पोखराका सेलिब्रेटी स्टार
हरेक व्यक्तिको हातमै मिडिया भएका कारण प्रत्येकले आफ्नो कला तत्काल पस्किने ठाउँ पाएका छन् । क्षमतावान् मान्छेका लागि सोसल र डिजिटल मिडिया सहयोगी भइदिएको छ ।
मोडलिङमा कसरी प्रवेश गर्नुभयो ?
डान्स गर्दागर्दै मोडलिङमा प्रवेश गरेको हुँ ।
पहिले कुन गीतमा मोडलिङ गर्नुभयो ?
‘पानी पर्यो, असिना झर्यो’ बोलको गीतबाट मोडलिङ यात्रा सुरु गरेको हुँ ।
कुन गीतले तपाईंलाई दर्शकमाझ चिनायो ?
यही गीतबाटै म दर्शकमाझ चिनिएँ ।
मोडलिङबाहेक अन्य केमा रुचि छ ?
मेरो रुचि भिडियो बनाउनेमा पनि छ । फुर्सदमा म भिडियो बनाउँछु ।
घुम्न कत्तिको रुचि छ ?
अलि–अलि ।
मनपर्ने स्थान ?
पोखरा एकदमै मनपर्छ । त्यहाँको प्राकृतिक सौन्दर्यले मनै लोभ्याउँछ ।