नेपाली हस्तकला र अन्तर्राष्ट्रिय डिजाइनको संगमः ‘थ्रेड्स अफ जोय’
फेसन, हस्तकला र महिला उद्यमशीलताको संगमका रूपमा प्रस्तुत हुने यो कार्यक्रमले नेपाली परम्परागत कपडालाई अन्तर्राष्ट्रिय डिजाइनसँग जोड्ने प्रयास गर्ने आयोजकको विश्वास छ ।
एएसएपी इन्टरटेनमेन्टले होटल ग्रान्ड पोखरामा हेरिटेज अफ फेसन नेपाल शीर्षकको फेसन शो सम्पन्न गरेको छ । फेसन शोमा नेपालका विभिन्न ठाउँका महिला तथा पुरुष गरी २७ जना मोडल सहभागी थिए ।
फेसन शोमा मोडलहरू देविना भट्टराईको ‘बुद्ध वाज बर्न इन नेपाल’, जानकी कडायतको ‘निर्माण कन्सट्रक्सन अफ हेरिटेज’, तेजु मगरको ‘नेपाल सौन्दर्य’ तथा सुपी रसाइलीको ‘दरबार’ शीर्षकको सिर्जनामा सजिएका थिए । उक्त फेसन शोको कोरियोग्राफी मुस्कान रानीले गरेकी थिइन् ।
निर्धारित समय भन्दा झण्डै दुईघण्टा ढिलो सुरु भएको फेसन शोमा अपेक्षाकृत दर्शक भने थिएनन् । फेसन शोमा नेपाली कल्चरलाई विभिन्न ठाउँ तथा घटनाका आधारमा प्रस्तुत गरिएको थियो । यो फेसन शोको शो–स्टपर कलाकार एवं मोडल प्रशान्त ताम्राकार तथा कर्पोरेट क्विन–२०१९ शीतल थापा थिए ।