मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।
‘मिस युनिभर्स’ प्रतियोगितामा समलैंगिक पनि सहभागी हुन पाउने भएका छन् । प्रतियोगिताका आयोजकले समलैंगिकको सहभागितास“गै तेस्रो संस्करणमा उचाइ र तौलको मापदण्ड नरहने जनाएका छन् । प्रतियोगिताकी नेपाल निर्देशक नग्मा श्रेष्ठले प्रतिस्पर्धालाई समावेशी बनाउन नियमहरूलाई खुकुलो बनाएको बताइन् । अगस्ट ११ मा अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगितामा विजेताले १० लाख नगदसहित स्कुटरलगायतका पुरस्कार जित्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
