प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरुले अडिसन दिएका छन् । प्रतियोगीताको लागि भनेर १२ जना युवती अडिसनमा आएपनि ६ युवती उचाइ कम भएका कारण फर्किएका थिए । अडिसनमा भाग लिनका लागि ५.४ इन्च उंचाई हुनु पर्ने नियम छ ।
धरानको गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा आयोजित मिस नेपाल २०२० को धरान अडिसनमा धरान, इटहरी तथा मोरङका युवतीहरुले सहभागीता जनाएका थिए । मिस नेपाल २०१७ निकिता चाडक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत सो अडिसनमा निर्णयकका रुपमा उपस्थित भएका थिए ।
आगामी चैत्र १५ गते काठमाडौंको होटल अन्नपूर्णमा अन्तिम अडिसन हुने छ । अन्तिम अडिसनका लागि २५ युवतीले प्रतिस्पर्धा गर्ने छन् । हिडन ट्रेजरले आयोजना गर्दै आएको प्रतियोगीतामा रचना गुरुङ शर्माको कोरियोग्राफी रहनेछ छ । उनलाई सह–कोरियोग्राफरको रुपमा प्रियारानी लामाले साथ दिने छिन् ।