सृष्टि बनिन् पहिलो मिसेस् नेपाल क्यानडा २०२४
विवाहित महिलाहरुलाई अझ सबल, सक्षम र सशक्त बनाउने उद्देश्यले क्यानडामै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा सृष्टि श्रेष्ठ अमात्य मिसेस् नेपाल क्यानडा बनिन् ।
मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरुले अडिसन दिएका छन् । प्रतियोगीताको लागि भनेर १२ जना युवती अडिसनमा आएपनि ६ युवती उचाइ कम भएका कारण फर्किएका थिए । अडिसनमा भाग लिनका लागि ५.४ इन्च उंचाई हुनु पर्ने नियम छ ।
धरानको गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा आयोजित मिस नेपाल २०२० को धरान अडिसनमा धरान, इटहरी तथा मोरङका युवतीहरुले सहभागीता जनाएका थिए । मिस नेपाल २०१७ निकिता चाडक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत सो अडिसनमा निर्णयकका रुपमा उपस्थित भएका थिए ।
आगामी चैत्र १५ गते काठमाडौंको होटल अन्नपूर्णमा अन्तिम अडिसन हुने छ । अन्तिम अडिसनका लागि २५ युवतीले प्रतिस्पर्धा गर्ने छन् । हिडन ट्रेजरले आयोजना गर्दै आएको प्रतियोगीतामा रचना गुरुङ शर्माको कोरियोग्राफी रहनेछ छ । उनलाई सह–कोरियोग्राफरको रुपमा प्रियारानी लामाले साथ दिने छिन् ।