न्याना पहिरन
परिस्थिति असहज भएकाले अहिले भोजभतेर त्यति हुँदैन । त्यसैले क्याजुअल वेयर लगाउनु वेश हुन्छ । पस्मिना वुलनको कुर्ता, टप, वानपिस, टि–सर्ट, ऊलनको कोट, प्यान्ट, रंग म्याचिङ गरेर लगाउन सकिन्छ ।

अनार छालाकालागि निकै उपयोगी मानिन्छ । यसले छालालाइ स्वास्थ्य तथा राम्रो बनाउछ । यो एंटीअक्सीडेन्टले भरपुर हुन्छ । यसले छालाबाट निस्कने फ्री रेडिकल्सलाइ नष्ट गराउछ । अनारको दानाले केशिकालाइ नवनिर्माण गर्न सहयोग गर्छ । अनारको रसले घामको कारणबाट नष्ट भएको छालालाइ चम्किलो बनाउछ । यसले अनुहारलाइ पोषण प्रदान गराछ ।
शर्मिला मुनिकार , जस्मिन ब्युटिपार्लर