पहिरनमा मौलिक शैली
तीजको पर्याय बनेको रातो रंगको महत्व सबै खाले परम्परागत पहिरनमा सदाझैं सदाबहार देखिन्छ ।

मौसम एवं अवसरअनुरूप गरिने मेकओभर सान्दर्भिक मानिन्छ । जुनसुकै प्रयोजनमा गरिए पनि मेकओभरले मानिसको स्वरूपमा परिवर्तन ल्याउँछ । सुशीला चुडाल गौतम प्रखर सौन्दर्यविद् हुन् । २२ वर्षदेखि नेपाली सौन्दर्य क्षेत्रमा निरन्तर सक्रिय गौतम अहिले सिटिइभिटीकी एसेसर तथा एबीसी हेन्डकी सचिव छिन् । उनी नेपालको सौन्दर्य क्षेत्रमा हाल निकै परिवर्तन आएको बताउँछिन् । नारीका लागि गौतमले गरेको यो मेकओभर निकै हलुका छ । उनले यो मेकओभरमा मोडल तथा नायिका पूजा शर्मालाई वार्म लुक दिएकी छिन् । सुशीलाले हलुका मेकअप गरेर पूजाको ओठ पिच कलरले सजाएकी छिन् र सामान्य केश सज्जा गरेकी छिन् जुन निकै सुहाउँदो देखिएको छ । नायिका पूजा शर्माले मधुमास, अझै पनि जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनलाई यो मेकओभर साधारण तर उत्कृष्ट लागेको छ ।
मेकअप : सुशीला चुडाल गौतम, एस एन्ड एस ब्युटिपार्लर
मोडल : नायिका पूजा शर्मा
तस्बिर : नवराज वाग्ले
संयोजन : झरना नहर्की