेट, सिफन, लेस भएको र पछिल्लो समय स्याटन एकदमै चलेको छ । त्यस्तै, रेडिमेड साडी महिलाहरूको रोजाइका पर्ने गरेको छ । यो लगाउन एकदमै सजिलो हुन्छ । ब्लाउजमा राउन्ड, स्वेट हार्ट नेक लाइन, स्क्वायर चलेको छ । युवतीहरूमाझ स्लिभ वा स्ट्रिन डिजाइन चलेको छ ।

 Image