प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
मोडलिङमा कसरी रुचि बढ्यो ?
बाल्यावस्थामा चलचित्र हेर्दादेखि नै चलचित्र क्षेत्रप्रति रुचि बढेको हो । पर्दामा चलचित्र हेर्दा मैले आफूलाई कलाकारका रूपमा स्थापित गर्थें । चलचित्रमा हिरोको इन्ट्री, कलाकारहरूको प्रस्तुतिले आकर्षित गर्न थाल्यो ।
करिअरका रूपमा सुरुवात कसरी भयो ?
मेरो करिअर सिरियलबाट सुरु भयो । ‘क्राइम पेट्रोल’को सिरियल थियो । सिरियल हुँदै म म्युजिक भिडियोमा मोडलिङ गर्न थालें । ‘तिमी हाँस्नू अर्कैसँग’ बोलको गीतबाट म म्युजिक भिडियोमा प्रवेश गरें ।
कस्ता गीतमा मोडलिङ गर्न मन लाग्छ ?
सबैको मन छुने रोमान्टिक गीतमा मोडलिङ गर्न मन लाग्छ ।
चलचित्र खेल्नमा कत्तिको रुचि छ ?
धेरै रुचि छ । चलचित्र क्षेत्रमा रुचि भएरै यो क्षेत्रमा अगाडि बढेको हुँ । सुरुवाती दिनमा एकैपटक चलचित्र खेल्न नसक्ने भएकाले सिरियल म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गर्ने योजना बनाएको हुँ । पछिल्लो समय मेरा दुईवटा चलचित्र ‘गुप्त’, ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनको तयारीमा छन् । अर्को चलचित्रमा पनि अनुबन्धित भइसकेको छु ।
यो क्षेत्रमा करियर कत्तिको सुरक्षित देख्नुहुन्छ ?
पहिलेको तुलनामा केही सजिलो छ । पछिल्लो समय धेरै माध्यमहरू आइसकेका छन् । जस्तैः युट्युब, आइफ्लेक्सजस्ता माध्यमहरूले यो क्षेत्रलाई बलियो बनाएका छन् ।