Successfully Copied

ज्वेलरी फेसनमा इन एण्ड आउट

एन्टिक ज्वेलरीको फेसन कहिल्यै पुरानो हुँदैन। हिजोआज यस्तै गहनाको ट्रेन्ड छ। अहिले एन्टिक लुकमा गोल्डका साथमा कुन्दन

एन्टिक ज्वेलरीको फेसन कहिल्यै पुरानो हुँदैन। हिजोआज यस्तै गहनाको ट्रेन्ड छ। अहिले एन्टिक लुकमा गोल्डका साथमा कुन्दन, पोलकी तथा मीना जडित गहना लोकप्रिय छन्। ह्यान्डीक्राफ्ट चिताई वर्क एन्टिक ज्वेलरी सबैभन्दा विशेष छ। फिनिस्ड वर्क भएको एन्टिक ज्वेलरी लगाएर फेसनेबल लुक प्राप्त गर्न सकिन्छ।

प्लेटिनमको आकर्षण

शालीनता प्लेटिनमको विशेष पहिचान हो। हिजोआज प्लेटिनममा फ्लोरल डिजाइनको चलन छ। प्लेटिनममा लव ब्यान्ड र कपल ब्यान्ड फेसनमा छ। विवाह एनिभर्सरीमा एक-अर्कालाई उपहार दिने यो राम्रो विकल्प हो। यसमा पुरुष तथा महिला दुवैका लागि एक प्रकारको डिजाइन पाइन्छ। युवा वर्गमा एलो गोल्ड र प्लेटिनम फ्युजन रिङ्सको धेरै क्रेज छ। हिजोआज १८ क्यारेट गोल्डका साथमा इन्डो-वेस्टर्न डिजाइनका प्लेटिनम रिङ्स, प्लेटिनम इयर रिङ्स तथा प्लेटिनम पेन्डेन्ट फेसनमा छन्। आजभोलि प्लेटिनम वाचेज पनि ट्रेन्डमा छ। एउटा सामान्य प्लेटिनम घडीबाट एलिगेन्ट लुक प्राप्त गर्न सकिन्छ।

हीरा सधैंका लागि

डायमण्ड अलटाइम फेभरेट हो। डायमण्डमा सिम्पल र सोबर गहना विशेष हुन्छन्। आजभोलि डायमण्डमा रिङ, पेन्डेन्ट तथा नथको फेसन छ। लोटस डिजाइनका इयर रिङ र इगल डिजाइनका रिङ ट्रेन्डमा रहेको देखिन्छ। हीराका गहना हरेक प्रकारको पहिरनमा सुहाउँदिला हुन्छन्। यिनलाई र्फमल र क्याजुयल दुवै पहिरनमा क्यारी गर्न सकिन्छ।

सुनको सौन्दर्य

सुनको फेसन कहिल्यै पुरानो हुँदैन। यसको मूल्य जति नै किन नबढोस्, आज पनि यो पहिलो रोजाइ भएको पाइन्छ। सुनमा ट्रेडिसनल डिजाइन, कुन्दन जडित गहना, नवरत्न जडित हार, पोलकी डिजाइन, मंगलसूत्र, असर्फी जडित हार आदि फेसनमा छन्।

चाँदीको चमक

अलग-अलग भेराइटीका गहनाको आगमन भए पनि चाँदीको चमक फिक्का भएको देखिँदैन। चाँदी आज पनि फेसनमा छ। विट वर्कको ब्रेसलेट, टि-रिङ्स, पाउजु अहिले पनि उत्तिकै लोकप्रिय छन्। चाँदीका बाला र हेभी इयर रिङको लोकप्रियता पनि घटेको देखिँदैन।

फेसन ट्रेन्डस

-    झुम्का तथा लामा खालका इयर रिङ फेसनमा छन्। झुम्कामा मुगल एवं टेम्पल डिजाइनले महिलाहरूलाई आकषिर्त गरेको पाइन्छ।

-    ठूलो बोल्ड र ब्राइड गहना चलेको पाइन्छ। आफ्नो फेसकटमा ध्यान पुर्‍याई यस्ता ज्वेलरी खरिद गर्नुपर्छ।

-    आजभोलि नथको फेसन छ। पोलकी, कुन्दन जडित नथ तथा प्लेन नथ दुवै चलनचल्तीमा छन्।

-    पिकक डिजाइन एवरगि्रन मानिन्छ। पिकक डिजाइनका इयर रिङ्स तथा पेन्डेन्ट फेसनमा पाइन्छ।

-    फ्लोअर डिजाइन विशेष हुन्छ जसमा इयर रिङ्स, औंठी वा कडा पनि उत्तिकै मन पराइएको छ।

-    कुन्दन जडित रजवाडा डिजाइन पनि लोकप्रिय छ।

-    ककटेल रिङ्स पनि ट्रेन्डमा छ। अहिले पेन्डेन्ट र इयर रिङ्सको फेसन छ। साँझको पार्टीमा यस प्रकारको ज्वेलरी फेसन स्टेटमेन्ट हुन्छ।

-    आर्म ब्यान्ड, टोरिङ, पायल, हेयर क्लिप, कमरबन्ध पनि फेसनमा पाइन्छ। यी सबै ग्ल्यामरस गहना हुन् जसले सेक्सी लुक प्रदान गर्छन्।

-    एनिमल सेप्ड ज्वेलरी पनि उत्तिकै लोकप्रिय छ। यो विशेषगरी जंगल थिममा आधारित हुन्छ। यी गहनालाई दिउँसो एवं साँझको पार्टीमा अलग-अलग पहिरनसित म्याच गरी लगाउन सकिन्छ।

-    कलेज गल्र्सका लागि बटन इयर रिङ्स र चोकर बटन इयर रिङ्स फेसनमा देखिन्छ। यिनलाई वेस्टर्न-इन्डियन दुवै प्रकारका पहिरनका साथमा लगाउन सकिन्छ। साडीमा चोकर बटन इयर रिङ्स सुहाउँदिलो हुन्छ।

 Image