Successfully Copied

दुलही हुनुपूर्वको सौन्दर्य तयारी

विवाह हुनुभन्दा एक महिनाअघिदेखि आफूलाई फ्रेस बनाउनुपर्छ । पर्याप्त आराम गर्नुका साथै केश एवं शरीरको पनि विशेष हेरचाह गर्नुपर्छ ।

विवाह हुनुभन्दा एक महिनाअघिदेखि आफूलाई फ्रेस बनाउनुपर्छ । पर्याप्त आराम गर्नुका साथै केश एवं शरीरको पनि विशेष हेरचाह गर्नुपर्छ । 

हेयर केयर : एक महिनाअघिदेखि हेयर केयर गर्नुपर्छ । केशलाई महिना दिनदेखि नकाट्ने किनभने केश लामो हुँदा विवाहको दिन जस्तोसुकै स्टाइल दिन पनि सजिलो हुन्छ । जुरो बनाउँदा स्प्रे प्रयोग गरिने हुँदा महिनौं दिनदेखि हेयर स्पा, हेयर ओयल आदिले केयर गर्नुपर्छ । स्प्रेले  कमजोर भएको केशलाई स्पा तथा ओयल मसाजले जोगाउँछ । कलर लगाइएको छ भने केश लामो भएर दुईवटा कलर भएको हुन सक्छ । दुईवटा कलर नराम्रो देखिन्छ त्यसैले सुहाउँदो रिकलर गर्नुपर्छ । 

स्किन केयर :  एक महिनाअघि नै फेसियल गराउनुपर्छ । रिफेसियल भने विवाहको २–३ दिनअघि गराउनुपर्छ जसले दुलहीको मेकअपमा निखार ल्याउँछ । छालाको राम्रो हेरविचारका लागि जस्तो पायो त्यस्तो कस्मेटिक प्रयोग गर्नुहुँदैन । मोइस्चराइजर, क्लिन्जिङ, सनब्लक आफ्नो स्किन टोनअनुसार दिनहुँ प्रयोग गर्ने । हप्ता–हप्तामा स्क्रब र फेसप्याक लगाउने । फेसप्याकमा ग्लो र ह्वाइटिङमा प्रयोग गर्ने । आइब्रो थ्रेडिङ अनुहारको सेपअनुसार सुहाउने बनाउने । घामले डढेको भागलाई स्क्रब तथा ब्लिच प्रयोग गरी ट्यानिङ हटाउन सकिन्छ । नुहाउँदा बडी जेल तथा साबर जेल प्रयोग गर्ने । यसले शरीरको छाला सुख्खा हुन दिँदैन । यतिबेला बडी पोलिसिङ गरेर बडीलाई आकर्षक बनाउन सकिन्छ । अनावश्यक रौंलाई दुलही हुनु २ दिनअघि वाक्सिङले हटाउने । एक महिनाअघि एकपटक बडी स्पा तथा विवाहको २–३ दिनअघि पुन: बडी स्पा गराउने । बडी स्पाले शरीरलाई थकानबाट मुक्त गर्दै आकर्षक र सुन्दर बनाउँछ । 

हातको केयर : दुलही हुँदा हातको प्रयोग बढी हुने भएकाले हातलाई आकर्षक र सुन्दर देखाउन महिना दिनदेखि मेनिक्योर गराउनुपर्छ । हातका साथै नङमा पनि विशेष ध्यान दिनुपर्छ । नङलाई सुहाउने सेप दिने । नेल क्रिम, क्युटिकल क्रिमले दिनहुँ नङमा मालिस गर्ने । यसबाट नङ राम्रो र बलियो हुन्छ । विवाहको १ दिनअघि नङको सेप र साइजअनुसार आर्ट गर्ने र त्यही दिन हातखुट्टामा मेहन्दी लगाई तयार हुने ।  

खुट्टाको केयर : जाडो महिनामा खुट्टा फुट्ने समस्या हुन सक्छ । दुलहीको खुट्टा फुटेको छ भने नमज्जा हुन्छ । त्यसैले महिनौं दिनअघिदेखि अनुहारको जस्तै खुट्टाको पनि त्यत्तिकै ख्याल गर्नुपर्छ । दिनहुँ मनतातो पानीले खुट्टा सफा गरी हिल रिपियर क्रिम लगाउने । खुट्टामा पनि राम्रोसँग मोइस्चराइजर क्रिम लगाउने । पेडिक्योर गरेर खुट्टालाई आकर्षक बनाउने ।

 Image