Successfully Copied

इन्द्रेणीजस्तै जीवन

साथीभाइ, पारिवारिक, प्रोफेसनल, पर्सनल छुट्टाछुट्टै लाइफ छ, त्यसैगरी यी सबैको छुट्टाछुट्टै रंग पनि छ । मेरो जीवन इन्द्रेणीजस्तै छ । 

‘मिस नेपाल–२०२२’ को ‘बर्जर मिस ग्ल्यामर’ टाइटल विजेता सोफिया श्रेष्ठ गायन, नृत्य र आर्टमा रुचि राख्छिन् । व्यवस्थापनमा स्नातक (बीबीए) गरेकी उनलाई संगीत सुन्न औंधी मनपर्छ । पछिल्लो समय मोडलिङमा सक्रिय उनी विज्ञापन र विभिन्न ब्रान्डका लागि फोटोसुटमा व्यस्त छिन् ।

‘बर्जर मिस ग्ल्यामर’ भएपछि तपाईंको व्यस्तता कत्तिको बढेको छ ?

निकै व्यस्त छु । थुप्रै अफर आएका छन् । यो जितपछि विज्ञापन एवं फोटोसुट गर्न भ्याई नभ्याई छ । 

जीवन कत्तिको रंगीन छ ?

निकै रंगीन छ । साथीभाइ, पारिवारिक, प्रोफेसनल, पर्सनल छुट्टाछुट्टै लाइफ छ, त्यसैगरी यी सबैको छुट्टाछुट्टै रंग पनि छ । मेरो जीवन इन्द्रेणीजस्तै छ । 

पहिरन कत्तिको मनपर्छ ? कस्ता पहिरन रुचाउनुहुन्छ ?

मेरो दराज रंगीन कपडाहरूले भरिएको छ । दैनिक लगाउने पहिरनमा पनि मलाई रंगीन नै मनपर्छ । मलाई क्याजुअल–क्युट पहिरन मनपर्छ । पार्टीमा भने सुट लगाउन रुचाउँछु ।

तपाईंलाई मनपर्ने रंग कुन हो ?

हरेक रंगको महत्व मेरा लागि उत्तिकै छ । 

तपाईंको घरमा कुन रंग लगाइएको छ ?

क्रिम र ब्राउन । 

‘रंग’ भन्नेबित्तिकै दिमागमा के कुरा आउँछ ?

बर्जर पेन्ट्स (लामो हाँसो...) । रंग भन्नेबित्तिकै मलाई जीवनका सुखी र उल्लासमय क्षणको सम्झना आउँछ । 

आगामी योजनाबारे भनिदिनुस् न ? पाठकका लागि केही सुझाव छ कि ?

स्नातक सकियो अब स्नातकोत्तर गर्छु । उच्च शिक्षा अध्ययनसँगै मोडलिङलाई पनि अघि बढाउँछु । भविष्यमा हस्पिटालिटी क्षेत्रमा स्टार्टअप सुरु गर्ने मन छ । सबैलाई आफूमा विश्वास र भरोसा गर्न सन्देश दिन चाहन्छु । जति पटक लडे पनि हार नमानी सफल हुन समय लाग्दैन । फिनेक्स चराजस्तै पुनर्जीवित हुने प्रयास हामी सबैले गर्नुपर्छ । 

पहिरन : कासा दरबारमार्ग र युबी थापा 

लोकेसन : क्लब इन्टरनेसनल, सानेपा 

तस्बिर : महेश प्रधान 

 Image