Successfully Copied

विकेन्ड लुक्स फर पार्टी स्टाइलो लुक

रग जिन्स अहिले ट्रेन्डमा छ । यसबाट यंग लुक प्राप्त हुन्छ । यो क्याजुयल वेयर हो । त्यसैले यसलाई विकेन्ड्समा लगाउनु उपयुक्त हुन्छ । यसका साथमा अफ सोल्डर टप लगाउन सकिन्छ । यसलाई अझ बढी स्टाइलिस लुक दिन साथमा लेदर बेल्ट प्रयोग गर्न

ब्ल्याक एन्ड ह्वाइटको जोडा सधैं एभर ग्रिन छ । यो कम्बिनेसनमा ह्वाइट स्ट्रेट स्कर्टका साथमा ब्ल्याक जर्जेट एन्ड नेट कम्बिनेसन टप लगाउन सकिन्छ । यो पहिरनमा बाउन्सी हेयर खुल्छ भने फुटवेयरमा स्टेलिटोज हिल राम्रो देखिन्छ । यो लुकलाई अफिस पार्टीमा समेत प्रयोग गर्न सकिन्छ । 

ट्रेन्डी लुक 

रग जिन्स अहिले ट्रेन्डमा छ । यसबाट यंग लुक प्राप्त हुन्छ । यो क्याजुयल वेयर हो । त्यसैले यसलाई विकेन्ड्समा लगाउनु उपयुक्त हुन्छ । यसका साथमा अफ सोल्डर टप लगाउन सकिन्छ । 

यसलाई अझ बढी स्टाइलिस लुक दिन साथमा लेदर बेल्ट प्रयोग गर्न सकिन्छ । यसमा लङ बुट वा बेलिज पनि तसुहाउँछ । 

ग्ल्यामरस लुक

यदि हट र ग्ल्यामरस लुक चाहने हो भने वन पिस ड्रेसलाई आफ्नो वार्डरोवमा समावेश गर्नुपर्छ । यो सर्ट वन पिस ड्रेस स्किन कलरको स्टकिन्स सँग पेयर गर्न सकिन्छ । यसमा खुल्ला केश र हाइ हिल सुहाउँछ । 

सिम्पल क्याजुयल लुक 

डेनिम अहिले ट्रेन्डमा छ । यसलाई अफिसदेखि पार्टीसम्म प्राय: सबै अवसरमा लगाउन सकिन्छ । थोरै सिम्पल लुकमा डेनिम जिन्स र क्रोसिया वा जर्जेटको मिक्स टप समेत पनि प्रयोग गर्न सकिन्छ । यसका साथमा कर्ल हेयर स्टाइल तथा फुटवेयरमा बेजहिल सुहाउँछ । 

हटी लुक 

हट एन्ड ट्रेन्डीमा सर्ट स्कर्ट प्रयोग गर्न सकिन्छ । सर्ट स्कर्टसित फुल लेन्थ टप प्रयोग गर्नु उपयुक्त हुन्छ । पहिरनलाई अझ आकर्षक बनाउन टपमुनि मल्टी कलरको इनर लगाउनुपर्छ । फुटवेयरमा हाइ हिल सुहाउँदिलो हुन्छ । 

 Image