समर फेसन मुड
उष्ण गर्मीसँगै फेसन र स्टाइलमा पनि त्यसको प्रभाव देखिन थालेको छ । विविध रंगका ‘ब्राइट सेड्स’ र ‘एजी सिलहुट्स’ का शैलीहरू ‘समर स्टाइल’ का आकर्षण बन्दैछन् ।

केश झर्ने समस्या छ भने मनतातो तेलले हलुका मसाज गर्नुपर्छ । तर मसाज हलुका गर्नुपर्छ । केश झर्ने समस्या भएकाहरुको कपालको जरा निकै कमजोर हुछ । त्यसैले केशको जरामा हलुका मसाज गर्नुपर्छ । केश झर्ने समस्या छ भने पार्लरमा सिटिगं गरी कपालको उपचार गर्न सकिन्छ । केशलाइ मालिस गरेपछि बाफ लिनु पर्छ । यसले कपाल झर्ने समस्या कम गराउछ । कडा रसायनयुक्त स्याम्पु प्रयोगबाट बच्नु पर्छ । केशकालागि पौष्टिक खानाको सेवन गर्नुपर्छ ।
ताजा फल , सलाद , हरियो तरकारी तथा दहि आफनो खानामा समाहित गर्नुपर्छ ।