मिस्टर नेपाल बने सन्तोष
झापाका सन्तोष लोक्सम ‘रियलमी मिस्टर नेपाल २०२४’ बनेका छन् । उनले आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वर्ल्ड २०२४ मा नेपालको तर्फबाट सहभागी हुनेछन् ।
दक्षिण भारतको सुपर हिट चलचित्र ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अनुबन्धित भएका छन् । नीता ढुंगानाले निर्माण गर्ने उक्त चलचित्रमा अनुबन्धित हुने सुनील नेपाली चलचित्रमा हाइ प्रोफाइलका अभिनेता हुन् । बर्मालाई चलचित्रमा स्वागत गर्न पाउँदा उत्साही भएको ढुंगानाले प्रतिक्रिया दिइन् । नीता र ज्योतिष हरिहर अधिकारीले चलचित्र ‘ह्रस्व दीर्घ’ बनाउन लागेका हुन् ।