Successfully Copied

केही फरक ब्राइडल कलेक्सन

विवाहको अवसरमा हरेक बेहुलीमा सबैभन्दा अलग, सुन्दर एवं आकर्षक देखिने चाहना हुन्छ ।

विवाहको अवसरमा हरेक बेहुलीमा सबैभन्दा अलग, सुन्दर एवं आकर्षक देखिने चाहना हुन्छ । त्यसैले युवतीहरू ब्राइडल ड्रेस र मेकअपका मामिलामा कुनै सम्झौता गर्न चाहँदैनन् । त्यही कुरा मध्यनजर गरेर फेसन बजारमा पनि अनेकांै प्रकारका ब्राइडल वेयर भित्रिएका छन् ।

लुक हेभी : वेट कम

साडीमा यसपटक केही विशेष परिवर्तन देखिन्छ । ब्राइडल साडीमा अहिले सबैभन्दा ठूलो परिवर्तन, त्यसको वर्क र वेटमा देखिएको छ । धेरैजसो ब्राइडल वेयरमा हेभी वेट र हेभी वर्क हुन्छ तर यसपटक मिहीन कालिगढीका साथ कम तौल भएका साडीको ट्रेन्ड छ । यी साडीमा सिंगलको साटो जर्जेट, सिफन, ब्रासो, सिमर, नेट आदि दुई-तीन प्रकारका फेबि्रक प्रयोग गरिन्छ ।

घाँघरा-चोली आउट

अहिले वेडिङ सिजनमा पुरानो अम्ब्रेला कट घाँघरा र चोली आउट अफ फेसन भएको छ । लेहेंगालाई स्लिङ लङ स्र्कट्सले प्रतिस्थापन गरेको छ । यसलाई फिगर हगिङ लङ ब्लाउजका साथमा म्याच गर्न सकिन्छ । साडी लेहेंगा र साडी गाउन पनि निकै प्रचलित छ ।

सोरोस्कीको लेहेंगा

ब्राइडल लेहेंगामा यसपटक विशेष परिवर्तन देख्न सकिन्छ । फेसनविज्ञहरूका अनुसार प्योर जर्जेट फेबि्रकमा मिहीन खालको सोरोस्की वर्कको विशेष माग छ, जसले हेभी लुक प्रदान गर्छ । यसका साथै दुई-तीन फेबि्रकबाट तयार गरिएको लेहेंगाले सिमर विद सोबर लुक प्रदान गर्छ । घेरा भएको लेहेंगाको स्थानमा अहिले स्ट्रेट कट लेहंेंगा ट्रेन्डमा छ । मरुन, ब्राइट पिंकको स्थानमा यसपटक कोक, बेबी पिंक, ब्लु आदि कलर विशेष मन पराइएको छ । लेहेंगाको फेबि्रकको कुरा गर्दा त्यसमा पनि छनोट सिल्कसम्म मात्र सीमित छैन, यसमा नेट, वेलवेट आदि पनि फेभरेटको सूचीमा परेका छन् । ब्लक प्रिन्ट, इम्ब्रोइडरी आदिका साथमा विभिन्न फेबि्रक र प्याटर्नका साथमा मिक्स एन्ड म्याचका लागि लेहेंगा छनोट गर्नमा पनि बेहुलीहरूको रुचि बढेको पाइन्छ ।

डिजाइनर ब्लाउज

बेहुलीको साडीका साथमा ब्लाउज पनि हेभी हुँदै गएको छ । धेरैजसो साडीको कलर र फेबि्रकसित म्याच गर्दै ब्लाउज तयार गरिन्छ तर अहिले फेसन स्टेटमेन्ट केही फरक भएको छ । यसपटक ब्लाउजको फेबि्रक साडीमा प्रयोग भएको फेबि्रकभन्दा फरक अर्थात् कन्ट्रास्ट भएको छ । यसमा वर्क भएको बोर्डर लगाइन्छ । यो हेभी लुकको साडीसित सुहाउने खालको छ । साडी होस् वा लेहेंगा त्यसमा लगाइने चोलीको डिजाइनलाई बढी महत्त्व दिइएको पाइन्छ । चोलीको स्लिट्स, ब्याक, फ्रन्ट, नेक सबैको डिटेलिङमा विशेष ध्यान पुर्‍याइन थालेको छ । केही समय पहिलेसम्म कुहिनासम्म राखिने स्लिभ हिजोआज सोर्ट, थ्री क्वार्टरदेखि फुलसम्म राख्न थालिएको देखिन्छ ।

फेन्सी एवं कम्फर्टेबल

ब्राइडल ड्रेससित म्याच गर्ने स्यान्डल्स वा मोजडीका थुप्रै विकल्प उपलब्ध छन् बजारमा । बोल्ड, डेलिकेट एवं आकर्षक डिजाइनका ब्राइडल फुटवेयरमा भेल्भेट वा लेदर फेबि्रकमा स्टोन तथा रंगबिरंगी मोतीको काम गरिएको पाइन्छ । स्यान्डलको हिलमा पनि वर्कको उपयोग हुन थालेको छ ।

थिम बेस्ड ड्रेसेज

हिजोआज नेट, भेल्भेट तथा जर्जेट दुलहीहरूको रोजाइ बनेको पाइन्छ । यसको अर्थ सिफन र सिल्क फेसनमा छैनन् भन्ने होइन । फरक फेबि्रकका लेहेंगा बनाउने इच्छा छ भने अलग-अलग फेबि्रक मिक्स गरेर पनि ब्राइडल ड्रेस डिजाइन गर्न सकिन्छ ।

 

 Image