अनमोलले पहिरिन् मिस पिंक नेपाल २०२४ को ताज
पारलैङ्गिक महिलाहरुको सबलीकरण र सशक्तीकरणमा केन्द्रित मिस पिंक नेपाल २०२४ फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा अनमोल राईले मिस पिंक नेपाल २०२४ को ताज पहिरिन सफल भएकी छिन् ।

सन् २०२० डिसेम्बर ३० (पुस १५ गते) नेपाली सौन्दर्य प्रतियोगिताको पृष्ठभूमिमा ‘मिस युनिभर्स नेपाल–२०२०’ नामक नयाँ सौन्दर्य प्रतियोगिताको शुभारम्भ भएसँगै पहिलो ‘मिस युनिभर्स नेपाल २०२०’ को ताज २४ वर्षीया अंशिका शर्माले पहिरिन् । अपाला ज्वेलर्सले डिजाइन एवं निर्माण गरेको १५ लाख मूल्य पर्ने ताज अंशिकाले ‘मिस युनिभर्स’ का लागि नेपालका नेसनल डाइरेक्टर नगमा श्रेष्ठको हातबाट पहिरिएकी हुन् ।
अंशिकाले नगद पुरस्कार दश लाख पनि प्राप्त गरिन् । यो नेपालको सौन्दर्य प्रतियोगिताको परिवेशमा हालसम्मकै सर्वाधिक ठूलो पुरस्कार हो । विजेता भएसँगै अंशिकाले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने त्यसका लागि उनले विशेष प्रशिक्षण फिलिपिन्सस्थित अम्पाएर स्टुडियोजबाट प्राप्त गर्नेछिन् । ‘मिस ओशियाना नेपाल २०२०’ की ‘फस्ट रनर अप’ समेत रहिसकेकी अंशिका काठमाडौं कोटेश्वर निवासी हुन् । हाल उनी अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी छिन् ।
प्रतियोगितामा अमेरिकास्थित म्यारिल्यान्डमा बस्दै आएकी ‘मिस नेपाल युएसए २०११’ रहिसकेकी सुजिता बस्नेत, ‘फस्ट रनर अप’, रसियाको मस्कोमा बसोबास गर्दै आएकी ‘मिस एसिया रसिया २०१८’ रहिसकेकी निना कान्त मण्डल, ‘सेकेन्ड रनर अप’, काठमाडौंकी डा. दिक्ता थापा, ‘थर्ड रनर अप’ तथा अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएकी न्यान्सी खड्का ‘फोर्थ रनर अप’ विजेता चयन भएका थिए ।
नियमित रूपमा प्रस्तुत हुँदै आएका घरेलु प्रतियोगिताहरू भन्दा केही फरक प्रस्तुतिका साथ आयोजना गरिएको ‘मिस युनिभर्स नेपाल २०२०’ काठमाडौं नक्सालस्थित मेरियट होटलमा सम्पन्न भएको थियो । निर्णायक मण्डलमा सम्मिलित पूर्व ‘मिस नेपाल’ माल्भिका सुब्बा, बैंकर्स अनुपमा खुन्जेली, ‘होलिस्टिक हेल्थ कोच’ प्रेरणा शाह, अभिनेतृ उषा रजक, मिडियाकर्मी चारु चड्डा र गायिका अभया सुब्बाको निर्णयसँगै प्रतियोगिताको मूल्यांकनमा ‘लाइभ अडियसन्स’ भोटलाई पनि उत्तिकै प्राथमिकता दिइएको थियो । ‘टप टेन’ भित्र पर्नेहरूमा पब्लिक भोटिङबाट अग्रस्थानमा रहेका चार जना प्रतिस्पर्धी तथा निर्णायकहरूको मूल्यांकनबाट पाँच जना प्रतिस्पर्धी चयन भएका थिए । निना कान्त मण्डल ब्रेभ बोल्ड ब्युटीफुल (बीबीबी) सोसियल एड्भोकेसी अवार्ड विजेता भएसँगै उत्कृष्ट दशमा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी थिइन् । प्रतियोगितामा ‘टप टेन’ चयन प्रक्रियामा पूर्व सम्पूर्ण १८ प्रतिस्पर्धी ‘स्वीम सुट’ मा उपस्थित भएका थिए । नेपालको ‘प्याजेन्ट’ परिवेशमा सहभागीहरू स्वीम सुटमा प्रस्तुत भएको पनि यो पहिलो अवसर हो ।
प्रतियोगिताका अन्य उपाधि विजेताहरू पनि पब्लिक भोटिङका आधारमा भएका थिए । मिस युनिभर्स नेपालको एप तथा खल्ती एपमार्फत पब्लिकबाट प्राप्त मतलाई निर्णयको आधार मानिएको थियो । जसअनुसार सुजिता बस्नेतले ‘मिस लाइफस्टाइल’, अंशिका शर्माले ‘मिस फियर्स’ तथा न्यान्सी खड्काले ‘मिस फ्याबुलस’ को अवार्ड उचालेका थिए । प्रतियोगिताको ‘टप फाइभ’ छनोटमा ‘लाइभ अडियन्स’ को पब्लिक भोटिङबाट दुई जना प्रतिस्पर्धीले आफ्नो स्थान सुरक्षित बनाएका थिए भने बाँकी तीन जना उपस्थित निर्णायक मण्डलको मूल्यांकनबाट छनोट गरिएका थिए ।
प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए भने प्रियंका क्रिएसन, अमित बराल तथा ‘काव्य द सोल अफ फेसन’ का पहिरनहरूमा प्रतिस्पर्धीहरू प्रतियोगिताको मैदानमा उत्रेका थिए ।
तस्बिरहरू : महेश प्रधान