लोकदोहोरीमा बालबालिका
धादिङकी कमला घिमिरे सानै उमेरदेखि लोकदोहोरी सुन्न र गाउन रुचाउँथिन् । उनी लाइभ लोकदोहोरी ‘इन्द्रेणी’ कार्यक्रम हेर्दै हुर्किइन् । यही कार्यक्रमले उनलाई लोकदोहोरीको भाका र टुक्का जोड्न सिकाइदियो ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/N_Page_793-08022022084136.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/N_Page_793-08022022084136.jpg&w=1000&height=600)
मोडलिङमा कसरी रुचि बढ्यो ?
बाल्यावस्थामा चलचित्र हेर्दादेखि नै चलचित्र क्षेत्रप्रति रुचि बढेको हो । पर्दामा चलचित्र हेर्दा मैले आफूलाई कलाकारका रूपमा स्थापित गर्थें । चलचित्रमा हिरोको इन्ट्री, कलाकारहरूको प्रस्तुतिले आकर्षित गर्न थाल्यो ।
करिअरका रूपमा सुरुवात कसरी भयो ?
मेरो करिअर सिरियलबाट सुरु भयो । ‘क्राइम पेट्रोल’को सिरियल थियो । सिरियल हुँदै म म्युजिक भिडियोमा मोडलिङ गर्न थालें । ‘तिमी हाँस्नू अर्कैसँग’ बोलको गीतबाट म म्युजिक भिडियोमा प्रवेश गरें ।
कस्ता गीतमा मोडलिङ गर्न मन लाग्छ ?
सबैको मन छुने रोमान्टिक गीतमा मोडलिङ गर्न मन लाग्छ ।
चलचित्र खेल्नमा कत्तिको रुचि छ ?
धेरै रुचि छ । चलचित्र क्षेत्रमा रुचि भएरै यो क्षेत्रमा अगाडि बढेको हुँ । सुरुवाती दिनमा एकैपटक चलचित्र खेल्न नसक्ने भएकाले सिरियल म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गर्ने योजना बनाएको हुँ । पछिल्लो समय मेरा दुईवटा चलचित्र ‘गुप्त’, ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनको तयारीमा छन् । अर्को चलचित्रमा पनि अनुबन्धित भइसकेको छु ।
यो क्षेत्रमा करियर कत्तिको सुरक्षित देख्नुहुन्छ ?
पहिलेको तुलनामा केही सजिलो छ । पछिल्लो समय धेरै माध्यमहरू आइसकेका छन् । जस्तैः युट्युब, आइफ्लेक्सजस्ता माध्यमहरूले यो क्षेत्रलाई बलियो बनाएका छन् ।