Successfully Copied

तीज ‘मेकअप’

चाडपर्वका बेला जोकोही चट्ट परेर हिँड्न रुचाउँछन् । पछिल्लो समय ‘न्युड मेकअप’ ट्रेन्डमा छ ।

चाडपर्वका बेला जो कोही चट्ट परेर हिँड्न रुचाउँछन् । पछिल्लो समय ‘न्युड मेकअप’ ट्रेन्डमा छ । यहाँ अनुहारको बनावट गोलो भएकी मोडललाई ‘कट क्रिज’ गरी हल्का लामो देखाइएको छ । मेकअप सुरु गर्नुअगाडि अनुहारमा ‘मोस्चराइजर’, ‘प्राइमर’ र भिटामिन ‘सी’ ‘सिरम’ प्रयोग गरिएको छ । यो ‘सिरम’ ले ‘मेकअप’ खुलाउने काम गर्छ । अनुहारमा चमक ल्याउँछ र ‘मेकअप’ पछि अनुहार बिग्रने डर हुँदैन । 

त्यसपछि ‘आइमेकअप’ बाट ‘मेकअप’ सुरु गरिएको छ । आँखामा पनि ‘न्युड मेकअप’ गरिएको छ । हल्का ‘ब्राउन’ले ‘आइस्याडो’ को ‘बेस’ बनाएर ‘कट क्रिज’ गरी त्यहाँ हल्का ‘गोल्डन’ रंगको ‘आइस्याडो’ लगाइएको छ । ‘आइलाइनर, ‘मस्कारा’, ‘ल्यासेज’ लगाएपछि ‘आइमेकअप’ पूरा भयो । अब अनुहारको ‘बेस’ का लागि ‘फाउन्डेसन’ लगाएर ‘लुज पाउडर’ लगाउनुपर्छ । ‘ब्लसर’ लगाएपछि ‘कट क्रिज’ गर्नुपर्छ । यो नाक, अनुहार र घाँटीमा गर्न सकिन्छ । यसले अनुहारलाई सुहाउँदिलो आकार दिन्छ । ‘मरुन’ रंगको लिपिस्टिक लगाएपछि ‘मेकअप’ पूरा भयो । केशलाई ‘कलर’ गरी ‘साइड पार्टेसन’ गरी ‘पिनअप’ गरिएको छ । 

मोडल : किपा श्रेष्ठ

मेकअप आर्टिस्ट : प्रीति थापा

पहिरन : नेपा मोड, गैह्री धारा

लोकेसन : कपाल युनिसेक्स सलुन, पुरानो बानेश्वर, बत्तिसपुतली

 

 Image