म्युजिक एक थेरापी
सोना अमात्य व्यवसायीका रूपमा परिचित छिन् । मार्केटिङ एजेन्सी सञ्चालन गरिरहेकी उनी गायन क्षेत्रमा पनि सक्रिय छिन् । हालै उनको र्याप गीत ‘आइएम सुपर स्टार’ सार्वजनिक भएको छ ।
४१ घण्टा लगातार युगल नृत्य गरेर विश्व रेकर्ड राख्न सफल भएका दिदीबहिनी हुन्, रुविशा र एलिसा श्रेष्ठ । चन्द्रागिरिका उनीहरूले करिब दुई वर्षअघि नै विश्व रेकर्ड राख्न सफल भएका हुन् । विश्व रेकर्ड राख्न मात्रै होइन मोडलिङको यात्रामा पनि उनीहरू सँगसँगै छन् । ‘मनबिनाको धन २’ बाट एकसाथ डेब्यु गरेका उनीहरूले ‘वरको छायाले’, ‘दसैं आयो’ जस्ता गीतमा अभिनय गरिसकेका छन् । स्नातक तहमा अध्ययनरत उनीहरू पढाइ सँगसँगै मोडलिङ करियरलाई अगाडि बढाउने योजनामा छन् ।
