Successfully Copied

ब्राइडल मेकअप

साउन अंकमा ब्राइडल मेकअपलाई समेटेका छाै ।

साउन अंकमा ब्राइडल मेकअपलाई समेटेका छाै । यो मेकअप कुनै चाडपर्व वा पार्टीमा पनि गर्न सकिन्छ । मेकअप सुरु गर्नुअघि ‘एक्सफोलियटर’ ले पूरै अनुहार पुछिसकेपछि आइमेकअपबाट मेकअप सुरु भयो । अनुहारको बेस नबिग्रियोस् भनेर सुरुमा आइमेकअप गरिएको थियो । त्यसपछि आइब्रोलाई सेप दिएर कन्सिलरले सफा गरेपछि आइमेकअप सुरु गरियो । आइमेकअपमा आइस्याडोको बेस बनाउन जरुरी हुन्छ । त्यसका लागि पहिले आँखाको माथिको भागमा कन्सिलर लगाएपछि ‘क्रिज’ नबसोस् भनेर पाउडरले सेट गरियो । आइस्याडोको बेस कलर हल्का छनोट गरिएको छ । राम्रोसँग ब्लेन्ड गरिसकेपछि आइमेकअप अझ राम्रो देखियोस् भनेर पिंक कलर बेस कलरभन्दा मुनिको भागमा लगाइएको छ । त्यसपछि कट्रिज गरेर ग्लिटरको प्रयोग गरिएको छ । ग्लिटरले आँखालाई आकर्षक देखाउन सहयोग गर्छ । 

आँखालाई ठूलो देखाउन आँखाको मुनिको भागमा ह्वाइट लाइनर प्रयोग गरिएको छ । त्यसपछि आइलाइनर र आइल्यासेज लगाइयो । आँखाको मेकअप सकिएपछि अब अनुहारको बेस बनाइएको छ । त्यसका लागि अनुहारमा मोस्चराइजर र छालाको रंग सुहाउँदो फाउन्डेसन प्रयोग गरिएको छ । कन्सिलरको प्रयोगपछि लुज पाउडरले मेकअप सेट गरिएको छ । मिलेको अनुहार भएकाले कन्ट्रोल गरिएको छैन । ब्लसर र हाइलाइटरको प्रयोग भने गरिएको छ । अन्त्यमा लिपिस्टिक लगाएपछि मेकअप सकिएको छ ।

ब्राइडल मेकअप भएकाले सोहीअनुरूप केशको डिजाइन गरिएको छ । केश पातलो र छोटो भएकाले पहिले क्रिम्पर आइरनको सहायताले केशलाई क्रिम्पिङ गरी कर्ल गरेर जुरो बनाइएको थियो ।

मोडल : प्रकृति शाही,

मेकअप आर्टिस्ट : रक्षा शर्मा

हेयर स्टाइलिस्ट : सुविना शाही

लोकेसन : इनारा वाइ लेमी, टंगाल वुड, टंगाल

तस्बिर : महेश प्रधान

 Image