Successfully Copied

गरिमा ज्ञवाली बनिन् मिस नेपाल नर्थ अमेरिका २०२१

उनले प्रतियोगितामा मिस पर्सनालिटी अवार्ड पनि आनो नाममा लेखाउन सफल भइन् । यसअघि सन् २०१२ मा गरिमाले काठमाडौंमा संचालन भएको मिस लिटिल आइडल २०१२ को ताज पहिरिएकी थिइन् ।

गत अगस्ट ७ तारिखमा अमेरिकाको न्यूयोर्कको वुडसाइडस्थित टिबेटन कम्युनिटी सेन्ट्रल हलमा संचालन भएको मिस नेपाल नर्थ अमेरिका २०२१ को फाइनल प्रतिस्पर्धामा गरिमा ज्ञवालीले शीर्ष उपाधिको ताज पहिरिन सफल भएकी छन् । उनले प्रतियोगितामा मिस पर्सनालिटी अवार्ड पनि आनो नाममा लेखाउन सफल भइन् । यसअघि सन् २०१२ मा गरिमाले काठमाडौंमा संचालन भएको मिस लिटिल आइडल २०१२ को ताज पहिरिएकी थिइन् ।  

१९ प्रतिस्पर्धीबीच भएको तेस्रो संस्करणको मिस नेपाल नर्थ अमेरिकाको प्रतियोगितामा याङ्छेन लामा फस्ट रनर अप तथा शुभेच्छा निरौलाले सेकेन्ड रनर अपको अवार्ड जित्न सफल भएका थिए । प्रतियोगितामा रोशिका गजमेर ट्यालेन्ट, नगमा गुरुङ पपुलर, एलिना राई कम्युनिटी आउटरिच, निमिका थापा स्माइल, सेलिशा नेपाल वेस्ट ड्रेस अवार्डमा विजेता चयन भएका थिए । यसैगरी सुप्रिया फुयाँल डिसिप्लिन, एलिशा गुरुङ राइजिङ स्टार, डिना के.सी. क्याटवाक, चाँदनी लामा वेस्ट स्किन, उर्जा के.सी. वेस्ट बडी तथा जेनी रावत मिस हेरिटेज विधातर्फ पुरस्कृत भएका थिए ।  

मिस नेपाल नर्थ अमेरिका २०२१ को सौन्दर्य प्रतियोगिता अझ सुन्दरीमय बनेको थियो । कारण प्रतियोगिताको कोरियोग्राफर मिस नेपाल वल्र्ड २०१० सदीक्षा श्रेष्ठ थिइन् भने कार्यक्रमको संचालन मिस नेपाल अर्थ २०१० सदीक्षा बज्राचार्यले गरेकी थिइन् । यसबाहेक प्रतियोगिताको मेन्टरका रूपमा मिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडा थिइन् भने ग्रुमिङ कोचका रूपमा मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा थिइन् । कार्यक्रममा मिस नेपाल वल्र्ड २०११ मलिना जोशीको पनि उपस्थिति थियो । यसैगरी कार्यक्रममा काठमाडौंबाट चर्चित संचारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी तथा पर्सनालिटी कोच पूर्ण लामाको पनि उपस्थिति थियो ।

अमेरिकामा बस्ने नेपाली युवतीहरूबीचको यो प्रतियोगितालाई शैलेश श्रेष्ठको अगुवाइमा स्थापना भएको ड्रिम्स युनिभर्सल एलएलसी युएसएले आयोजना गर्दै आएको छ । यसअघि सन् २०१८ मा मोनिका घले र सन् २०१९ मा श्रिया गजुरेलले मिस नेपाल नर्थ अमेरिकाको उपाधि जितेका थिए ।

 Image