Successfully Copied

नेपाली हस्तकला र अन्तर्राष्ट्रिय डिजाइनको संगमः ‘थ्रेड्स अफ जोय’

फेसन, हस्तकला र महिला उद्यमशीलताको संगमका रूपमा प्रस्तुत हुने यो कार्यक्रमले नेपाली परम्परागत कपडालाई अन्तर्राष्ट्रिय डिजाइनसँग जोड्ने प्रयास गर्ने आयोजकको विश्वास छ ।

युरोपेली संघ (ईयु) को राजदूत भेरोनिक लोरेन्जोको आयोजनामा ‘थ्रेड्स अफ जोय’ शीर्षकको फेसन शो यही शनिबार, जनवरी ३१ मा काठमाडौंको नक्सालस्थित युरोपेली संघका राजदूतको निवासमा आयोजना भएको छ ।
उक्त फेसन शोमा नेपाली पश्मिना तथा स्पेनी–भियतनामी डिजाइनको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रम विशेषगरी महिला हस्तकला उद्यमीहरूद्वारा तयार गरिएका डिजाइनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
फेसन, हस्तकला र महिला उद्यमशीलताको संगमका रूपमा प्रस्तुत हुने यो कार्यक्रमले नेपाली परम्परागत कपडालाई अन्तर्राष्ट्रिय डिजाइनसँग जोड्ने प्रयास गर्ने आयोजकको विश्वास छ ।

 Image