मिस ग्राण्ड नेपाल वर्ल्ड २०२५ को ताज चाहनालाई
प्रतियोगितामा चाहना प्रधानले मिस ग्राण्ड नेपाल २०२५ को ताज पहिरिन सफल भएकी छिन् । विजेता चाहनाले विभिन्न गिफ्ट ह्याम्परका साथमा ईभी स्कुटर पुरस्कार प्राप्त गरेकी छिन् ।
दक्षिण भारतको सुपर हिट चलचित्र ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अनुबन्धित भएका छन् । नीता ढुंगानाले निर्माण गर्ने उक्त चलचित्रमा अनुबन्धित हुने सुनील नेपाली चलचित्रमा हाइ प्रोफाइलका अभिनेता हुन् । बर्मालाई चलचित्रमा स्वागत गर्न पाउँदा उत्साही भएको ढुंगानाले प्रतिक्रिया दिइन् । नीता र ज्योतिष हरिहर अधिकारीले चलचित्र ‘ह्रस्व दीर्घ’ बनाउन लागेका हुन् ।