आइइसी डिजाइनर्स रनवे सम्पन्न
‘आइइसी डिजाइनर्स रनवे–१०’ शीर्षकको फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ वटा सिक्वेन्समा विभिन्न आकर्षक डिजाइनका फेसनलाई र्याम्पमा प्रस्तुत गरे ।
हाम्रो समाजमा विवाहका लागि बाहिरी पहिरन खरिद गर्ने वा बनाउने मामिलामा जति खुल्ला विचार अंगालिन्छ, त्यसविपरीत भित्री वस्त्रका सम्बन्धमा संकुचित धारणा पाइन्छ । परम्परागत परिधिलाई विचार गर्ने हो भने अन्डरगार्मेन्ट छनोटमा दुलही बन्ने युवतीहरू आफूलाई एक निश्चित सीमाभित्र राख्छन् । यद्यपि समयसँगै हिजोआज विशेषगरी दुलहीकै निम्ति भनेर विभिन्न डिजाइनका अन्डरगार्मेन्ट्स उपलब्ध छन् । अब दुलहीले आफ्नो पहिरनभित्र जुन अन्डरगार्मेन्ट प्रयोग गर्छिन् त्यसले उनलाई आराम महसुस गराउनु आवश्यक हुन थालेको छ । दुलहीहरू यस्ता ब्रा–पेन्टीको खोजमा रहन्छन् जुन पर्फेक्ट, व्यावहारिक, सुन्दर एवं सेन्सुयल पनि हून् ।
अब पहिलो प्रणयरात्रिका लागि रातो वा गुलाबी रंग मात्र प्राथमिकताभित्र रहेन, कोबाल्ट, अम्बर, अल्ट्रा मरिन, आयबरी तथा एमराल्ड ग्रीनका ब्रा–पेन्टी पनि अत्यन्त सुन्दर र आकर्षक मान्न थालिएको छ । जसरी प्रेम, लालच, रोमान्स र समर्पणका थुपै्र सेडस् हुन्छन्, त्यही रूपमा आफ्नो अन्डरगार्मेन्टको पनि थुपै्र मुड र रंग हुनुपर्छ । ब्राइडल गार्मेन्ट्समा लेभेन्डर, रोज, पर्पल र प्लमजस्ता रंग बढी प्रयोग भएको पाइन्छ । सुहागरातपछिका रातहरूका लागि आइबरी, टाइटेनियम र पेस्टल सेड्स मन पराइएको पाइन्छ । रुबी, गारनेट, टरक्वाइज, पर्ल पिन्कको माग पनि बढ्दो छ । पर्फेक्ट ब्राइडल अन्डरगार्मेन्ट त्यही हो, जुन साडी–सलवार सुटको कलर सेडसित म्याच गर्छ । यो समयमा दुलहीको फिगर आकर्षक हुन्छ । विवाहपूर्व सबैजना आफ्नो फिगरलाई सही रूप दिन बढी केन्द्रित हुन्छन् । ब्याकलेस चोली, हल्टर नेक, अफ सोल्डरले दुलहीको कायालाई अझ बढी आकर्षक बनाउँछ तर गलत ब्रा–पेन्टीको छनोटले आफ्नो पहिरनलाई खराब रूपमा प्रस्तुत गरी पूरा लुकलाई बिगार्न सक्ने कुरामा पनि सचेत हुनुपर्छ । त्यसैले ब्याकलेस ड्रेसका लागि फ्लेक्सी स्ट्रेपयुक्त ब्रा लिनुपर्छ जसलाई कम्मरमा बाँध्न सकिन्छ । गहिरो नेकलाइन, अफ सोल्डर र हल्टर नेक ड्रेसका लागि डेमी कवरेज स्टाइल र स्ट्रेपलेस ब्रा राम्रो हुन्छ । यदि ब्रेस्टलाई हेभी लुक दिनु छ भने पेडेड ब्रा र प्लंग पूरा अप ब्रा सही हुन्छ । मोल्डेड कपयुक्त सिमलेस टिसर्ट ब्राको सेट एउटा वा दुईवटा हुनु राम्रो हुन्छ । फिटेड ड्रेससित यस्तो ब्रा ठीक मानिन्छ ।
प्रणयरात्रिका लागि सेन्सुयल लेस एवं आकर्षक ट्रिमिङयुक्त बेबी डल, ड्रेसअप र कोरसेट सही हुन्छ । यिनका साथमा म्याचिङ पेन्टी लिनुपर्छ । ब्रासित म्याच गर्ने पेन्टीबाहेक फ्लोरल तथा रेट्रो प्रिन्टयुक्त पेन्टी लिनुपर्छ । विशेषगरी पोल्का डट्सयुक्त, यो ब्राइडल सिजनको हट प्रोपर्टी हो । बिकनी कट, हाई लेग ब्रिफ, लो राइज पेन्टी र ब्वाय सट्र्सले श्रीमान्को मुडलाई तुरुन्त सेट गर्न सहयोगी हुन्छ । यो कुरा अलग हो कि आफ्नो साथले नै श्रीमान्को मुडलाई सेक्सी बनाउँछ, तर सेन्सुयल फेब्रिकले उनको एनर्जीलाई बढाउन मद्दत गर्छ । क्याजुयल फेब्रिकबाट टाढा रहनुपर्छ र त्यस्ता फेब्रिक छनोट गर्नु उचित हुन्छ, जसलाई छुँदा रेसमी अनुभूति र इरोटिक आभास हुन्छ । लेस, नेट, मेस र साटनको टेक्सचर राम्रो हुन्छ र त्यो आफ्नो चाहनाअनुरूपको कटमा पनि उपलब्ध छ । यी फेब्रिक आवश्यक सेन्सुयल्ली सिर्जना गर्न विशेष सहयोगी हुन्छन् । अन्डरगार्मेन्टको फेब्रिकले दुलहीको फिगरलाई सुन्दर देखाउनुका साथै लग्जरियस लुक पनि प्रदान गर्नुपर्छ । सफ्ट पोलिएमिड्स पनि अत्यन्त हल्का र आरामदायक फेब्रिक हो । मोटो लेस वा हेभी टेक्सचरयुक्त अन्डरगार्मेन्ट्सबाट जोगिनुपर्छ । यदि शरीर हेभी छ भने पुसअप, हल्टर नेक, क्रस ब्याक र स्ट्रेपलेस खरिद गर्नु हुँदैन । ब्रा ट्राइ गर्दा दुवै हातलाई सीधा माथि उठाउनुपर्छ । यदि ब्राको ब्यान्ड पनि माथितर्फ उठेको छ भने त्यो गलत ब्रा हो । यदि ब्यान्ड आफ्नो स्थानमा छ भने आफ्नो छनोट ठीक छ भन्ने बुझ्नुपर्छ ।
श्रीमान्का लागि
कोमल र प्रेमपूर्ण क्षण बिताउनु छ भने श्रीमान्लाई आरामदायक र सेक्सी पनि महसुस गराउनुपर्छ । यसका लागि सर्वप्रथम उनको साइज थाहा हुनुपर्छ । पुरुषका अन्डरगार्मेन्टका केही कुरा बुझ्नु आवश्यक हुन्छ । पुरुष अन्डरगार्मेन्ट जकुस, जी–स्ट्रिङ्ग्स, थङग्सदेखि इनर्जेनिक हारनेस टाइटप, प्ले सुट्स र एनिमल पाउचेसम्म उपलब्ध छन् । श्रीमान्का लागि केही फन कलर्स जस्तै पिन्क पनि लिनु राम्रो हुन्छ तर यस्तो रंग उनलाई मन पर्छ, पर्दैन भन्ने कुरामा पनि सजग रहनुपर्छ, होइन भने गाढा रंगमा कायम रहनु उचित हुन्छ । यस्तो फेब्रिक खरिद गर्नुपर्छ, जुन स्किनलाई सुटेबल हुन्छ । साटन र सिल्क छनोट गर्नु हुँदैन फ्रेन्ची ब्रिफ पुरुषवर्गमा बढी पपुलर छ । यो दैनिक प्रयोगका साथै स्वीम वेयरका लागि पनि ठीक हुन्छ । बम्सर सोटर्सलाई ट्राउजर वा पेन्टमा लगाइन्छ । यो लामो हुन्छ, थाइजसम्म र लुज फिटिङ हुन्छ । बक्सर ब्रिफमा बक्सर सोट्र्स र ब्रिफको मिक्स पाइन्छ । यो खुट्टातिर लामो हुन्छ र ब्रिफजस्तै टाइट । यसमा एक्सेस फ्लेप, बटन फ्रन्ट र पाउच डिजाइन उपलब्ध छ । मेडिवल ब्रिफ सेपमा गोलो हुन्छ र युवतीहरूले प्रयोग गर्ने पेन्टीजस्तै हुन्छ ।