Successfully Copied

नीराजन प्रधान, मोडल

आफैलाई मन परेको भिडियो चाहिँ प्रकाश तिमल्सिनाको ‘खल्ली’ र रिकेश गुरुङको ‘फेरि भेट नहोला’ हुन् । 

अहिले केमा व्यस्त हुनुहुन्छ ?

केही विज्ञापनमा काम गरिरहेको छु । चलचित्रका वर्कसपमा पनि व्यस्त छु । 

 मोडलिङ कहिलेबाट सुरु गर्नुभयो ?

सन् २०१२ देखि मोडलिङमा प्रवेश गरेको हुँ । पहिलो मोडलिङ आलोक नेम्वाङको ‘धुजाधुज’ बोलको गीतमा गरेको थिएँ । 

हालसम्म कतिवटा म्युजिक भिडियोमा अभिनय गर्नुभयो ?

धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेको छु । हजारभन्दा बढी भयो कि ? 

आफैलाई मन परेको म्युजिक भिडियो कुन हो ?

आफैलाई मन परेको भिडियो चाहिँ प्रकाश तिमल्सिनाको ‘खल्ली’ र रिकेश गुरुङको ‘फेरि भेट नहोला’ हुन् । 

चलचित्रमा पनि अभिनय गर्नुभएको छ ?

चलचित्रमा पनि स–साना भूमिकामा अभिनय गरेको छु । चलचित्रमा आउने सोच त छ । पछिल्लो समय एउटा चलचित्रको वर्कसपमा व्यस्त छु । चलचित्रको नाम चाहिँ अहिले खुलासा नगरौं । 

मोडलिङ र चलचित्रबाहेकको तपाईंको रुचि के हो?

यीबाहेक म रेस्टुरेन्ट क्षेत्रमा पनि प्रवेश गरेको छु । गितार बजाउन र पुस्तक पढ्न रुचाउँछु । 

 Image