मिस कोस्मोको ‘राष्ट्रिय पोशाक’ प्रतिस्पर्धामा नेपाल उत्कृष्ट १५ मा
गोरखाको सम्पदा र विरासतबाट प्रभावित भएर फेसन डिजाइनर सोनम सुब्बाले पहिरन डिजाइन गरेका हुन् । गोरखा दरबारको आँखी झ्यालबाट प्रेरणा लिएर आफूले कस्ट्युम डिजाइन गरेको उनले बताएका छन् ।
एएसएपी इन्टरटेनमेन्टले होटल ग्रान्ड पोखरामा हेरिटेज अफ फेसन नेपाल शीर्षकको फेसन शो सम्पन्न गरेको छ । फेसन शोमा नेपालका विभिन्न ठाउँका महिला तथा पुरुष गरी २७ जना मोडल सहभागी थिए ।
फेसन शोमा मोडलहरू देविना भट्टराईको ‘बुद्ध वाज बर्न इन नेपाल’, जानकी कडायतको ‘निर्माण कन्सट्रक्सन अफ हेरिटेज’, तेजु मगरको ‘नेपाल सौन्दर्य’ तथा सुपी रसाइलीको ‘दरबार’ शीर्षकको सिर्जनामा सजिएका थिए । उक्त फेसन शोको कोरियोग्राफी मुस्कान रानीले गरेकी थिइन् ।
निर्धारित समय भन्दा झण्डै दुईघण्टा ढिलो सुरु भएको फेसन शोमा अपेक्षाकृत दर्शक भने थिएनन् । फेसन शोमा नेपाली कल्चरलाई विभिन्न ठाउँ तथा घटनाका आधारमा प्रस्तुत गरिएको थियो । यो फेसन शोको शो–स्टपर कलाकार एवं मोडल प्रशान्त ताम्राकार तथा कर्पोरेट क्विन–२०१९ शीतल थापा थिए ।